साना किसान र आरएमडीसी लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको स्वीकृति

0
Shares

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्थालाई एक आपसमा गाभ्ने–गाभिने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति दिएको छ ।

राष्ट्र बैंकले जेठ २४ गते बुधबार दुई कम्पनीलाई एक आपसमा गाभिने अन्तिम स्वीकृति प्रदान गरेको हो । दुई लघुवित्त कम्पनीहरुबीच १ः०.८७ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति छ । साना किसानको सेयरको हिस्सा १०० हुँदा आरएमडीसीको ८७ हुनेछ । 

साना किसान र आरएमडीसी लघुवित्तले गत भदौ ३१ गते एक आपसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

एकीकृत भएपछि साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था हुने छ । संस्थाको अध्यक्षमा साना किसानका अध्यक्ष खेमबहादुर पाठक रहनेछन् । एकीकृत संस्थाको प्रमुख कार्यकारी अधिकृतमा साना किसानकै प्रमुख कार्यकारी अधिकृत शिवराम कोइराला रहनेछन् । संस्थाको सञ्चालक समितिमा दुवै तर्फका तीन/तीन जना रहनेछन् । सञ्चालक समितिमा दुबै तर्फबाट सर्वसाधारण समूहबाट एक-एक जना सञ्चालक समितिमा रहनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।