कार्यक्रम शुरु भएको ५ वर्षमा पनि लक्षित वर्गको पहुँचमा पुगेन स्वास्थ्य बीमा

0
Shares

सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको देखिएको छ। २०७२ साल चैत्रदेखि पाइलट प्रोजेक्टका रुपमा शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको नदेखिएको हो । कार्यक्रम शुरु भएको ५ वर्ष हुन लाग्दा पनि लक्ष्य अनुसार आकर्षण नबढेको देखिएको हो ।

सबै नागरिकलाई सहज रूपमा स्वास्थ्य उपचार दिलाउने उद्देश्यका साथ सरकारले स्वास्थ्य बीमा कार्यक्रम ल्याएको थियो । उक्त कार्यक्रम लक्षित बर्गमा नपुगेको सरोकारवाला बताउँछन् । जनचेतनाको अभाव, दर्ता सहयोगीले गर्ने लापरबाहीका कारण स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको सरोकारवालाहरुको भनाई छ ।

बोर्डका कार्यकारी प्रमुख दामोदर बसौला समेत कार्यक्रम लक्षित वर्गमा पुग्न नसकेको स्वीकार गर्छन् र्। कार्यक्रम विस्तार भएको ५ वर्ष हुन लाग्दा पनि लक्षित वर्गको पहुँचमा स्वास्थ्य बीमा कार्यक्रम पुगेको छैन्, यसै वर्ष सबै जिल्लामा कार्यक्रम पु¥याउने लक्ष्य बोर्डको छ ।’ उनले भने । कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि बोर्डले विभिन्न कार्यक्रम गर्ने उनको भनाई छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण कार्यक्रम विस्तारमा समस्या पुगेको उनको भनाई छ ।

कार्यक्रम विस्तार भएको ५ वर्ष पुग्न लाग्दा जम्मा ३४ लाख नागरिक सहभागी भएका छन् भने सो कार्यक्रम ६५ जिल्लामा विस्तार भएको छ । सहभागी भएका नागरिकमध्ये सबैभन्दा बढी झापा जिल्लाका नागरिक रहेको बोर्डको तथ्याकं छ । झापा जिल्लाका ४ लाख १४ हजार २३८ जना यस कार्यक्रममा सहभागी भएका छन् ।

कुन जिल्लाका कति सहभागी ?

बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार हालसम्म ३४ लाख ९० हजार ४४५ जना स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् । सबैभन्दा बढी जिल्लाका ४ लाख १४ हजार २३८ जना यस कार्यक्रममा सहभागी भएका छन् । त्यस्तै, चितवन, सुनसरी, मोरङ, कैलाली र कास्की जिल्लाका नागरिकको सहभागी बढी छ ।

चितवनका २ लाख ८७ हजार ३७५, सुनसरीका दुई लाख ७४ हजार २२१, मोरङका एक लाख ९५ हजार ४८, कैलालीका एक लाख ६६ हजार ३०९ र कास्की जिल्लाका एक लाख ५८ हजार ३३९ जना नागरिक सहभागी भएका हुन् ।

त्यस्तै सबैभन्दा थोरै मुगु जिल्लाका तीन हजार १४९ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् ।

महिलाको सहभागिता उच्च

प्रदेश अनुसार कार्यक्रममा सहभागी हुनेहरुमा पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको बोर्डको तथ्यांक छ । बोर्डका अनुसार प्रदेश २ बाहेक अरु सबै प्रदेशमा पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको देखिएको छ । प्रदेश १ मा ५ लाख ७२ हजार ३० जना महिला र ५ लाख २८ हजार ३५९ जना पुरुष गरी कुल ११ लाख ३८९ जना सहभागी भएका छन् ।

त्यस्तै, बाग्मती, लुम्बिनी, कर्णाली, गण्डकी र सुदुर पश्चिम प्रदेशमा पुरुषको तुलनामा महिला कै सहभागीता उच्च रहेको छ । भने प्रदेश २ मा चाँही स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएको महिलाको संख्याको तुलनामा पुरुषको संख्या बढी रहेको बोर्डको तथ्यांक छ ।

स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार पाँच सय र पाँच जनाभन्दा बढी सदस्य भएका परिवारले प्रति सदस्य थप सात सय रुपैयाँ तिर्नुपर्छ ।

बीमा गराएपछि पाँच जनासम्मको परिवारले वार्षिक एक लाख र सोभन्दा बढी सदस्य भएका परिवारले दुई लाखसम्मको स्वास्थ्य सेवा पाउने व्यवस्था रहेको छ ।
बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था समेत रहेको छ ।

सरकारले अति विपन्न नागरिकलाई शत प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा शुल्क बापतको रकम तिरिदिने व्यवस्था रहेको छ । साथै, महिला स्वास्थ्य स्वयमसेविकाको हकमा ५० प्रतिशत रकम सरकारले नै बेहोर्ने व्यवस्था समेत छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।