ग्लोबल आईएमई बैंकको खुद नाफा एक अर्ब माथि, २२ करोड वितरयोग्य

0
Shares

ग्लोबल आईएमई बैंक (GBIME) ले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा एक अर्ब ७ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.५९ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७३ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० करोड ५६ लाख रुपैयाँ नाफा बढाएको बैंकको सञ्चित कोषमा ५१ करोड ८९ लाख रुपैयाँ थप गरेको छ । जनता बैंकलाई गाभेपछि बैंकको व्यावसाय विस्तार हुनुका साथै खुद नाफा पनि बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको वितरण योग्य मुनाफा २२ करोड ६१ लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब २ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

हाल १८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको सञ्चित कोषमा ९ अर्ब २६ करोड ७१ लाख रुपैयाँ रहेको छ । बैंकको सो अवधिको रिटेन्ड अर्निङ १ अर्ब ८४ करोड ४७ लाख रुपैयाँ रहेको छ । पहिलो त्रैमासमा बैंकले शेयर प्रिमियमवाट ५३ लाख ९३ हजार रुपैयाँ आम्दानी गरेको छ ।

चालु आवको पहिलो त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी २८.८७ रुपैयाँबाट घटेर २२.३२ रुपैयाँमा झरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ५९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२.१९ गुणा कायम भएको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको निक्षेप २ खर्ब २४ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो । चालु आवको असोजसम्ममा बैंकको कर्जा लगानी १ खर्ब ८९ अर्ब ३८ करोड रुपैयाँबाट बढेर १ खर्ब ९५ अर्ब ७३ रुपैयाँ पुगेको छ ।

चालु आवको पहिलो त्रैमास बैंकको खराब कर्जा बढेर १.८३ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा ०.८५ प्रतिशत रहेको थियो । असोजसम्ममा बैंकको आधार ७.२५ प्रतिशतमा झरेको छ । गत आवको सोही अवधिमा बैंकको आधार ब्याजदर ९.४४ प्रतिशत थियो । चालु आवको पहिलो त्रैमासमा बैंकको स्प्रेड भने बढेर ४.९९ प्रतिशतबाट ५.०३ प्रतिशत पुगेको छ ।

Particulars Global IME Bank Limited   ( Rs in ‘000)  
Q1,  2077/2078 Q1, 2076/2077 Change
Paid-up Capital 18975880.00 10310515.96 84.04%
Retained Earnings 1844725.00 2837690.13 -34.99%
Reserves 9267176.00 4013226.52 130.92%
Profit/(Loss) for the Year 1058840.00 753144.00 40.59%
EPS (Rs.) 22.32 28.87 -22.69%
Net worth per share (Rs.) 158.59 165.70 -4.29%
Deposit from Customers 224237507.00 212315385.00 5.62%
Loans & Advances to Customers 195731201.00 189388664.00 3.35%
Net Interest Income 2593609.00 1564727.00 65.75%
Net Fee and Commission Income 447799.00 377568.00 18.60%
Impairment Charge/(Reversal) 517004.00 270874.00 90.87%
Operating Profit 1475286.00 1042374.00 41.53%
Distributable Profit/(Loss) after P/L appropriation and Regulatory Adjustments 226161.00 281173.36 -19.57%
Capital Adequacy Ratio (CAR) (%) 12.50 11.87 5.31%
Non-Performing Loan (NPL) 1.83 0.85 115.29%
CCD (as per NRB Directive) 72.52 78.36 -7.45%
Cost of Fund (%) 5.39 7.13 -24.40%
Base Rate (%) 7.25 9.44 -23.20%
Qtr End PE Ratio (Rs.) 12.19 10.22 19.28%
Interest Rate Spread (%) 5.03 4.99 0.80%

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।