एनआईसी एशिया ग्रोथ फण्ड २ मा आवेदन दिन छुट्यो कि !


एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्काशन गरेको एनआईसी एशिया ग्रोथ फण्ड २ मा आज सोमबारसम्म मात्र आवेदन दिन पाइने छ ।

क्यापिटलले मंसिर ४ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गरेको थियो । उक्त फण्डमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन पाइने क्यापिटलले जनाएको छ ।

क्यापिटलले कुल बिक्री गर्न लागेको इकाईको १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो । उक्त फण्ड अवधि ७ वर्षको हुनेछ ।

उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ कम्पनीले यो योजनालाई ए माइनस रेटिङ प्रदान गरेको छ । यसले योजनाको लगानीमा कम जोखिम रहेको जनाउँछ । फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।