ग्रामीण विकास लघुवित्तको खराब कर्जा असुलीले खुद नाफा सकारात्मक, निष्क्रिय कर्जा सीमाभन्दा धेरै

0
Shares

कुनै बेला पाँच विकास क्षेत्रका लघुवित्त कम्पनीहरु समस्याग्रस्त भएर पुन: मर्जर गराएर एकीकृत कारोबार थालेको ग्रामीण विकास लघुवित्त (GBLBSL) फेरि लकडाउनका कारण खराब कर्जाले थिचिएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार लघुवित्तमा खराब कर्जाको अंश नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा नाघेको छ भने नोक्सानी व्यवस्थाका कारण सञ्चालन नोक्सानीमा पुगेको यस कम्पनीले पुरानो कर्जा असुली गर्दा नाफा सकारात्मक बनेको छ।

लघुवित्तको खराब कर्जा नोक्सानी व्यवस्था ९ करोड १७ लाख पुग्दा लघुवित्तले १ करोड २० लाख सञ्चालन नोक्सानी व्यहोरेको हो। तर १३ करोड ८१ लाख पुराना नाक्सानी व्यवस्थाबाट फिर्ता हुँदा लघुवित्त बल्ल गत आवमा ८ करोड २८ लाख रुपैयाँले नाफामा पुगेको छ।

अघिल्लो आवमा लघुवित्तले २० करोड ५३ लाख ४८ हजार नाफा कमाएकोमा गत आवमा ९ करोड ६३ लाख रुपैयाँले नाफा घटेको हो। नाफा घटेसँगै लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी .७९ रुपैयाँले घटेको वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ ।

Particulars  Grameen Bikas Laghubitta Bittiya Sanstha (Rs  in ‘000)
Q4 2076/77 Q4 2075/76 Difference
Paid Up Capital 982,500.00 924,216.00 6.31%
Reserve & Surplus 606,308.00 509,939.00 18.90%
Net Profit 82,808.00 205,348.00 -59.67%
EPS (In Rs.) 8.43 22.22 -62.06%
Net Worth per Share (In Rs.) 161.71 155.18 4.21%
Deposits 3,562,707.00 3,237,813.00 10.03%
Borrowings 4,613,432.00 4,901,308.00 -5.87%
Loans & Advances 10,289,488.00 9,905,997.00 3.87%
Net Interest Income 1,030,474.00 970,900.00 6.14%
Provision for possible losses 197,936.00 106,207.00 86.37%
Operating Profit 12,012.00 248,675.00 -95.17%
Write back of  Provision for possible losses 138,152.00 50,338.00 174.45%
NPL (%) 5.08 4.14 22.71%
PE Ratio (times) 66.43 16.2 310.06%

 

यस्तै सरकारले गरेको लकडाउनका कारण कर्जा असुली प्रभावित भई खराब कर्जा अनुपात बढ्दा जोखिम व्यवस्थापन बढेको कारण पनि लघुवित्त कम्पनीको नाफामा करिब ६० प्रतिशतको गिरावट आएको छ ।

लघुवित्तको नाफा घट्दा तथा चुक्ता पूँजीमा आएको बढोत्तरीले इपिएसमा गिरावट देखा परेको हो । समीक्षा अवधिमा कम्पनीले ९२ करोड ४२ लाख १६ हजारको चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ पुगेको छ भने वार्षिक प्रतिशेयर आम्दानी २२.२२ रुपैयाँबाट घटेर ८.४३ रुपैयाँमा सीमित भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।