सिभिल बैंकको वितरणयोग्य नाफा १३ करोड ऋणात्मक, नाफा पनि घट्यो

0
Shares

सिभिल बैंक (CBL) को खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ६६ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आवको यसै अवधिमा १५ करोड ८९ लाख ५० हजार रुपैयाँ खुद नाफा गरेको बैंकको नाफा ३९.१८ प्रतिशतले घटेको हो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबै घट्दा खुद नाफा घटेको हो ।

यस अवधिमा बैंकको अधिकांश वित्तीय सूचक घटेका छन् भने वितरणयोग्य नाफा १३ करोड ऋणात्मक बनेको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले १८ करोड बढी रेगुलेटरी रिजर्भमा व्यवस्था गर्न लगाउँदा बैंकको वितरणयोग्य नाफा १२ करोड ९९ लाख ७ हजार ऋणात्मक बन्न पुगेको हो । गत आवको यसै अवधिमा भने बैंकको वितरणयोग्य नाफा २ करोड ९८ लाख धनात्मक रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार सिभिलले ६९ अर्ब ४० करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ९२ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

सिभिल बैंकले असोज मसान्तसम्ममा ४९ करोड ७६ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी र १३ करोड ८२ लाख ३१ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । बैंकको खुद ब्याज आम्दानी १७.४६ र सञ्चालन नाफा ३८.८२ प्रतिशतले घटेको हो ।

चुक्ता पूँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ रहेको सिभिलको वार्षिक प्रतिशेयर आम्दानी ४.८३ रुपैयाँमा खुम्चिएको छ । गत आवको यसै अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ७.९६ रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंकको जगेडा कोषको आकार ३.७० प्रतिशत बढेर १ अर्ब ६६ करोड १४ लाख ४९ हजार रुपैयाँ पुगेको छ भने शेयरधनी कोष १.२२ प्रतिशत घटेर ६९ करोड २१ लाख ७२ हजारमा सीमित बनेको छ ।

बैंकको खराब कर्जा अनुपात १.५० प्रतिशतमा सुधारिँदा कोषको लागत ७.०६, आधार ब्याजदर ८.८८, पूँजीकोष अनुपात १४.७२, कर्जा निक्षेप अनुपात ६९.२९ र स्प्रेडदर ४.२६ प्रतिशत रहेको छ ।

यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १२९.४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३३.९४ गुणा छ ।

Particulars Civil Bank  ( Rs in ‘000)  
Q1,  2077/2078 Q1, 2076/2077 Change
Paid-up Capital 8003390.00 8003390.00 0.00%
Retained Earnings 692172.00 700713.00 -1.22%
Reserves 1661449.00 1602215.00 3.70%
Profit/(Loss) for the Year 96678.00 158950.00 -39.18%
EPS (Rs.) 4.83 7.96 -39.32%
Net worth per share (Rs.) 129.41 128.77 0.50%
Deposit from Customers 69401870.00 57512407.00 20.67%
Loans & Advances to Customers 56927815.00 52224367.00 9.01%
Net Interest Income 497675.00 602938.00 -17.46%
Net Fee and Commission Income 80525.00 54760.00 47.05%
Impairment Charge/(Reversal) 136711.00 93424.00 46.33%
Operating Profit 138231.00 225954.00 -38.82%
Distributable Profit/(Loss) after P/L appropriation and Regulatory Adjustments -129907.00 29842.00 -535.32%
Capital Adequacy Ratio (CAR) (%) 14.72 17.18 -14.32%
Non-Performing Loan (NPL) 1.50 2.93 -48.81%
CCD (as per NRB Directive) 69.28 77.09 -10.13%
Cost of Fund (%) 7.06 8.22 -14.11%
Base Rate (%) 8.88 11.11 -20.07%
Qtr End PE Ratio (Rs.) 33.94 18.00 88.56%
Interest Rate Spread (%) 4.26 4.64 -8.19%

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।