पन्ध्र म्युचुअल फण्डको लाभांश घोषणा, ६ को इकाई किन्नेले अझै पाउँछ लाभांश

0
Shares

गत आर्थिक वर्ष २०७६/७७ बाट पन्ध्र म्यचुअल फण्डले इकाईधनीलाई वितरण गर्ने प्रतिफल (नगद लाभांश) घोषणा गरेका छन् । जसमध्ये ९ म्युचुअल फण्डले प्रतिफको बुकक्लोज गरिसकेका छन् भने ६ फण्डको इकाई किन्दा अझै लगानीकर्ताले लाभांश पाउने अवस्था छ ।

इकाइधनी पुस्तिका बन्द गरेका ९ मध्ये फण्डमध्ये केहीले इकाइधनीको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा लाभांश पठाइसकेका छन् भने बाँकीले पनि पठाउने अन्तिम तयारीमा छन् । ६ म्युचुअल फण्डले बुकक्लोज तोकेका छन् । यी फण्डको इकाइ खरीद गर्ने लगानीकर्ताले अझै गत आवबाट वितरणगर्न प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

कुन-कुन फण्डको इकाइ खरीद गर्दा अझै पाइन्छ लाभांश ?

ग्लोबल आइएमई समुन्नत योजना -१

ग्लोबल आइएमई समुन्नत योजना १ ले गत आवबाट ४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । असोज ९ गते इकाइधनी दर्ता किताब (बुकक्लोज) मिति तोकेको यस फण्डको असोज ८ गते बिहीबारसम्म इकाई खरीद गर्ने लगानीकर्ताले प्रतिफल पाउनेछन् ।

सनराइज फस्ट

सनराइज फस्टले गत आवबाट ७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । असोज ११ गते आइतबार इकाइधनी दर्ता किताब (बुकक्लोज) मिति तोकेको यस फण्डको पनि असोज ८ गते बिहीबारसम्म इकाई खरीद गर्ने लगानीकर्ताले प्रतिफल पाउनेछन् ।

सिटिजन्स म्युचुअल फण्ड-१ र सिटिजन्स म्युचुअल फण्ड -२

सिबिआएल क्यापिटलको व्यवस्थापनामा सञ्चालित दुबै फण्डहरु सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २को इकाइ खरीद गर्ने लगानीकर्ताले अझै प्रतिफल पाउने अवस्था छ ।

बुधबार मात्रै फण्डले असोज १५ गते बिहीबार इकाइधनी दर्ता किताब (बुकक्लोज) मिति तोकेको छ । यसअनुसार असोज १४ गते बुधबारसम्म खरीद गर्ने लगानीकर्ताले प्रतिफल पाउनेछन् ।

एनएमबि हाइब्रिड फण्ड एल -१ र एनएमबि ५०

एनएमबि क्यापिटलको क्यापिटलको व्यवस्थापनामा सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि ५० को इकाई खरीद गर्दा लगानीकर्ताले अझै पनि गत आवको नाफाबाट प्रस्तावित लाभांश पाउनेछन् ।

दुबै फण्डले असोज १६ गते शुक्रबार इकाइधनी दर्ता किताब (बुकक्लोज) मिति तोकेका छन् । यसअनुसार असोज १५ गते बिहीबारसम्म इकाई खरीद गर्ने लगानीकर्ताले प्रतिफल पाउनेछन् ।

नौ फण्डको बुकक्लोज, दुईको लाभांश घोषणा हुन बाँकी

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत १७ मध्ये १५ फण्डले लाभांश घोषणा गर्दा सानिमा इक्वीटी फण्ड र एनआईबिएल प्रगति फण्डले भने हालसम्म प्रतिफल घोषणा गरिसकेको छैनन् ।

हालसम्म एनआईबिएल समृद्धि फण्ड १, एनआईसी एशिया ग्रोथ फण्ड, नबिल ब्यालेन्स्ड फण्ड २, एनआईबिएल सहभागिता फण्ड, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, सिद्धार्थ इक्वीटी फण्ड, नबिल इक्वीटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २, र लक्ष्मी इक्वीटी फण्डले भने इकाइधनी दर्ता किताब (बुकक्लोज) गरिसकेका छन्। यी फण्डको प्रतिफल भने बुकक्लोजको अघिल्लो दिनसम्म कायम रहेका लगानीकर्ताले मात्र पाउनेछन् ।

गत आवबाट सिटिजन्स म्युचुअल फण्ड १ ले सबैभन्दा धेरै १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने एनआईबिएल समृद्धि फण्ड १ र एनआईसी एशिया ग्रोथ फण्डले समान १२ प्रतिशत र सिटिजन्स म्युचुअल फण्ड २ ले १० प्रतिशत घोषणा गरेका छन् । ग्लोबल आइएमई समुन्नत योजना १ले सबैभन्दा कम ४ प्रतिशत लाभांश घोषणा गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।