प्रभु लाइफको आईपीओ भर्नु अघि जान्नुहोस् कम्पनीको विस्तृत विवरण

0
Shares

प्रभु लाइफ इन्स्योरेन्सले सोमबारदेखि सर्वसाधारणमा ६० करोड रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरका ६० लाख कित्ता प्राथमिक शेयर (आईपीओ)  जारी गरेको छ ।  

कम्पनीले निष्काशन गरेको ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको छ ।

कम्पनीले जारी गरेको आईपीओमा इच्छुक लगानीकर्ताले पुस २ गते भित्र आवेदन दिइसक्नुपर्ने व्यवस्था छ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयहरु तथा मेरो शेयरको मोबाइल एप र वेवसाइटबाट अनलाइन आवेदन गर्न सक्नेछन् ।

आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

जारीपूँजी २ अर्ब रहेको कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत बराबरको शेयर सर्वसाधारणमा जारी गरेका हो। हाल संस्थापक तर्फको १ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि २ अर्ब रुपैयाँ चुक्तापूँजी पुग्नेछ भने संस्थापक र सर्वसाधारण शेयर अनुपात ७०ः३० प्रतिशत हुनेछ। 

इक्रा एनपीआईआर डबल बीप्लस को रेटिङ

प्रभु लाइफले जारी गरेको आईपीओको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग सम्पन्न भएको छ ।  इक्रा नेपालले प्रभु लाइफको आईपीओलाई ‘इक्रा एनपी आईआर डबल बीप्लस’ रेटिङ्ग दिएको छ। इक्रा एनपी आईआर डबल बीप्लस रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको जनाउँछ ।

कति कित्तागर्ने आवेदन?

प्रभु लाइफ इन्स्योरेन्सले सामुहिक लगानी कोष र कर्मचारीहरुलाई छुट्टाएर सर्वसाधारणका लागि ५४ लाख कित्ता शेयर निष्काशन गरेको छ ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार प्रत्येक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने हुन्छ । यसअनुसार कम्पनीको आईपीओमा आवेदन गरेका मध्ये ५ लाख ४० हजार जना आवेदकले गोलाप्रथाबाट १०कित्ताका दरले शेयर पाउनेछन् ।

अन्य थप आवेदकको हातभने यस आईपीओमा पनि खाली हुनेछ । पछिल्ला आईपीओहरुमा ९ लाखहाराहारीको संख्यामाआईपीओको मागहुने गरेको छ । यसअनुसार यस कम्पनीमा पनि करिब ५० प्रतिशत आवेदकको हातखाली हुने निश्चित जस्तै देखिन्छ।

उच्च आवेदनका कारण आधामात्र आवेकदले शेयर पाउने देखिएको छ । अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिनपाउने व्यवस्था भए पनि प्रभु लाइफको आईपीओमा पनि अन्य निष्काशनहरुमा जस्तै न्यूनतम १० कित्ताको लागि १ हजार रुपैयाँमात्रै आवेदनदिनु नै पर्याप्त हुनेछ ।

आईपीओबाट संकलित रकम कहाँ कति हुन्छ लगानी?

कम्पनीले आईपीओ जारी गर्न प्रकाशन गरेको आह्वान पत्रअनुसार कम्पनीले कूल ६० लाख कित्ताबाट १०० रुपैयाँका दरले ६० करोड रुपैयाँ संकलन गर्नेछ । जसमध्ये ५० करोड रुपैयाँ वाणिज्य बैंक, नेपाल पुर्वाधार बैंक, विकास बैंकको तथा वित्तीय कम्पनीको मुद्धती निक्षेपमा लगानी गर्नेछ ।
यसैगरी ५ करोड रुपैयाँ डिवेन्चरमा र अर्को ५ करोड शेयरमा लगानीगर्ने योजना उल्लेख गरेको छ ।

कम्पनी

प्रभु लाइफ इन्स्योरेन्स नयाँ जीबन बीमा कम्पनीको रुपमा २०७४ मंसिर २८ गतेदेखि सञ्चालनमा आएको हो । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २८, कमलादीमा रहेको छ।

कम्पनीले देशभरका शाखा र उपशाखा समेत गरी ९० वटा स्थानबाट कारोबार गर्दै आएको छ । प्रभु लाइफले आफ्ना बीमितहरुलाई ३० देखि ७० रुपैयाँ प्रतिहजारसम्म बोनस दिँदै आएको छ ।

कम्पनीले बालबीमा, आजीवन जीवन बीमा, सावधिक जीवन बीमा र वार्षिक वृत्ति जीवन बीमा समेत गरी ४ वटाबीमा योजना ल्याएको छ । पुरक करार अन्तर्गत घातक रोग, दुर्घटना मृत्युबीमा, बीमाशुल्क छुट सुविधा र मासिकआय सुविधा जस्ता योजनासञ्चालनगरिरहेको छ ।

वित्तीयअवस्था र प्रक्षेपण

प्रभु ग्रुप मुख्य प्रवद्र्धक तथा लगानीकर्ता रहेको जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ९ लाख रुपैयाँ खुदनाफा आर्जन गरेको छ। असोज सम्म प्रभु लाइफले २ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

गत आर्थिक वर्ष २०७६।७७ को आषाढ मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ५ करोड ३५ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी ३.८३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११२.९४ रुपैयाँ कायम गरेको छ ।

यसअघिकम्पनीले २०७५/७६ मा ८ करोड १६ लाख७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी५.८३ र प्रतिशेयर नेटवर्थ १०९.५६ रुपैयाँ कायम गरेको थियो।

कम्पनीले आव २०७७।७८ मा कम्पनीले १३ करोड ५१ लाख रुपैयाँ खुदनाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी ६.७६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११५.८२ रुपैयाँ कायम गर्ने प्रक्षेपण गरेको छ । यस्तै आव २०७८।७९ मा २० करोड ८२ लाख खुदनाफा आर्जन गरेर वार्षिक इपिएस १०.४१ र प्रतिशेयर नेटवर्थ १२६.२३ प्रतिशत कायम हुने आंकलन गरेको कम्पनीले २०७९।८० मा पुग्दाभने आफ्नो खुदनाफा २६ करोड २८ लाख पुर्याउँदै वार्षिक इपिएस १३.१४ र प्रतिशेयर नेटवर्थ १३९.३७ रुपैयाँ कायम गर्ने लक्ष्य राखेको छ ।

कम्पनीले गतआव २०७६।७७ मा १६ करोड ५० लाख सञ्चित आय गरेकोमा चालु आवको अन्त्यसम्ममा २८ करोड ६६ लाख, आव २०७८।७९ मा ४७ करोड ४१लाख र २०७९/८०मा ७१ करोड ६ लाख सञ्चित आय पुर्याउने लक्ष्य राखेको छ ।

इन्स्योरेन्सले आगामी तीनवर्षसम्म चुक्तापुँजी वृद्धिगर्ने लक्ष्य वित्तीय विवरणमा प्रस्तुत गरेको छैन । यसअनुसार कम्पनीको आईपीओ भर्ने लगानीकर्ताले आव २०८०।८१ देखिमात्रबोनस लाभांशपाउने सम्भावना देखिन्छ । यद्यपी कम्पनीले गर्ने प्रगति र व्यवस्थापकीय निर्णयबाट हालनिर्धारण गरिएको योजनामा फेरबदल भने आउनसक्छ ।

सञ्चालक तथा व्यवस्थापक

कम्पनीको ६ सदस्यीय सञ्चालक समितिको अध्यक्षमा डा.आत्माराम घिमिरे रहेका छन् । त्यस्तै अन्य सञ्चालकहरुमा मनिराम पोखरेल (प्रभु बैंक), अपूर्व प्रसाद जोशी(सांग्रिला डेभलपमेन्ट बैंक), सुभाष अमात्य (सनराइज होल्डिङ्ग), नरेश बहादुर मल्ल र रामेश्वर सापकोटा छन्।

संस्थाका अध्यक्ष घिमिरे र सञ्चालक सुभाष अमात्यको कम्पनीमा समान १/१ लाखकित्ता, सञ्चालकहरु पोखरेल, सापकोटा र मल्लको १०।१० हजार कित्ता शेयर स्वामित्व छ । 

इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा प्रवक्ताबाट सेवा निवृत्त भएका नारायण प्रसाद पौडेल रहेका छन् । राष्ट्र बैंकमा ३० वर्षको अनुभव सहित बाहिरिएका पौडेल २०७६ साउन १ देखि कम्पनीका सीईओ बनेका हुन् ।

त्यस्तै किशोर प्रसाद लामिछाने (नायब प्रमुखकार्यकारी अधिकृत), प्रमुख सञ्चालन अधिकृत तथा मानव संसाधन नशेश सिंह देउजा, प्रयाश श्रेष्ठ (प्रमुख बजार अधिकृत), प्रभात सिवाकोटी(प्रमुख एजेन्सी तथा पुनर्बीमा), लेखनाथ गौतम (प्रमुख वित्त अधिकृत), योगेन्द्र खतिवडा(प्रमुख तालिम तथा विकास) र रुजी श्रेष्ठ (प्रमुख अण्डर राइटिङ्ग) र राजु घिमिरे (प्रमुख सूचना प्रविधि) मा कार्यरत रहेका छन्।प्रभु  लाइफमा हालकूल २५८ जना कर्मचारी रहेका छन् ।

कसको कति छ लगानी?

प्रभु ग्रुप मुख्य प्रवद्र्धक तथा लगानीकर्ता रहेको जीवन बीमा कम्पनीमाप्र भु बैंकको २० लाख कित्ता र प्रभु ग्रुपको १० लाख कित्ता, प्रभु म्यानेजमेन्टको ७ लाख कित्ता, प्रभु क्यापिटलको ५ लाख कित्ता तथा प्रभु बैंकको अध्यक्ष देवीप्रकाश भट्टचनको ३ लाख ४९ हजार ५००कित्ता शेयर स्वामित्व रहेको छ ।

यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकको १७ लाख ७७ हजार कित्ता, नेपाल इन्भेष्टमेन्ट प्रालिको १४ लाख कित्ता,आयात निर्यातमा संलग्न विराट कुमार श्रेष्ठको ३ लाख ५० हजार कित्ता, जलविद्युत व्यवसायी शुशिल थापा र सनराइज होल्डिङ्गको ३/३ लाख कित्ता शेयर लगानी सहित प्रमुख लगानीकर्ताको रुपमा रहेका छन् ।

कम्पनीमा विरेन्द्र नारायण श्रेष्ठ, शिवकुमार श्रेष्ठ, गोकुल भण्डारी, आई क्यापिटल, ए.बि होल्डिङ्ग प्रालिको २/२ लाख तथा महेन्द्र कुमार गोयल र स्वरुप गुरुङ्ग कोनेको १ लाख ५० हजार कित्ता शेयर लगानी रहेको छ ।

कम्पनीको विस्तृत विवरणपत्र हेर्न तलको लिङ्कमाजानुहोस्