अब ल्याउने स्वास्थ्य बिमा योजनाले स्वास्थ्य क्षेत्रमा समाजवाद स्थापना गर्नेछ : मन्त्री पौडेल


मोरङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले ल्याउन लागेको स्वास्थ्य बिमा योजनाले स्वास्थ्य क्षेत्रमा समाजवाद स्थापना गर्ने बताएका छन् ।

विराटनगरमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले स्वास्थ्य बिमा कोष करिब रु एक खर्ब बराबरको बनाउन सके स्वास्थ्य बिमा क्षेत्रका समस्या समाधान हुने बताए । उनले मुलुकमा कुल बजेटको करिब सात प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने माग गरे ।

मन्त्री पौडेलले निजी मेडिकल कलेजले चिकित्सकहरूलाई दिइने सुविधाबारे सरकारले ल्याएको नीति कार्यान्वयन गर्नुपर्ने र यसका लागि सहमतिको विन्दु पहिल्याउने प्रयास भइरहेको बताए ।

उहाँले फरक प्रसङ्गमा बोल्दै लोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत र परिष्कृत लोकतन्त्र नै भएको बताए । मन्त्री पौडेलले नागरिक अधिकार, आफैँले जनप्रतिनिधि चयन गर्ने, बोल्न पाउने अधिकारलगायत विषय लोकतान्त्रिक गणतन्त्रमा मात्र पाइने धारणा राखे । उनले हिंसाको जगमा व्यवस्था परिवर्तन हुन नसक्ने धारणा राखे ।

प्रकाशित मिति: १९ चैत्र २०८१, मंगलबार  ०६ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।