अर्थतन्त्र र वित्तीय क्षेत्र फरक–फरक गतिमा देखिँदा जोखिम बढ्यो : आरबीआई

0
Shares

भारतीय रिजर्भ बैंक(आरबीआई)का गभर्नर शक्तीकान्त दासले वित्तीय बजार र अर्थतन्त्र अलग–अलग गतिमा चलेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समयमा देखिएको फरक गतिले वित्तीय क्षेत्रलाई असर पुर्याउने उनको भनाई छ ।

गभर्नर दासले वित्तीय स्थायीत्व प्रतिवेदन अनुसार अर्थतन्त्र र वित्तीय क्षेत्रको चाल एउटै नभएको बताएका हुन् ।

“पछिल्लो केही समयदेखि वित्तीय बजारका केहि निश्चित क्षेत्र र असल अर्थतन्त्रको चाल अलग–अलग देखिएको छ,” रिपोर्टमा उनले भनेका छन्,“यो समस्या भारतको मात्र नभई अन्य देशहरुमा पनि देखिएको छ, वित्तीय सम्पत्तिको अधिक मूल्याङ्कनले वित्तीय स्थिरतामा जोखिम सृजना गर्ने भएकाले यस्तो जोखिमको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाले ध्यान दिनुपर्ने देखिन्छ । ”

आरबीआईले सचेत गराएको यो पहिलो पटक होईन । गत वर्षमा पनि आरबीआईले शेयर बजारमा आएको उच्च सुधारका सन्दर्भमा पनि अर्थतन्त्र र शेयर बजारको चाल विपरित रहेको भन्दै सजग गराएको थियो । अहिलेको अवस्थामा आरबीआई तथा अन्य नियमन निकायको हस्तक्षेपका कारण वित्तीय बजारमा स्थिरता ल्याउनका लागि मद्दत पुगेको प्रतिवेदनमा उल्लेख छ । तर, अर्थतन्त्र र अर्थतन्त्रको मध्यस्तकर्ताको गति फरक लयमा जानु भनेको जोखिम बढ्नु हो ।

आरबीआईका अनुसार अनिश्चित अवस्थामा अर्थतन्त्र र वित्तीय बजारको गति अलग–अलग हुँदा त्यसको असर बैंकिङ क्षेत्रमा देखिन सक्छ । यसको कारण भनेको बैंकहरुको बासलात कर्पोरेट तथा हाउसहोल्ड क्षेत्रमा आएको उतारचढाबले प्रभावित गर्ने आरबीआईले जनाएको छ ।

विश्वभरी नै तरलता बढेका कारण लगानीकर्ताले धेरै प्रतिफल कमाउने प्रयास गरिहेको अवस्था छ । यसले फाइनान्सीयल मार्केट र रियल सेक्टरको गतिविधिमा अन्तर बढ्दै गएको छ । यस्तो अवस्थालाई नियन्त्रण गर्न तथा अर्थतन्त्रलाइ चलायमान बनाइराख्न केन्द्रीय बैंकले कोरोनाको समस्या देखिए लगत्तै धेरै कदमहरु चालेको पनि थियो ।

(इकोनोमिक्स टाइम्स अफ इण्डियाबाट अनुवादित)

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।