पाँच अंकले घटेको शेयर बजारमा यी दश कम्पनीको भयो उच्च कारोबार

0
Shares

यस साता नेप्से ५.२७ अंकले घटेर १२६४.३६ बिन्दुमा झरेको छ । साताको पहिलो दिन एक हजार २६९.६३ बिन्दुमा खुलेको नेप्से साताको अन्तिम दिन एक हजार २६४.३६ अंकमा बन्द हुन पुग्यो । सूचक घटेसँगै कारोबार रकम समेत ६.६० प्रतिशतले घटेको छ। धितोपत्र बजारमा यस साता साताभर कूल १८५ कम्पनीको ६४ लाख ३० हजार ८४ कित्ता शेयर एक अर्ब ९१ करोड ४९ लाखको शेयर कारोबार भएको छ । गत साता धितोपत्र बजारमा १८८ कम्पनीका दुई अर्ब पाँच करोड ४ लाखको शेयर कारोवार भएको थियो।

गत बिहीबार अर्थात जेठ ३० गते एक हजार २६९.५५ बिन्दुमा पुगेर कारोवार बन्द भएको नेप्से यस साताको शुरुको दिन अर्थात असार १ गते आइतबार ११.३६ बिन्दुले घटेर एक हजार २५८.२७ मा झ¥यो । कूल १७४ कम्पनीका १४ लाख ७३ हजार ८०८ कित्ता शेयर रु ४७ करोड २५ लाख २० हजार ८११ मा खरीद बिक्री भए ।

यस्तै निरन्तर ओरालो लाग्दै आएको नेप्से परिसूचक सोमबार भने सामान्य सुधार देखियो । सो दिन नेप्से परिसूचक २.६३ बिन्दुले वृद्धि भई एक हजार २६०.९० अङ्कमा पुग्यो । कूल १७३ कम्पनीका १३ लाख ७३ हजार १३० कित्ता शेयर रु ४० करोड ३५ लाख ३८ हजार १४७ मा खरीद बिक्री भए । स्टकका अनुसार कूल ११ उपसमूहको कारोवार भएकामा आज तीन उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढ्यो ।

मङ्गलबार भने कारोवार मापक नेप्से परिसूचक पुनः ओरालो लाग्यो । सो दिन परिसूचक २.२३ बिन्दुले घटेर एक हजार २५६.६६ बिन्दुमा पग्यो । घटेको बजारमा कारोवार रकममा पनि गिरावट आयो । कूल १७७ कम्पनीका १२ लाख २६ हजार ६८६ कित्ता शेयर रु ३५ करोड ९४ लाख ११ हजार ३०५ मूल्यमा कारोवार भयो । स्टकका अनुसार कारोवार भएका कबुल ११ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयरमा वृद्धि भयो ।

साताको शुरुआतदेखि नै अस्थिर रहेको धितोपत्र बजारमा नेप्से परिसूचक बुधबार पुनः ओरालो लाग्यो । परिसूचक ०.२० बिन्दुले घटेर एक हजार २५८.४६ अङ्कमा पुग्यो । टकका अनुसार आज १६९ कम्पनीका नौ लाख ८० हजार ९१९ कित्ता शेयर रु ३० करोड ४१ लाख ८९ हजार ६४५ मा खरीद बिक्री भए ।

यस्तै साताको अन्तिम दिन भने परिसूचक उकालो लागि बन्द भयो । सो दिन परिसूचक ५.९० अङ्कले बढेर एक हजार २६४.३६ बिन्दुमा पुग्यो । परिसूचक उकालो लागेपनि कारोवार रकम भने सस्तैमा समेटियो । कूल १७१ कम्पनीका १३ लाख ७५ हजार ५४१ कित्ता शेयर रु ३७ करोड ५३ लाख १५ हजार २०४ मा खरीद बिक्री भए ।

सातामा नेपाल बैंकको सबैभन्दा धेरै १२ करोड बढीको शेयर खरिद बक्रिी भएको छ । शिबम् सिमेन्टस्, प्रभु बैंक, एनआईसी एशिया, तारागाउँ रिजेन्सी होटल, सिद्धार्थ कृषि विकास र एनसीसी बैंक तथा अपर तामाकोशी र इन्भेष्टमेन्ट बैंकको सस्थापक शेयर उच्च कारोबार हुने दश कम्पनीमा समेटिएका छन्।

 

सूचक घटेसँगै समग्र बजार पूँजीकरण ६ अर्बले घटेर १५ खर्ब ७३ अर्बमा खुम्चिएको छ । बजार पूँजीकरणको आधारमा नेपाल टेलिकमको सबैभन्दा धेरै एक खर्ब ४ अर्ब रह्यो। त्यसैगरि नबिल बैंक ७३ अर्ब,इन्भेष्टमेन्ट ६६ अर्ब,एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंक दुबैको ५३ अर्ब, नेपाल लाइफ ४९ अर्ब, हिमालयन बैंक ४७, एनआईसी एशिया ४७ अर्ब, नेपाल एसबिआई बैंक ३९ अर्ब र एनएमबि बैंकको ३६ अर्ब हाराहारीमा पूँजकिरण रहेको छ ।