‘टि प्लस टु’ कार्यान्वयनका लागि लगानीकर्तालाई गम्भिर हुन ब्रोकरहरुको आग्रह


स्टक ब्रोकर एसोसिएशन अफ नेपालले शेयर कारोबार राफसाफको चक्र टि प्लस टुमा सक्नका लागि लगानीकर्तालाई गम्भिर हुन अनुरोध गरेको छ । सीडीएस एण्ड क्लियरीङले आइतबारदेखिको कारोबार राफसाफ टि प्लस टुमा गर्ने भनेपछि त्यसको प्रभावकारी कार्यान्वयनका लागि एसोसिएशनले आफ्ना ग्राहकलाई जिम्मेबार भइदिन अनुरोध गरेको हो ।

सिडियस एण्ड क्लियरिङ्गंले माघ ११ गतेको कारोबारबाट लागु हुने गरी राफसाफ चक्र टि प्लस थ्रि लाई घटाएर टि प्लस टु कायम गरेको छ । हाल दोस्रो बजारमा उपलब्ध कारोबार तथा राफसाफसंग सम्बन्धित पूर्वाधारहरु पूर्ण र स्वचालित भई नसकेको अवस्थामा कारोबार गर्दा टि प्लस थ्रि राफसाफ चक्रमा नै धितोपत्र दलाल व्यवसायीले ठूलो आर्थिक जोखिम मोलिरहेको अवस्था एसोसिएसशनले जनाएको छ ।

टि प्लस टु राफसाफ चक्रमा जादा यस्तो जोखिम गुणात्मक रुपमा वृद्धि हुने पक्का छ । तरपनि बजारको विकास र विस्तारका गर्न यस्तो जोखिम लिएर भएपनि बजारको स्वच्छ संचालनको लागि व्यवसायी तयार रहेको जनाएको छ । तर, व्यवसायीहरु जोखिम व्यवस्थापनको लागी आवश्यक पर्ने ठुलो आकारको राफसाफ प्रत्याभूति कोषको स्थापना, अक्सन मार्केट तथा सेक्यूरिटिज लेन्डिङ्ग एण्ड बरोइङ मार्केटको संचालन, पावर अफ एर्टनि, अटो इडिआइएसको व्यवस्था सम्बन्धित निकायलाइ अनुरोध समेत एसोसिएशनले गरेको छ ।

टि प्लस टु राफसाफ चक्रको सफल कार्यान्वयनका लागी राफसाफसंग सम्बन्धित सबै पक्षहरुले अआफ्नो जिम्मेवारी समयमै निर्वाहा गनुपर्ने अत्यन्त जरुरी हुन्छ । राफसाफ प्रक्रियाको सुरुवात नै लगानीकर्ताहरुबाट हुने हुदा टि प्लस राफसाफ चक्रको सफल कार्यान्वयनका लागी लगानीकर्ताहरु अझ बढि जिम्मेवार भईदिन र निम्न उल्लेखित आफ्नो दायित्व समयमानै पुरा गरिदिन एसोसिएशनले अनुरोध गरेको छ ।

धितोपत्रको बिक्रिगरिसकेपछि लगानी कर्ताहरुले आफुले बिक्रि गरेको धितोपत्रको भारित औसत लागत गणना गर्ने र विक्रि गरेको धितोपत्र कारोवार भएको दिन बाहेक थप एक कार्यदिन टि प्लस वानको कार्यालय समय भित्र डीआइएस प्रयोग गर्ने भए सम्वन्धित निक्षेप सदस्यलाई भौतिक डीआइएस हस्तात्रण गरी सम्बन्धित दलाल व्यवसायीलाई भारित औसत लागत घोषणा फारम भरी बुझाउने वा मेरो शेयरको प्रयोग गरी इडीआइएस मार्फत सम्बधित दलाल व्यवसायीको पुल खातामा धितोपत्र हस्तान्त्रण गर्नु गर्न एसोसिएशनको अनुरोध छ ।

कुनैकारणबस विक्रि गरेको धितोपत्र टि प्लस टुको १२ बजे भित्र दलाल व्यवसायीको पुल खातामा हस्तान्त्रण नभएमा धितोपत्रसंख्याको बिक्रि रकमको २० प्रतिशत रकम कोलोज आउटमा जाने र सो बराबरकोबिक्रि रकमको २० प्रतिशत रकम जरिवाना स्वरुप सम्बन्धित बिक्रि गर्ने लगानिकर्ताको खाताबाट कट्ट् िभई खरिद गर्ने लगानीकर्ताको खरिद हिसाबमा जम्मा हुने कानूनी व्यबस्था रहेको छ । बाँकी कारोबार राफसाफ पछि यथा सिघ्र विक्रि रकम लगानीकर्ताको खातामा जम्मा गर्ने दायित्व व्यवसायीको हुनेछ ।

त्यसै गरि धितोपत्रको खरिद कारोबार गर्ने लगानीकर्ताले आफुले खरिद गर्ने कुल अनुमानित रकमको धितोपत्र व्यवसायीले तोकेको प्रतिशतले हुन आउने रकम खरिद आदेश राख्नुपूर्ब नै विद्मुतिय माध्यमबाट अग्रिम रुपमा भुक्तानि गर्नु पर्ने छ । कारोवार भए पछि बाँकी रहेको रकम टि प्लस वान भित्रअनिवार्य रुपमा विद्मुतिय माध्यमबाट भुक्तानिगर्नु पर्ने छ । साथै समयमाखरिद रकम भुक्तानी नगरेमा खरीद गरेको धितोपत्र नेप्से तथा सिडियस एण्ड क्लियरिङ्गं लिमिटेडलाई जानकारी गराई विक्रि गरी व्यवसायीले आफ्नो रकम असुल उपर गर्न सक्ने तथा सो समय अवधी भित्र व्यवसायीले बहन गर्नु पर्ने थप लागत पनि सम्बन्धित लगानीकर्ता बाट असुल उपर गर्न सक्ने कानुनी व्यवस्था रहेको छ । खरिद कारोबार राफसाफ पश्चात खरिद रकमको भुक्तानी भएपछि यथा सिघ्र खरिद गरिएको धितोपत्र लगानीकर्ताको खातामा जम्मा गर्ने व्यवसायीको दायित्व रहेको एसोसिएशनले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।