काठमाडौँ । बीमा कम्पनीहरुले प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नपाउने भएका छन् । सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई प्रिमियम मूल्यमा सेयर जारी गरेको विरुद्धमा परेको रिटमाथि सुनुवाइ गर्दै कुनै पनि बीमा कम्पनीलाई कानुन विपरीत प्रिमियम मूल्यमा सेयर जारी गर्न नपाउने बताएको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको…