सातामा नेप्से ११ अंक घट्दा युनाइटेड फाइनान्सका लगानीकर्ताले साढे ३३ प्रतिशतले कमाए

0
Shares

यस साता नेप्से सूचक ०.६९ प्रतिशत अर्थात १०.९१ अंकले घटेपनि यस साता युनाइटेड फाइनान्सको शेयरमा लगानी गरेका लगानीकर्ताले भने मनग्य नाफा आर्जन गरेका छन् ।

नबिल बैंकसँग मर्जरको अपुष्ट सूचना विभिन्न सञ्चार माध्यममा प्रवाहित हुँदा फाइनान्सको शेयरमूल्य ३३३.६७ प्रतिशतले बढेको छ ।

आइतबार १ हजार ५७२ दशमलव १८ बिन्दुमा खुलेको नेप्से यस साताको अन्तिम कारोबार दिन बिहीबार १ हजार ५६१ दशमलव २७ बिन्दुमा झरेको छ ।

यो साता २०६ कम्पनीको ४ करोड ४ लाख ७९ हजार कित्ता शेयर १२ अर्ब १५ करोड ४३ लाख रुपैयाँ बराबरमा खरीद बिक्री भएको छ ।

गत साता १४ अर्ब २८ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएकोमा यस साता भने अघिल्लोे साताको तुलनामा कारोबार रकम १४.९४ प्रतिशतले घटेको हो । यो साता दैनिक औषतमा २ अर्ब ४३ करोडको शेयर कारोबार भयो । गत सात २ अर्ब ८५ करोड रहेको थियो।

सातामा शीर्ष शेयरमूल्य बढ्ने कम्पनी यस्ता छन्

समीक्षा अवधिमा युनाइटेड फाइनान्सको शेयरमूल्य ३३.६७ प्रतिशत अर्थात ६६ रुपैयाँले बढेर प्रतिकित्ता २६२ रुपैयाँमा कारोबार बन्द भएको छ । यसैगरी खानीखोला हाइड्रोको १६.२५, दीब्यश्वरी १५.१९, सिनर्जी पावर १२.७१, अरुण भ्याली १०.६७, र नेशनल हाइड्रोपावरको शेयरमा लगानी गरेका लगानीकर्ताले पनि यस साता १०.१३ प्रतिशतका दरले नाफा कमाएका छन् ।

रिडी हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट, साल्ट ट्रेडिङ्ग र ङादी ग्रुप पावर लिमिटेडको शेयरमूल्य पनि शीर्ष दश बढ्ने कम्पनीमा समेटिएका छन्। यी कम्पनीहरुको क्रमश ९.९३, ९.६६, ९.०९, र ६.९४ प्रतिशतले शेयरमूल्य बढेको हो ।

Stock Opening price Closing Price Change%
UFL 196 262 -33.6735
KKHC 80 93 -16.25
DHPL 79 91 -15.1899
SPDL 181 204 -12.7072
AHPC 178 197 -10.6742
NHPC 79 87 -10.1266
RHPC 141 155 -9.92908
GMFIL 145 159 -9.65517
STC 3300 3600 -9.09091
NGPL 173 185 -6.93642

 

यी कम्पनीको शेयरमा लगानी गर्नेले भने गुमाए

यस साता लिवर्टी इनर्जीको शेयरमा लगानी गरेका लगानीकर्ताले भने गुमाएका छन्। कारोबार खुलेको दिनमा नै सकारात्मक सर्किट लागेर नकारात्मक सर्किट लागेर घट्न थालेको यस कम्पनीको शेयरमूल्य २५.६७ प्रतिशत अर्थात ७७ रुपैयाँले घटेर २२३ रुपैयाँमा अडिएको छ । ओरियन्टल होटलको शेयरमा लगानी गरेका लगानीकर्ताको सम्पत्ति पनि १२.७९ प्रतिशतका दरले घटेको छ ।

जोशी हाइड्रोपावर र हिमालयन उर्जाको शेयरमा लगानी गरेको लगानीकर्ताको सम्पत्ति ८ प्रतिशत धेरैले घट्दा सोल्टी होटल, हिमाल दोलखा हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, राधी विद्युत, सनराइज फस्ट म्युचुअल फण्डको इकाइ र नेपाल सेवा लघुवित्तको शेयरमूल्य पनि ५ प्रतिशत धेरैले घटेको छ ।

नेपाल बैंकको शीर्ष कारोबार

यस साता नेपाल बैंक लिमिटेड कारोबार रकम र कारोबार कित्ता दुबैका आधारमा अग्र स्थानमा रहेको छ । बैंकको २२ लाख ३२ हजार कित्ता शेयर ७२ करोड ८१ लाख ९० हजार रुपैयाँमा कारोबार भएको हो ।

नेपाल रि-इन्स्योरेन्स कम्पनीको ६१ करोड ७६ लाख, शिखर इन्स्योरेन्सको ५७ करोड ७४ लाख, रिलायन्स लाइफ इन्स्योरेन्स ४७ करोड ६१ लाख, अरुण काबेली पावर ३३ करोड ५३ लाख, अरुण भ्याली २४ करोड ८ लाख, नेपाल लाइफ इन्स्योरेन्स २३ करोड १४ लाख, एनएमबि बैंक २३ करोड ११ लाख, अपर तामाकोशी २२ करोड ४८ लाख र कुमारी बैंकको २२ करोड १२ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको छ।

कारोबार भएको शेयर संख्याको आधारमा नेशनल हाइड्रोपावर, अरुण काबेली पावर, अरुण भ्याली हाइड्रोपावर, सिभिल बैंक र कुमारी बैंकको पनि उच्च संख्यामा शेयर कारोबार भएको छ । यी कम्पनीहरुको सातामा १० लाख बढी कित्ता शेयर कारोबारमा आएको हो ।

कारोबार संख्याको आधारमा रिलायन्स लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ६० हजार १ वटा कारोबार भयो भने लिबटी, एनआरएन इन्फ्रास्ट्रक्चरको पनि १० हजार भन्दा बढी संख्यामा कारोबार भएको छ ।

बजार पूँजीकरणमा टेलिकम अग्र स्थानमा, स्ट्याण्डर्ड चार्टर्ड बैंक दशौं

शेयर बजारमा सूचीकृत २१० कम्पनीमध्ये सबैभन्दा धेरै चुक्ता पूँजी रहेको नेपाल टेलिकम बजार पूँजीकरणको आधारमा पनि शीर्ष स्थामा रहेको छ। कम्पनीको यस साता बजार पूँजीकरण १ खर्ब ६ अर्ब ५ करोड रहेको छ ।

दोस्रो स्थानमा रहेको नबिल बैंकको ८८ अर्ब २३४ करोड, रि इन्स्योरेन्स कम्पनी ८६ अर्ब ४० करोड, नेपाल लाइफ इन्स्योरेन्स ७६ अर्ब २३ करोड, एभरेष्ट बैंक ६१ अर्ब ७४ करोड, नेपाल इन्भेष्टमेन्ट बैंक ६० अर्ब २७ करोड, एनएमबि बैंक ६० अर्ब २४ करोड, नागरिक लगानी कोष ५७ अर्ब ३९ करोड, एनआइैसी एशिया बैंकm ५६ अर्ब २६ करोड र दशौं ठूलो पूँजीकरण रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५३ अर्ब १९ करोड बजार पूँजीकरण रहेको छ। शीर्ष दशमा पर्दै आएको हिमालयन बैंक भने यो साता बाहिरिएको छ ।

यस साता समग्र बजार पूँजीकराण २० खर्ब ८० अर्ब १२ करोडमा पुगेको छ । कूल बजार पूँजीकरणमध्ये शीर्ष दश कम्पनीको हिस्सा ३३.९४ प्रतिशत रहेको छ । दश कम्पनीके कूल बजार पूँजकरण ७ खर्ब ६ अर्ब ५ करोड रहेको छ । टेलिक एक्लैको कूल बजार पूँजीकरणको ५ प्रतिशत हिस्सा छ ।

सातामा ३ उपसमूहका परिसूचक मात्र बढे, होटलमा ८ प्रतिशतको पहिरो

यस साता ३ उपसमूहको मात्र परिसूचक बढेको छ । कारोबारमा आएका १२ उपसमूहमध्ये ९वटाको परिसूचक घटेको छ । ब्यापार वित्त र पलविद्युत बाहेक सबै इन्डेक्ड घटेको हो ।

यस साता व्यापार ७.१५ प्रतिशत अर्थात ७२.६८, वित्त ३.९० प्रतिशत अर्थात २८.३७ अ‍ैकले बढ्दा हाइड्रोपावरको ०.४९ प्रतिशत ६.३४ अंकले बढेको छ।
सातामा होटलको परिसूचक सर्वाधिक ८ प्रतिशत अर्थात १५०.७० अंकले घटेको छ । निर्जीबन बीमा र लघुवित्तको इन्डेक्स २ प्रतिशत धेरै घट्दा लघुवित्त र जीबन बीमाको सूचक पनि १ प्रतिशत धेरैले ओरालो लागेको छ ।

कूल कारोबारमा बैंकिङ्ग हिस्सा ३० प्रतिशतमा खुम्चियो

पछिल्ला दिनमा बैंकिङ्ग भन्दा अन्य उप समूहको कारोबार बढ्दा ७५ प्रतिशत बढी शेयर हिस्सा ओगट्ने बैंकिङ्ग क्षेत्रको शेयर कारोबार यस साता ३०.६५ प्रतिशतमा खुम्चिएको छ । अन्य समयमा कूल कारोबारको ६० देखि ७० प्रतिशत कारोबार हिस्सा यसले ओगट्ने गर्दथ्यो । बैंकिङ्गमा यस साता ३ अर्ब ७२ करोड ५० लाख बढीको करोबार भयो।

दोस्रोे स्थानमा २ अर्ब ३० करोड सहित जलविद्युतको कारोबार रकमका आधारमा यस साता १९ प्रतिशत कारोबार हिस्सा ओगटेको छ । निर्जीबन बीमा कम्पनीको कारोबार १३.५० प्रतिशत, जीबन बीमा ९.९५ प्रतिशत, अन्य ८.४६, लघुवित्त ७.७८, विकास बैंक ३.१७, उत्पादन २.५५, र वित्तको २.४७ प्रतिशत हिस्सा छ । होटल, ब्यापार, म्युचुअल फण्डको १ प्रतिशतभन्दा कम छ ।

यस्ता छन् टप खरीद बिक्री गर्ने ब्रोकर

यस साता ब्रोकर नम्बर ५८ ले सबैभन्दा धेरै ७६ करोड ४२ लाख रुपैयाँको शेयर खरीद गर्दा ८२ करोड ५० लाख रुपैयाँको शेयर बिक्री गरेको छ ।

शेयर खरीद तर्फ ब्रोकर नम्बर ४५ इम्पेरियल सेक्युरिटीज, ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटीज र ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटीजबाट ५४ करोड बढीको शेयर खरीद भएको छ । बिक्रीतर्फ पनि अनलाइन सेक्युरिटीज, भिजन सेक्युरिटीज र इम्पेरियल सेक्युरिटीजबाटै ५५ करोड बढीको शेयर बिक्री भएको देखिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० असाेज २०७७, शनिबार  १७ : ५१ बजे