नेपाल राष्ट्र बैंकले २० वर्षपछि तलब तथा ज्यालादर सूचकाङ्कको आधार वर्ष अद्यावधिक गरेको छ । केन्द्रीय बैंकले तलब तथा ज्यालादर सूचकाङ्कको आधार वर्ष २०६१/६२ लाई परिवर्तन गरी २०८१/८१ बनाएको हो ।
अर्थतन्त्रमा आएको संरचनात्मक परिवर्तनसँगै रोजगारीको स्वरूपमा आएको फेरबदल समेतलाई ध्यानमा राखी सूचकाङ्क निर्माणमा प्रयोग हुने भाराङ्कलाई अद्यावधिक गर्न नयाँ आधार वर्ष परिवर्तन गरेको केन्द्रीय बैंकले जनाएको छ । हालसम्म तलब तथा ज्यालादर सूचकाङ्कको आधार वर्ष २०६१/६२ रहेको थियो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सम्पन्न गरेको नेपाल लेबर फोर्स सर्वेमा उपलब्ध नेपालस्तरीय औद्योगिक वर्गीकरण तथा नेपालस्तरीय पेसागत वर्गीकरण अनुसारको नतिजाको आधारमा भाराङ्क अद्यावधिक गरिएको केन्द्रीय बैंकले जनाएको छ । तलब तथा ज्याला छोटो अवधिमा परिवर्तन नहुने भएकोले मासिक रूपमा गणना हुँदै आएको तलब तथा ज्याला सूचकाङ्क त्रैमासिक रूपमा गणना गर्ने व्यवस्था मिलाइएको छ ।
सूचकाङ्क निर्माण गर्न मोडीफाइड ल्याप्रेअरस। मेथोड विधि प्रयोग गरिएको छ । यो विधिअनुसार म्याच्ड स्याम्पल मेथोडको सिद्धान्त बमोजिम आधार वर्षमा छनोट गरिएको नमूनाको तलब तथा ज्याला त्रैमासिक रूपमा सङ्कलन गरी प्रत्येक पेसागत कामहरूको तल्लो तहको सूचकाङ्क निर्माण गरिन्छ । सो सूचकाङ्कलाई पहिलो चरणमा उस्तै प्रकृतिको पेसाको ज्यामितीय औसत निकालिन्छ ।
दोस्रो चरणमा उक्त सूचकाङ्कलाई भाराङ्कले गुणन गरी माथिल्लो तहमा प्रादेशिक, औद्योगिक, पेसागत तथा राष्ट्रिय सूचकाङ्क निर्माण गरिन्छ । यसमा देखापर्ने नयाँ पेसालाई समावेश गर्ने तथा हराउँदै गएका पुरानो पेसालाई प्रतिस्थापन गर्ने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ । नयाँ आधार वर्षमा आधारित सूचकाङ्क औद्योगिक वर्गीकरण, पेसागत वर्गीकरण र प्रदेशगत वर्गीकरण गरी तीन वटा ढाँचामा प्रकाशन गरिएको छ ।
आर्थिक वर्ष २०८१र८२ को पहिलो त्रयमासको सूचकाङ्कसँगै पुरानो शृङ्खला समेत २०८१ असोज महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तालिकामा समावेश गरिएको छ । नयाँ सूचकाङ्क गणना गर्दा सबै प्रदेशका ३० वटा जिल्लास्थित बजार क्षेत्रमा रहेका सबै औद्योगिक क्षेत्र तथा पेसा समावेश हुनेगरि एक हजार २५ वटा संस्थाबाट ५ हजार २ सय ९६ प्रकारका पदसँग सम्बन्धित तथ्याङ्क सङ्कलन गरी सूचकाङ्क निर्माण गरिएको छ ।
यसअघिको सूचकाङ्क गणना गर्दा ११ वटा बजार केन्द्रबाट तलबको हकमा छ प्रकारका संस्था निजामती सेवा, सार्वजनिक संस्था, बैंक तथा वित्तीय संस्था, सेना तथा प्रहरी, शैक्षिक संस्था र निजी संस्थाहरू० तथा ज्यालादरको हकमा तीन प्रकारका औद्योगिक वर्गको ज्यालादर कृषि, उत्पादन र निर्माण क्षेत्र० गरी नौ वटा समूह अन्तर्गत तथ्याङ्क सङ्कलन गर्ने गरिएको थियो । नयाँ आधार वर्षमा आधारित सूचकाङ्कबाट तथ्याङ्क प्रयोगकर्तालाई थप सहज हुनुका साथै अन्य मुलुकसँग अन्तर्राष्ट्रियस्तरमा समेत तुलना गर्न सजिलो हुन्छ । नयाँ सूचकाङ्क थप बृहत्, विश्वसनीय, प्रयोगकर्तामैत्री रहने र आय तथा उत्पादनको लगायतसम्बन्धी निर्णय लिन सहयोगी हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया