बैंक तथा वित्तीय संस्थाका उच्च कर्मचारीलाई कर्जा दिन थप कडाई

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कर्जा दिने सन्दर्भमा थप कडाई गरेको छ । केन्द्रीय बैंकले बैंक वित्तीय संस्थाका उच्च व्यवस्थापनका कर्मचारीलाई परिभाषित गरी कर्जा सुविधामा शर्त लगाएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक वित्तीय संस्थाका प्रमूख कार्यकारी अधिकृत(सिइओ) देखि २ तह तलसम्मका कर्मचारी उच्च व्यवस्थापन भित्र पर्छन । यसभन्दा अघि केन्द्रीय बैंकले उच्च व्यवस्थापन शब्द प्रयोग गरेको भएपनि परिभाषित नै गरेको अवस्था भने थिएन ।

नेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशीका २०७७ अनुसार बैंक वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा व्यवस्थापन तहको पदाधिकारीलाई रिस्क टेकरको रुपमा परिभाषित गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले अर्को बैंक वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा उच्च व्यवस्थापन तहको पदाधिकारीलाई शिक्षा कर्जा, हायर पर्चेज कर्जा, घर कर्जा वा घरायसी प्रयोजनका सामाग्री कर्जा बाहेक उनीहरुको व्यक्तिगत नाममा अन्य कुनै किसिमका कर्जा प्रवाह गर्न नसक्ने व्यवस्था गरेको छ ।

तर, सरकारी ऋणपत्र, मुद्दती रसिद, सुनचाँदीको धितोमा वा क्रेडिकार्र्ड लिन यस व्यवस्थाले बाधा पु¥याएको नमानिने केन्द्रीय बैंकले जनाएको छ । निर्देशीकामा स्पष्टीकरण दिदै उच्च व्यवस्थापन तहको पदाधिकारी भन्नाले इजाजतपत्रप्राप्त संस्थाको प्रमुख कार्यकारी अधिकृत भन्दा दुई तह मुनिसम्मको पदधारण गरेको पदाधिकारीलाई जनाउँने समेत उल्लेख गरेको छ ।

त्यसैगरी बैंक वित्तीय संस्थाले अर्को बैंक वित्तीय संस्थाको कार्यकारी प्रमुख वा व्यवस्थापन तहको पदाधिकारीको अधिकांश स्वामित्व रहेको फर्म, कम्पनी वा संस्थामा कुनै पनि किसिमको कर्जा प्रवाह गर्न सक्दैनन । केन्द्रीय बैंकको निर्देशन जारी अघि नै प्रवाह भईसकेको कर्जाको हकमा भुक्तानी अवधि समाप्त भई सकेपछि नवीकरण गर्न नपाइने व्यवस्था छ । अधिकांश स्वामित्व भन्नाले ५० प्रतिशत भन्दा बढी स्वामित्व भएको फर्म, कम्पनी वा संस्थालाइ जनाउने समेत उल्लेख छ ।

तर,बैंक वित्तीय संस्थाहरुले कर्मचारीलाई कर्मचारी विनियमावलीमा उल्लिखित सापटी/सुविधाका अतिरिक्त आफ्नै वा अन्य कुनै बैंक तथा वित्तीय संस्थामा राखिएको मुद्दती रसिद, सुनचाँदी तथा नेपाल सरकार/नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र/बचतपत्रको धितोमा कर्जा प्रदान गर्न सक्ने व्यवस्था गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।