राष्ट्र बैंकले पुनर्कर्जाका लागि बैंकहरुसँग माग्यो प्रस्ताव, ऋणीले सेवा लिइरहेको शाखामा निवेदन दिनुपर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित उद्योग व्यवसायका लागि प्रदान गर्ने पुनर्कर्जा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव माग गरेको छ ।

राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकमुस्ट रूपमा प्रदान हुने पुनर्कर्जाको लागि आवेदन आह्वान गरेको हो ।  

राष्ट्र बैंकले यसअघि नै “नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७” लागू गरिसेको छ । जसको को बुँदा नं. ९ २ (क) बमोजिम एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि आवेदन माग गरेको जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले भदौ १ गतेदेखि आगामी असोज १४ गतेसम्म आवेदन बुझाइसक्नुपर्नेछ । राष्ट्र बैंकबाट प्राप्त हुने पुनर्कर्जा कोभिड–१९ बाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रहरुमा प्रवाहित कर्जाहरुलाई उपलब्ध हुनेछ। बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको धितोमा राष्ट्र बैंकले ऋण उपलब्ध गराउनेछ।

राष्ट्र बैंकले प्रति ग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनर्कर्जा बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराउनेछ । पुनर्कर्जाको ब्याजदर ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म तोकिएको छ ।

अति प्रभावित क्षेत्रः

पर्यटनः
(क) ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, ¥याफ्टिङ्ग, क्याम्पिङ्ग, टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा आदि,
(ख) होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष,
(ग) साहसिक पर्यटन ः स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर ¥याप्mटिङ्ग, हट एयर व्यालुनिङ्ग, क्यानोइङ, प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन लगायत,
(घ) गल्फ कोर्स, पोलो, पोनी टे«किङ्ग, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार

२. हवाई तथा पर्यटकीय यातायात;

३.मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेस;

४. चलचित्र उत्पादन, वितरण, सिनेमा हल ;

५. रोजगारी गुमेका वा बिथयामा परेका श्रमिक, कामदार वा कर्मचारी (स्वदेशमा वा विदेशमा) ;

६.मूलभुत रुपमा सडेर गलेर जाने वस्तु जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दुध तथा दुधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरण;

७. कुखुरापालन व्यवसाय ;

८. पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय;

९. तयारी पोशाक, हस्तकला तथा सीपमुलक व्यवसाय ;

१०. वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक ।

मध्यम प्रभावित क्षेत्रः

१. खप्ने सामान जस्तै प्लास्टिक, फलाम/स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसाय ;

२. निजी तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर ;

३. यात्रुवाहक स्थल यातायात ;

४. ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप

५. कानूनी, लेखा, इन्जिनियरिंग लगायतका परामर्श सेवा वा व्यवसाय ; इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकमूष्ट रुपमा प्रदान हुने पुनरकर्जाको लागि आवेदन आह्वान

६. अस्पताल, क्लिनिक, नर्सिंगहोम, डायग्नोस्टिक सेन्टर ;

७.हेल्थ सेन्टर वा फिट्नेस सेन्टर ;

८. भण्डारण गर्न सकिने बस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण ;

९. वन तथा खनिजजन्य उद्योग

१०. निर्माण व्यवसाय;

११. औषधि उत्पादन ;

१२. छपाइ, प्रकाशन तथा संचार गृह

१३. निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा

१४. पत्थर, माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय ।

ऋणीले सेवा लिइरहेको शाखामा निवेदन दिनुपर्ने

पुनर्कर्जा आवेदनका साथमा इजाजत पत्रप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय , शाखा कार्यालयहरुको ठेगाना तथा संचालन भएको मिति सहितको सूची पेस गर्नुपर्नेछ ।

संस्थाले माग गर्ने कूल पुनरकर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्नेछ । आवेदनको लागि छनौट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्ने, एकभन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक/ वित्तीय संस्था मार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने छ ।

यसैगरी पुनरकर्जाको लागि आवेदन गरिएको कुल रकम मध्ये कम्तिमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तर्गत हुने गरी माग गर्नु पर्ने, आवेदनको लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक/ऋणी समेटिएको हुनुपर्नेछ । आवेदन पेश गर्ने संस्थाको पुँजीकोष अनुपात राष्ट्र बैंकले तोके बमोजिम पुगेको हुनु पर्नेछ ।

रितपूर्वक पेश नभएका र समयमै दर्ता नभएका आवेदनलाई स्वीकार नगरिने राष्ट्र बैंकले जनाएको छ । साथै इच्छुक ग्राहक ऋणीलाई आफुले सेवा लिइरहेको शाखामा पुनरकर्जा माग गरी निवेदन दिनुहुन समेत राष्ट्र बैंकले आग्रह गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।