पुस महिनामा मात्रै १ खर्ब ४३ अर्ब कर्जा प्रवाह, ६ महिनामा ३ खर्ब ३३ अर्ब

0
Shares

कोभिडका कारण थला परेको मुलकको अर्थतन्त्र क्रमश चलायमान हुन थालेपछि बैंकहरुमा कर्जा माग आउन थालेको छ । गत पुस महिनमा मात्र बैंकहरुले एक खर्ब ४३ अर्ब कर्जा प्रवाह गरेका छन् ।

यो पछिल्लो ६ महिनमा प्रवाह भएको कुल कर्जाको झण्डै ४३ प्रतिशत हो । चालु आव सुरु भएयता बैंकहरुले ३ खर्ब ३३ अर्ब कर्जा परिचालन गरेका छन् । यसमा माघ महिनाको दुई दिनको तथ्यांक समेत समावेश गरिएको छ । 

चालु आर्थिक वर्षको पुस महिनामा मात्रै वाणिज्य बैंकहरुमा ८८ अर्ब निक्षेप थपिएको छ भने यसअवधिमा बैंकहरुले १४३ अर्ब कर्जा प्रवाह गरेका छन् । तर माघको पहिलो सातामा भने बैंकहरुबाट कर्जा तथा निक्षेप दुवै घटेको छ । माघ १ र २ गते दुई दिनमा बैंकहरुबाट ३ अर्ब कर्जा निक्षेप घटेको छ भने यसअवधिमा ८ अर्ब कर्जा घटेको छ ।

पुस मसान्तमा बैंकहरुले ब्याज भुक्तानीका लागि नयाँ ऋण सृजना गरेकाले ऋण ह्वात्तै बढ्न गएको हो । पुस बैंकहरुका लागि त्रैमासिक साँवाब्याज उठाउने समय हो । बैंकहरुले ऋणीहरुलाई थप कर्जा दिएर त्यही पैसाबाट ब्याज भुक्तानी गर्ने भएकाले पनि पुस महिनमा कर्जा विस्तारमा उच्च बढोत्तरी देखिएको हो ।

मंसिर महिना यता बैंकहरुमा कर्जाको माग ह्वात्तै बढेको छ भने बैंकहरुले समेत कर्जा विस्तारलाई जोड दिएका छन । नेपाल बैंकर्स संघका अनुसार पुस २९ गतेसम्म वाणिज्य बैंकहरुले ३७ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यसअवधिमा बैंकहरुले ३२ खर्ब ४४ अर्ब कर्जा विस्तार गरेका छन् । माघ २ गतेसम्म भने बैंकहरुमा ३७ खर्ब ७९ अर्ब निक्षेप रहेकोमा यसअवधिमा ३२ खर्ब ३६ अर्ब कर्जा परिचालन भएको छ ।

चालु आर्थिक वर्ष सुरु भएयता वाणिज्य बैंकहरुमा २ खर्ब ९२ अर्ब निक्षेप थपिएको छ भने यस अवधिमा बैंकहरुले ३ खर्ब ३३ अर्ब कर्जा प्रवाह गरेका छन । गत असारको अन्तसम्म बैंकहरुमा ३४ खर्ब ८७ अर्ब निक्षेप रहेको थियो । सो अवधिसम्म बैंकहरुले २९ खर्ब ३ अर्ब कर्जा प्रवाह गरेका थिए ।

यतिबेला बैंक तथा वित्तीय संस्थामा प्रशस्त तरलता रहेको र ब्याजदर समेत सस्तो भएपछि नयाँ व्यवसाय गर्नेहरुले लगानीका लागि उपयुक्त अवसरको रुपमा लिएकाले पनि बैंकहरुमा कर्जाको माग बढेको देखिन्छ।

          Deposit and Lending of Commercial Banks (in Billions)
Month Date Deposit Lending
LCY FCY Total LCY FCY Total
Ashad 2077 31/03/2077 3362 125 3487 2806 97 2903
Shrawan 2077 09/04/2077 3344 118 3462 2772 95 2867
16/04/2077 3371 115 3487 2590 93 2866
23/04/2077 3360 113 3476 2779 92 2871
30/04/2077 3367 112 3479 2787 91 2878
Bhadra 2077 05/05/2077 3368 112 3480 2794 92 2886
12/05/2077 3377 109 3485 2801 91 2892
19/05/2077 3383 108 3491 2807 90 2897
26/05/2077 3388 107 3495 2815 90 2904
Ashwin 2077 02/06/2077 3403 113 3516 2824 89 2913
09/06/2077 3417 115 3532 2837 92 2929
16/06/2077 3450 109 3559 2855 92 2946
23/06/2077 3470 110 3579 2872 94 2964
30/06/2077 3543 111 3654 2941 93 3035
Kartik 2077 06/07/2077 3505 110 3615 2929 94 3023
14/07/2077 3522 111 3633 2926 95 3020
21/07/2077 3529 110 3638 2934 97 3031
28/07/2077 3538 111 3648 2955 97 3052
Mangsir 2077 05/08/2077 3544 112 3656 2953 97 3050
12/08/2077 3559 115 3675 2968 98 3066
19/08/2077 3570 116 3685 2983 101 3084
26/08/2077 3586 108 3694 3000 101 3101
Poush 2077 03/09/2077 3610 107 3717 3021 101 3123
10/09/2077 3617 112 3729 3035 104 3140
17/09/2077 3647 109 3756 3055 107 3161
24/09/2077 3651 110 3761 3075 110 3185
29/09/2077 3678 104 3782 3052 107 3244
Magh 2077 02/10/2077 3675 103 3779 3129 107 3236

 

साथै राष्ट्र बैंकले कोभिड प्रभावितका लागि ल्याएका सहुलियत कार्यक्रमहरुले पनि बैंकहरुको कर्जा बढेको हो । केहिदिन अघि मात्र अर्थमन्त्रालयले सहुलियतको कर्जा पहुँच विस्तार गर्न सरोकारवालाहरुलाई निर्देशन समेत दिएको थियो ।

पछिल्लो समय अर्थतन्त्र चलायमान बन्दै गएको छ । जनजिवन तथा व्यापार व्यवसाय पहिलेकै अवस्थामा फर्कर्ने चरणमा रहेकाले आर्थिक गतिविधि समेत बढेपछि बैंकहरुले कर्जा विस्तार गर्न थालेका छन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।