काठमाडौँ । सुदुरपश्चिम प्रदेश लोक सेवा आयोगले अधिकृत सातौँ तहको लागि विभिन्न सेवा समुहमा कर्मचारी माग गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितामार्फत कर्मचारी भर्ना गर्ने जनाएको हो ।
आयोगले इन्जिनिगरिङ समुह, तथ्यांक समुह, कृषि अधिकृत, पशु अधिकृत, वन अधिकृत, नर्सिङ अधिकृत, स्वास्थ्य सेवा अधिकृत, कम्युनिटी नर्सिङ र फार्मेसी अधिकृतको विभिन्न उपसमुहमा आवेदन माग गरेको छ ।
यस्तै बायोमेडिकल अधिकृत, फिजियोथेरापिष्ट, कम्प्युटर अधिकृत, महिला विकास अधिकृत र अर्थशास्त्रीमा कर्मचारी आह्वान गरेको छ ।
पाठ्यक्रममा तोकिए बमोजिम लिखित परीक्षा ,सामुहिक परीक्षण र अन्तर्वार्ता हुनेछ । सबै पदहरुका लागि अनलाइन प्रणालीबाट दरखास्त बुझाउनु पर्नेछ ।
आवेदनले अनलाइन http://ppsconline.sudurpashchim.gov.np मार्फत आवेदन दिन सक्ने छन् । आवेदन दस्तुर १ हजार रुपैयाँ र समावेशी समुहतर्फ थप ४०० रुपैयाँ तिरेर २०८२ जेठ ८ गते सम्म र दोब्बर दस्तुर तिरेर जेठ १५ गते सम्म आवेदन दिन सकिने छ ।
उम्मेदवारले नेपाली नागरिकताको प्रमाण पत्र, शैक्षि योग्यताका प्रमाण पत्र, काउन्सिलमा दर्ता भएको प्रमाण पत्र, समावेशी समुह खुल्ने कागजात लगायत सम्पुर्ण कागजात अनलाइन दरखास्त साथ पेश गर्नुपर्ने छ । उम्मेदवारले सम्बन्धित विषयमा कम्तिमा स्नातक उत्तिर्ण गरेको हुनुपर्ने छ ।
प्रतिक्रिया