डेडिकेडेट र ट्रंक लाइन विद्युत महसुल विवादः उच्चस्तरीय समितिको वक्तव्य भ्रमपूर्ण र आक्षेपयुक्त

0
Shares

लामो समयदेखि विवादमा रहँदै आएको डेडिकेडेट र ट्रंक लाइनको विद्युत महसुल सम्बन्धी विवादमा उच्चस्तरीय समितिको संयोजकबाट भएको प्रेस वक्तव्यले थप तरङ्ग उत्पन्न भएको छ।

सिमेन्ट उत्पादक संघ, नेपाल धागो उत्पादक संघ, र नेपाल स्टील रोलिङ्ग मिल्स एसोशियसनले विज्ञप्ती जारी गर्दै उच्चस्तरीय समितिको संयोजक वक्तव्यले विवाद निरोपन भन्दा भ्रमपूर्ण र उद्योगी व्यवसायीलाई आक्षेप लगाउने खालको भएको जनाएका छन्।

विवाद समाधानका निमित्त उर्जा मन्त्रालयको सचिवको नेतृत्वमा गठित उच्चस्तरिय समिति संयोजकबाट नेपाल सरकारलाई बुझाइएको प्रतिवेदन र सिफारिश अनुसार नेपाल सरकारबाट भएको निर्णय भन्दा फरक धारणा सार्वजनिक भएपछि व्यवसायीले विरोध गरेका हुन्।

व्यवसायीहरुका अनुसार विद्युत महसुल निर्धारण आयोगबाट तोकिएको दरमा प्राधिकरणबाट जारी विजकमा उल्लेखित रकम यथासमयमै तिर्दै बुझाउँदै आइरहेको अवस्थामा छुट विल भनि ३ वर्ष पश्चात एकमुष्ट रकम माग गरेपछि विवाद उत्पन्न भएको थियो।

नेपाल विद्युत प्राधिकरणको डेडिकेडेट र ट्रंक लाइनबाट विद्युत आपूर्ति लिए पनि दैनिक १८ घण्टासम्म लोडसेडिङ्ग हुँदा उद्योगी व्यवसायीहरुले डिजेल जेनेरेटरबाट उर्जा व्यवस्थापन गरि उद्योग सञ्चालन गर्नुपरेको तथा लोडसेडिङ्गको समयमा बन्द गर्न बाध्य भएको उनीहरुले जनाएका छन्।

यस्तो अवस्थामा डेडिकेडेट फिडर लाइनमा निरन्तर रुपमा विद्युत आपूर्ति हुने प्रत्येक दिन २४ सै घण्टा औद्योगिक व्यापारिक तथा गैह्र व्यापारिक वर्गका ग्राहकहरुको लागि लाग्ने दर प्राधिकरणको सञ्चालक समितिको मिति २०७२ असार १२ गते बसेको ७१६ औं सञ्चालक समितिको बैठकबाट स्वीकृत भई मिति २०७२ पुस २० मा उक्त प्रस्तावित दर स्वीकृत गरी दिन हुनका लागि प्राधिकरणले विद्युत महशुल निर्धारण आयोग समक्ष निवेदन गरेको थियो ।

महशुल निर्धारण गर्ने अधिकार विद्युत ऐन, २०४९ को दफा १६ बमोजिम आयोगको छ भन्ने ऐनको दफा १७ (४) मा भएको अनुमति प्राप्त व्यक्तिले उपदफा (३) बमोजिम निर्धारण भएको विद्युत महशुल र अन्य दस्तुरभन्दा बढी वा सो बाहेक अन्य कुनै महशुल वा दस्तुर लिन पाउने छैनन् भनी स्पष्ट व्यवस्था गरिएपनि छुट विल भनि ३ वर्ष पश्चात एकमुष्ट रकम माग गर्नु न्यायोचित नहुने र विद्युत महशुल आयोगले निर्धारण गरेअनुसार मात्र विद्युत निर्धारण हुनुपर्ने व्यवसायीको माग रहेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।