माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?


माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी ईन्दु कुमारी कार्कीको नाममा रहेको ६२ हजार १६५ कित्ता सेयर बिक्रिमा ल्याएको हो ।

बैंकले सेयर बिक्रीको लागि संस्थापक सेयरधनीलाई प्राथमिकता दिएको छ । संस्थापक सेयरधनीमा सेयर बिक्री नभएमा भने उक्त सेयर अन्य व्यक्ति संस्था वा कम्पनीलाई खरिद गरिने बैंकले जनाएको छ ।

संस्थापक सेयरमा आवेदन दिन इच्छुक सेयरधनीले आज असोज ७ गतेदेखि ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारास्थित जे.डि.ए. कम्प्लेक्स माछापुच्छ्रे बैंकको सेयर विभागमा सम्पर्क गर्न सक्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।