चिरख्वाको आईपीओ बाँडफाँड, २२ हजार ७ सय बढीले पाएनन् सेयर


चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको निमित्त निष्काशन गरेको सेयर बाँडफाँड गरेको हो । बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार कम्पनीको आईपीओ भदौ २६ गते मंगलबार बाँडफाँड गरिएको हो ।

कम्पनीको आईपीओ धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४, बमोजिम ८ हजार आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् । बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार ३० हजार ८३६ जनाबाट ६ लाख ८४ हजार ४९० कित्ताको लागि आवेदन परेकाे थियो । जसमध्ये रितपूर्वक आवेदन नदिएका ५८ वटाको आइपीओ आवेदन रद्द भएको छ । ५८ वटा आवेदन मार्फत परेको ८३० कित्ता आइपीओ रद्ध भएको हो ।

आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार ३० हजार ७७८ वटा आवेदन मार्फत माग भएको ६ लाख ८३ हजार ६६० कित्ता सदर गरी बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो ।  तीमध्ये गोलाप्रथा मार्फत ८ हजार जना आवेदकलाई ८० हजार कित्ता आईपीओ बाँडफाँड गरिएकाे हाे । सदर आवेदकमध्ये नै २२ हजार ७७८ आवेदकको हात खाली भएको छ ।

कम्पनीले साउन २८ देखि भदाै १० गतेसम्म जारी पुँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सार्वजनिक निष्कासन गरेको हो । जारी पूँजीको २० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको ८ लाख कित्ता सेयर  साधारणका लागि छुट्टाइएकोमा त्यसको १० प्रतिशतले हुन आउने ८० हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।