बैंक वित्तीय संस्थाको निक्षेप ५ र निजी क्षेत्रको कर्जा ४ प्रतिशतले बढ्यो


चालु आर्थिक वर्षको असोजसम्ममा बैंक तथा वित्तीय संस्थामा निक्षेप ५ प्रतिशतले बढेको छ भने निजी क्षेत्र तर्फको कर्जा ४ प्रतिशतले वढेको छ ।

चालु आवको असोजसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ४.९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निक्षेप ३ प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७७ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २०.९ प्रतिशतले बढेको छ ।

२०७७ असोजमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ९.१ प्रतिशत, ३२.८ प्रतिशत र ४९.४ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यस्तो अंश क्रमशः ८.२ प्रतिशत, ३३ प्रतिशत र ४७.८ प्रतिशत रहेको थियो ।

२०७७ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४३.२ प्रतिशत रहेको छ । २०७६ असोज मसान्तमा यस्तो निक्षेपको अंश ४४.८ प्रतिशत रहेको थियो ।

चालु आवको असोजसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ४.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ११.७ प्रतिशतले बढेको छ ।

चालु आवको तेस्रो त्रैमासमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४ प्रतिशतलेर विकास बैंकहरुको कर्जा प्रवाह ५.२ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको ०.५ प्रतिशतले घटेको छ । २०७७ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६५.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.४ प्रतिशत र १३.७ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ६ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.१ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशतले बढेको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ३.९ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ३.७ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ९.६ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.६ प्रतिशतलेर मार्जिन प्रकृति कर्जा १७.८ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ६.६ प्रतिशतले र हायर पर्चेज कर्जा २.७ प्रतिशतले घटेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।