पछिल्लो एक दशकमा ४० लाख रोजगारी सिर्जना

0
Shares

विश्व बैंकले नेपालमा पछिल्लो एक दशकमा ४० लाख रोजगरी सिर्जना भएको जनाएको छ । विश्व बैंकको नेपाल ‘जब्स् डाग्नोष्टिक’ रिपोर्टका अनुसार पछिल्लो दशकमा नेपालमा रोजगारी सृजना उच्च दरमा बढेको देखिएको हो ।

यो अवधिमा निरन्तर रोजगारी सिर्जना भैरहेको अवस्था रहेको विश्व बैंकले जनाएको छ । तर, ज्यालादारी तथा पूर्ण प्रयोग नभएको जनशक्तीलाई स्तरीय तथा राम्रो बेतन तर्फ लैजान आवश्यक रहेको विश्व बैंकले जनाएको छ ।

यो प्रतिवेदनमा कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको असरका कारण गुमेको रोजगारी र रोजगारी सिर्जनाको अवस्थालाई भने नसमेटेको जनाएको छ । तर, यो प्रतिवेदनले कोरोना पछिको रोजगारी सिर्जनाको अवस्था रोजगारीको सुरक्षाको विषयमा केही चर्चा भने गरिएको छ ।

पछिल्लो समयमा नेपालको अर्थतन्त्र कृषि भन्दा पनि आधुनिक उद्योग तथा सेवा क्षेत्र तर्फ स्थानान्तरण हुँदै गएको छ ।

यस्तो अवस्थामा कामदारलाई राम्रो काम गर्ने अवसर पनि हुन्छ । यसमा सबै रोजगारी खोजेकाले स्तरीय रोजगार पाउछन् भन्ने पनि छैन ।

पछिल्लो एक दशकमा ठूलो संख्यामा पुरुष कामदार निर्माण क्षेत्र, उत्पादनमूलक, वाणिज्य तथा यातायात काम गरेको विश्व बैंकले जनाएको छ ।

त्यसैगरी वैदेशिक रोजगारीमा पनि उत्तिकै गएको विश्व बैंकको रिपोर्टले जनाएको छ । यी क्षेत्रमा अधिकांश रोजगारी ज्यालादारीमा रहेको समेत रिपोर्टमा उल्लेख छ । त्यतिहुँदै गर्दा पनि यी क्षेत्रका ज्यालादारी कामदारले परम्परागत जीवनशैली भन्दा केही सुधारिएको जीवन जिउन थालेको प्रतिवेदनले देखाएको छ ।

सन् २००८ मा कुल रोजगारमा १७ प्रतिशत रहेको ज्यालादारी रहेकोमा २०१८ मा त्यो बढेर २४ प्रतिशत पुगेको छ । सन् २००८ देखि २०१८ सम्ममा करिब आधा ज्यालादारी रोजगार थपिएको छ ।

नेपालको रोजगार बढाउनका लागि साना तथा मझौला उद्योग विस्तार गर्नका लागि नीतिहरु केन्द्रीत गर्नुपर्ने, त्यसका साथै साना तथा मझौला उद्योगको उत्पादन बढाउनुपर्ने, व्यवसायीक वातावरण सुधार गर्नु र लेबर मार्केटलाई केन्द्रीत गरेर नीतिगत व्यवस्था गर्न आवश्यक रहेको प्रतिवेदनले सुझाएको छ ।

 

प्रकाशित मिति: २५ भदौ २०७७, बिहीबार  २१ : १५ बजे