काठमाडौँ । नेपालीहरूको प्रमुख चाड दसैँको रौनक परम्परागत रूपमा परिवारको भेटघाट, टीका–जमरा, नयाँ कपडा, मिठो खानेकुरा र आफन्तसँगको जमघटसँग जोडिँदै आएको छ । तर पछिल्ला वर्षमा दसैँ मनाउने शैलीमा प्रविधिले पनि उल्लेख्य परिवर्तन ल्याएको छ । मोबाइल फोन, इन्टरनेट, डिजिटल भुक्तानी, सामाजिक सञ्जाल, अनलाइन किनमेल र डिजिटल सञ्चार माध्यमले दसैँको रहनसहन परिवर्तन हुँदै गएको हो…