बैंकहरुले असारको दोस्रो साता ७ अर्व निक्षेप संकलन गरी २ अर्व मात्र कर्जा दिए


चालु आर्थिक वर्षको अन्तिम महिना सुरु भएपछि बैंकहरुले कर्जा प्रबाह रोकेका छन । आर्थिक वर्षको अन्तिममा बैंकहरुले कर्जा विस्तार भन्दा पनि असुलीमा केन्द्रित हुने भएकाले पनि ऋण रोकेका हुन ।
बैंकहरुले आवको अन्तिममा कर्जा उठाएर आम्दानी वढाउनमा ध्यान केन्द्रीत गरेका हुन्छन । त्यसैले चालु आर्थिक वर्षको अन्तिम महिना असारको दोस्रो २ अर्ब मात्र कर्जा प्रबाह गरेका हुन । बैंकहरुले असारको पहिलो सातामा १० अर्ब निक्षेप संकलन गर्दा एक अर्ब रुपैयाँ मात्र कर्जा प्रबाह गरेका थिए ।

तर, असारको दोस्रो सातामा पहिलो साताको तुलनामा बैंकहरुले कर्जा प्रबाह केही वढाए पनि निक्षेप भने वढाउन सकेनन । दोस्रो सातामा बैंकहरुले सात अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन ।
आर्थिक वर्षको अन्तेमा सरकारी खर्च वढ्ने भएकाले बैंकहरुमा निक्षेप थपिने क्रम भने वढेको छ । जेठ महिनाको अन्तिम साता ५ अर्ब रुपैयाँ निक्षेप थपिएको बैंकिङ प्रणालीमा असारको पहिलो सातामा १० अर्ब र तेस्रोमा ७ अर्ब निक्षेप वढेको हो ।

बैंकहरुले कर्जा विस्तारमा कमी गरेपछि अधिकासं बाणिज्य बैंकहरुको पुँजी, कर्जा तथा निक्षेप(सिसिडि) अनुपात पनि केन्द्रीय बैंकको सीमा भन्दा तल नै रहेको छ । चालु आर्थिक वर्षको असार १३ गतेसम्ममा बैंकहरुले कुल २७ खर्ब ७६ अर्ब निक्षेप संकलन गरी २४ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन ।

गत आर्थिक वर्षको अन्तिम त्रैमासमा मात्र २१८ अर्ब निक्षेप थपिएको थियो । गत आर्थिक वर्षको चैमा ४९, बैंशाखमा २५, जेठ ४३ र असारमा १०१ अर्ब रुपैयाँ निक्षेप बैंकहरुमा थपिएको थियो । तर, तालु आर्थिक वर्षको पछिल्ला महिनाहरुमा निक्षेप वढ्ने अनुपातमा कमी आएको छ । चालु आर्थिक वर्षका चैतमा २९ अर्व निक्षेप आएको बैंकिङ प्रणालीमा बैंशाख महिनामा ५ अर्ब रुपैयाँ मात्र थपिएको थियो । तर, चालु आर्थिक वर्षको जेठमा भने केही सुधार आइ ५१ अर्ब रुपैयाँ निक्षेप बैंकहरुमा आएको छ ।

पछिल्ला ति वर्षलाइ हेर्दा बैंकमा आर्थिक वर्षको अन्तिम महिनामा मात्र एक सय अर्व भन्दा धेरै निक्षेप आउने गरेको छ । आर्थिक वर्ष २०७२र/७३ मा १३८ अर्व निक्षेप आएको थियो भने आव २०७३र/७४ मा १२३ अर्व निक्षेप आएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७४र/७४ मा पनि १०१ अर्ब निक्षेप थपिएको छ ।

सरकारले आर्थिक वर्षको अन्तिममा खर्च गर्ने तथा भुक्तानी दिने कारणले आर्थिक वर्षको पहिलो र अन्तिम महिनामा निक्षेप वढ्ने गरेको छ । यसले बैंकहरुलाई कर्जा तथा निक्षेपमा सन्तुलन कायम गर्न निकै समस्या सृजना गर्ने गरेको छ । आर्थिक वर्षको सुरुमा बैंकहरुले आक्रममा भएर कर्जा प्रबाह गर्ने र दोस्रो त्रैमासपछि कर्जा लगानी योग्य रकमको अभाव वढदै जाने र कर्जा प्रबाह नै नियन्त्रण गर्नु पर्ने समस्या दोहोरीरहेको छ ।

यसपालि पनि विगतमा जस्तै असारमा बैंकहरुको निक्षेप वढ्ने अवस्था देखिएको छ । आगामी आर्थिक वर्षमा पनि बैंकहरुले विगतलाई समिक्ष गरेर कर्जा विस्तार नगरे स्रोत अभावको समस्या फेरी पनि आउनेमा निश्चित छ ।