भिजन लुम्बिनीको आईपीओ २ लाख बढिले पाए, साढे ९ लाखको हात खाली


भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ मंगलबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यलयमा मंगलबार बिहान आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओमा कुल २ लाख ७ हजार ५२८ जना सर्वसाधारण आवेदकहरुले सेयर हात पारेका छन् । जसमध्ये २ लाख ७ हजार ५२३ जनाले १० कित्ता र ५ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन् ।

कम्पनीको आईपीओमा आवेदन गर्ने ९ लाख ४९ हजार ३९९ जना आवेदकको भने हात खाली भएको छ। कुल ११ लाख ६१ हजार ५२९ जनाले आवेदन दिएकामा ४ हजार ६०२ जनाको आवेदन रद्द भएकोे छ ।

योग्य ११ लाख ५६ हजार ९२७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको हो । यस कम्पनीले कात्तिक १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर निष्कासन गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरो सेयरबाट आईपीओको नतिजा हेर्न सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।