नेप्सेसँगै कारोबार पनि घट्दै, नयाँ कारोबार खुलेका कम्पनीमा तीब्र उतार-चढाव

0
Shares

शेयर बजार सूचक मापक नेप्से साताको दोस्रो कारोबार दिन पनि दोहोरो अंकले घटेको छ। सूचक घटेपछि दैनिक कारोबार रकम समेत घट्न पुगेको छ। आइतबारको तुलनामा सोमबार नेप्से सूचकको गिरावट बढ्दा कारोबार रकममा पनि थप संकुचनको अवस्था आएको छ ।

देशको अर्थतन्त्र बुझेका अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमनसँगै शेयर बजारमा सिर्जना गरिएको गत सातको ५२ अंकको वृद्धिमा प्रोफिट गरेका अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्दा पनि शेयर बजारमा खरीद भन्दा बिक्री चाप उच्च देखिएको हो ।

सोमबार नेप्से १२.१७ अंकले घट्दा २ अर्ब १६ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भयो । यस्तै सेन्सेटिभ परिसूचक ३.५५ ले घटेर २९८.६४ मा पुगेको छ ।

यसदिन १९२ कम्पनीका ५५ लाख ९५ हजार ५५१ कित्ता शेयर २८ हजार ७८ पटक कारोबारमा आए । आइतबार १९१ कम्पनीका ७० लाख २८ हजार ९९० कित्ता शेयर २ अर्ब ७८ करोड २३ लाख रुपैयाँमा खरीद बिक्री भएकोमा आइतबारको तुलनामा सोमबार कारोबारमा आएको शेयर कित्ता १४ लाख ३३ हजार र कारोबार रकम ३८ लाख २६ हजार रुपैयाँले घटेको हो।

सोमबार कारोबारमा आएका १२ उपसमूहको सूचकमध्ये ब्यापार सूचक साढे २ प्रतिशतले बढ्दा वित्त अन्य र लघुवित्तको सूचक सामान्य बढेका छन्। बैंकिङ्ग इन्डेक्स साढे १ प्रतिशतले घटेको बजारमा जीबन बीमाको सूचक पनि १ प्रतिशतले ओरालो लाग्यो ।

धेरै लगानीकर्ताहरुले अर्थमन्त्री खतिवडाको सुरुवाति दिनका अभिव्यक्तिका आधारमा नकारात्मक चित्रित गरिएपनि उनको पालमा नै पूँजी बजारको धेरै नीतिगत सुधार भएकाले पनि शेयर बजारमा एक किसिमको स्थायित्व रहेको लगानीकर्ता वेदनाथ घिमिरे बताउँछन् । खतिवडाको नीतिगत सुधारलाई बजारमा चलखेल गर्ने बाटो बन्दको रुपमा बुझेका कारोबारीहरुले उनको सुधारको कामभन्दा विरोधमा लागि परेको उनको बुझाई छ ।

आर्थिक अपचलन र अनियमितताको आरोप जीवनभर कहिल्यै नब्यहोरेका अर्थमन्त्रीको कार्यकालभर धितोपत्र बजारमा सुधारका बाबजुद तीब्र आलोचना र उनको राजीनामा माग गर्दै शेयर लगानीकर्ताले अनसन र विरोध गरे । तर उनको कार्यकालमा धितोपत्र बजारमा शेयर बजारमा सर्किट ब्रेकरमा पुनरावलोकन भएको छ भने धितोपत्र कारोबारको राफसाफ तथा नामसारी टि प्लस थ्री मा हुनुपर्ने व्यवस्था गरिएको छ।

यस्तै धितोपत्रको दोस्रो बजारमा पाँच अर्बको चुक्ता पूँजी भएको नागरिक स्टक डिलर कम्पनी दर्ता भई सञ्चालनको अन्तिम तयारीमा रहेको छ । नागरिकको पहूँच अभिवृद्धि गर्न सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्तासम्मको शेयरको लागि आवेदन दिन पाउने व्यवस्था भयो । खतिवडाको कार्यकालमा मार्जिन ल्याडिङ्ग कर्जाको सीमामा वृद्धि गरिएको छ भने धितो राखिएको शेयरको मूल्य २० प्रतिशतसम्म घट्दा मार्जिन कल गर्नुपर्ने व्यवस्था समेत हटाइएको छ ।

विद्युतीय सवारी, पुस्तक, विभिन्न कर र पूँजी बजारमा निकै आलोचना खेपेपनि केही सुक्ष्म र दीर्घकालीन प्रभाव राख्ने सुधारका काम गर्दै आफ्नो स्वच्छ छवीलाई जोगाएर उनी पदबाट बाहिरिए । उनको कार्यकालमा अर्थतन्त्रले आमूल परिवर्तन गर्ने अपेक्षाका बीच संघीय सरकार सञ्चालनको खर्च र कारोना महामारीका कारण अपेक्षित उपलब्धि हासिल हुन पाएन ।

कारोबार खुलेका नयाँ कम्पनीको शेयर तीब्र उतार-चढाव

पछिल्लो समय शेयर बजारमा सूचीकृत भएर कारोबार भएका वा मर्जरका कारण रोक्का भई पुन कारोबार सुचारु भएका कम्पनीहरुको शेयरमूल्यमा तीब्र उतारचढाव देखिएको छ।

सुरुवाती कारोबारमा आउने यस्ता कम्पनीहरुको शेयरमूल्य पम्प एण्ड डम्पको अवस्थाले नवप्रवेशी लगानीकर्ताहरुको लगानी भने जोखिममा पर्ने अवस्था सिर्जना भएको देखिन्छ ।

एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल रि इन्स्योरेन्स लगायतका धेरैजसो सुरुवाति कारोबारमा आउने कम्पनीको शेयर एक सातासम्म सकारात्मक सर्किट लाग्नेगरी तीब्र बढ्ने र सो पश्चात सोही अनुरुप घट्ने अवस्थाले यस्ता कम्पनीको शेयरमा लगानी जोखिममा रहेको बताइन्छ । आइतबारदेखि कारोबारमा आएको उन्नति सहकार्य लघुवित्तको शेयरमूल्य पनि सोही अनुपातमा बढाउने क्रम जारी छ ।

नेपाल रि इन्स्योरेन्सको उच्च कारोबार

आजको कारोबारमा नेपाल रि इन्स्योरेन्स कम्पनीको उच्च कारोबार भएको छ । रि इन्स्योरेन्सको ३ लाख २९ हजार ७०४ कित्ता शेयर ३ हजार ६४६ पटक शेयर खरीद बिक्री हुँदा २८ करोड ४० लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ । यस्तै नागरिक लगानी कोषको १५ करोड ६३ लाख ३ हजार र नेको इन्स्योरेन्सको ९ करोड ३ लाख १९ हजार रुपैयाँको शेयर कारोबार भयो । 

एनएमबि बैंक संस्थापक शेयर ८ करोड ८२ लाख, नेपाल लाईफ ८ करोड २४ लाख, शिवम् सिमेन्ट ७ करोड ५४ लाख, शिखर इन्स्योरेन्सको ६ करोड ८४ लाख, सोमबारै लाभांश घोषणा गरेको आरएमडिसी लघुवित्तको ६ करोड ३२ लाख, नेपाल बैंक ६ करोड ६ लाख र अरुण काबेली पावरको ४ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2020-09-07 15:00:00
NRIC 284,037,069.00 856.00
CIT 156,303,569.00 3,250.00
NIL 90,319,927.00 790.00
NMBPO 88,204,880.00 250.00
NLIC 82,495,064.00 1,361.00
SHIVM 75,494,825.00 700.00
SICL 68,420,935.00 1,340.00
RMDC 63,228,041.00 874.00
NBL 60,671,308.00 299.00
AKPL 47,271,230.00 168.00

उन्नति सहकार्य र युनिभर्सल पावरको शेयरमूल्य ९ प्रतिशत धेरै बढ्यो

सोमबारको ऋणात्मक बजारबाट उन्नति सहकार्य, युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेर सकारात्मक सर्किट लागेको छ ।
यसदिन जोशी हाइड्रोपावर, नागरिक लगानी कोष, आशा लघुवित्त वित्तीय संस्था, आँखुखोला हाइड्रोपावर, एनएमबि बैंकको संस्थापक, कालीका पावर, रिलायन्स फाइनान्स र सबैको लघुवित्तको शेयरमूल्य पनि ४ प्रतिशतले बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-09-07 15:00:00
USLB 1,098.00 99.00 9.91
UPCL 101.00 9.00 9.78
JOSHI 86.00 7.00 8.86
CIT 3,250.00 239.00 7.94
ALBSL 922.00 63.00 7.33
AKJCL 67.00 4.00 6.35
NMBPO 250.00 12.00 5.04
KPCL 128.00 6.00 4.92
RLFL 135.00 6.00 4.65
SABSL 846.00 34.00 4.19
View All

एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्यमा दोस्रो दिन नकारात्मक सर्किट

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयरमूल्यमा दोस्रो दिन सोमबार पनि नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य ९.९२ प्रतिशत अर्थात प्रतिकित्ता ४८ रुपैयाँ घटेर ४३६ रुपैयाँमा बन्द भएको छ।

यसैगरी घलेम्दी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, अरुण काबेली पावर,को शेयरमूल्य ५ प्रतिशतले घट्दा एनआईबिएल प्रगति फण्ड, नेपाल फाइनान्स, माउन्टेन हाइड्रो, ग्लोबल आइएमई समुन्नत स्कीम १, अपि पावर र हिमालयन उर्जा कम्पनी सोमबारको बजारमा शीर्ष गुमाउने दश कम्पनीमा समेटिएका छन् ।

 

Symbol LTP Point Change % Change
As of 2020-09-07 15:00:00
NRN 436.00 -48.00 -9.92
GHL 68.00 -5.00 -6.85
HPPL 160.00 -10.00 -5.88
AKPL 168.00 -9.00 -5.08
NIBLPF 8.50 -0.34 -3.85
NFS 173.00 -6.00 -3.35
MHNL 88.00 -3.00 -3.30
GIMES1 8.82 -0.28 -3.08
API 128.00 -4.00 -3.03
HURJA 100.00 -3.00 -2.91

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ भदौ २०७७, सोमबार  १६ : १० बजे