सपोर्ट लघुवित्तले १३.६८ प्रतिशत लाभांश वितरण गर्ने


सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ बराबरको १३ प्रतिशतले हुन आउने १ करोड २३ लाख ८० हजार ९४० रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६८४२ प्रतिशतका दरले हुन आउने ६ लाख ५१ हजार ६२८ रुपैयाँ ४२ पैसाको नगद लाभांश गरी कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

गत वर्ष कम्पनीले ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५७ प्रतिशत गरी कुल ११.५७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । लघुवित्तको कात्तिक २१ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2079/2080 13.00 0.68 13.68
2 2078/2079 11.00 0.58 11.58
3 2077/2078 30.00 1.58 31.58
4 2075/2076 10.00 0.53 10.53

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।