नेपालको पूँजीबजार केहि समय देखि अलि अलि अन्योलग्रस्त अवस्थाबाट गुज्रिरह्यो । यो अवस्थामा बजार गुज्रिरहँदा पूँजी बजारलाई धेरैले नकारात्मक रूपमा अर्थ्याउन पनि पछि परेनन् । तर त्यो अवस्था धेरै समय सम्म रहने देखिँदैन ।
अब बजारमा बिस्तारै बिस्तारै गतिशीलता थपिँदैछ र रौनकता पनि बढ्दैछ ।बजारमा निरन्तर रौनकता थपिँदै गर्दा मौद्रिक नीतिले पनि लगानीकर्ताहरुलाइ थप उत्साहित बनाएको छ ।
शेयरधितोको कर्जाको सीमा ६५ प्रतिशतबाट वृद्धि गरेर ७० पुर्याइएको छ । शेयर धितोको मुल्यांकन १८० दिनको औसत मूल्यबाट झारेर १२० दिनको औसत मूल्यको आधारमा झारिएको छ । जसले बजारमा सकारात्मक प्रभाव पार्ने देखिन्छ ।
बजारमा शेयर डिलरको पनि आगमन हुँदैछ । अहिले कोरोनाको कारण अन्य स्थानमा त्यति धेरै लगानीको अवसर एवं वाताबरण नभएको कारण पनि लगानीकर्ता लगानी गर्न आउने भनेको नै शेयर बजारमा हो ।
बैंकमा तरलता थपिनु भनेको नै लगानी योग्य पूँजी वृद्धि हुनु हो , यसले पनि बजारलाई थप उत्साहित नै बनाउने नै छ ।
अतः आगामी दिनमा उकालो यात्रा तर्फ लम्किने कुरामा कुनै सन्देह नै रहेन । जुन हामी सबैको लागि खुसीको कुरा हो।
बजारमा सबै कुरा क्रमशः राम्रो हुँदै गर्दा पनि यसको बवकास एवं विस्तारको लागि बैंकलाइ ब्रोकर लाइसेन्स दिन ढिलाइ गर्नु लगानीकर्ताको लागि निकै दुःखद पक्ष हो । आजको यो फोरजी, फाइबजीको जमानामा पनि यो स्तरको गुणस्तरहिन अनलाइन हुनु भनेको लगानीकर्ताको लागी पक्कै पनि खुशीको कुरा हुँदै होईन ।
बजारमा विद्यमान ब्रोकरहरुको योगदानलाई मूल्यांकन गर्दै उनीहरु पनि खुला अर्थतन्त्रको सिद्धान्त अनुरुप बजारमा आउनुपर्छ । निश्चित मापदण्डको आधारमा ब्रोकर लाइसेन्स खोल्नुपर्छ । बजारमा अरु ब्रोकर थप्नु पनि हुँदैन र बैंकलाइ लाइसेन्स पनि दिनु हुँदैन भन्ने सिन्डिकेटको अडान कसैले पनि लिनु हुँदैन । उचित किसिमले वैज्ञानिक तवरले बजारको विकास एवं विस्तार गर्न सकियो भने लगानीकर्ता , ब्रोकर , सरकार सबैलाई फाइदा नै हुने हो । तर अहिलेको यो मौद्रिक नीतिले लगानीकर्ताका यी पक्षहरुलाइ समेट्न सकेन , यो दुःखद पक्ष हो ।
तर समग्रमा मौद्रिक नीति पूँजी बजार अनुकुल नै आएको छ , यसलाई सहर्ष रूपमा स्वीकार गर्नु नै पर्छ , स्वागत नै गर्नुपर्छ ।
प्रतिक्रिया