साताको पहिलो कारोबार दिन सुनको भाउमा गिरावट


साताको पहिलो कारोबार दिन आज आइतबार छापावाला सुनको भाउमा गिरावट आएको छ ।साताको अन्तिम कारोबार दिन ३ सय रुपैयाँले बढेको सुनको भाउ आज ४ सय रुपैयाँ घटेको हो ।

आज छापावाला सुनको भाउ १ लाख ११ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । शुक्रबार सोही सुनको भाउ १ लाख १३ हजार ३ सय रुपैयाँ तोकिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख ११ हजार ३५० रुपैयाँ तोकिएको छ । शुक्रबार तेजावी सुनको भाउ एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ पनि आज ४ सय रुपैयाँले नै बढेको हो ।

यस्तै आज चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो । आइतबार चाँदी १० रुपैयाँले घटेको हो ।

महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९१९ दशमलव १४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ९३ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।