राष्ट्र बैंकले लिएका नीतिले अर्थतन्त्र अनुकुल काम गरिहरेका छन् : गभर्नर अधिकारी

0
Shares

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत लिएको नीतिगत दरहरुले अर्थतन्त्र अनुरुप काम गरिरहको दाबी गरेको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दैै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंकले लिएको नीतिले प्रभावकारी रुपमा काम गरिरहेको हुनाले अहिलेको त्रैमासमा परिवर्तनको आवश्यक नरहेको दाबी गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाहरुले कल निक्षेप बाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत विन्दु भन्दा बढीले फरक गर्न नपाइने व्यवस्था गर्यो ।

केन्द्रीय बैंकले सोही अनुसार नीतिपनि अबलम्बन गर्यो । तर, बैंकहरुले बचतको व्याज घटाउनका लागि मुद्दती निक्षेपको ब्याजदर पनि घटाएर बचतको ब्याजदर घटाए ।

केन्द्रीय बैंकले बचतकर्तालाई मूल्य वृद्धि अनुसारको बचतमा प्रतिफल दिने नीति अबलम्बन गरेको कुराले काम गरेको देखिँदैन । अहिलेको अवस्थामा मूल्य वृद्धि करिब ४ प्रतिशत रहेको छ । तर, बैंकहरुले दिने बचतको ब्याजदर २ प्रतिशतको हाराहारीमा रहेको छ ।

त्यसैगरी बैंकहरुले उत्पादनमुलक भन्दा पनि अनुत्पादक मूल्य क्षेत्रमा लगानी गरीरहेको अवस्था छ । बैंकिङ प्रणालीको सस्तो ब्याजदर र लगानीका क्षेत्र सीमित हुँदा इजी मनीको कन्सेप्टमा लगानीकर्ता गएको देखिन्छ । यस सन्दर्भमा पनि केन्द्रीय बैंकले खासै ध्यान नदिएको देखिन्छ ।

पछिल्लो समयमा शेयर, घरजग्गा जस्ता अनुत्पादक क्षेत्रमा बैंक वित्तीय संस्थाको लगानी उच्च दरमा बढेको छ । त्यतिमात्र नभई कर्जा शिर्षक अनुसारको लगानी पनि नभएको अवस्था रहेको छ । नेपाल राष्ट्र बैंक माइक्रो म्यानेजमेन्टमा लागेको आरोप निजी क्षेत्रले लगाइरहेको छ ।

त्यसैगरी गर्भनर अधिकारीले अर्थतन्त्रको माग अनुसार कर्जा प्रवाहका लागि बैंकहरुमा भएको तरलताको अवस्था अधिक नभएको बताउँदै आएका छन् । तर, वित्तीय प्रणाीमा भएको अधिक तरलताले ब्याजदरमा परेको असर, अनुत्पादनक मुलक क्षेत्रमा बढेको लगानी र बैंकहरुले कर्जा प्रवाह गर्ने भन्दा पनि ब्याजदर न्यून भएका कारण निक्षेप पैसा बाहिर ल्याउने क्रम बढेको विषयलाई ध्यान नदिएको देखिन्छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत पनि बचत र मुद्दती बीच तय गरिएको अन्तरमा बैंकहरुले खेलेको अवस्था, नगद सञ्चिती अनुपात र वैधानिक तरलता अनुपात जस्ता नीतिगत दरहरुलाई चलाउने आँट गरेको देखिएन । यसले गर्दा चालु आर्थिक वर्षको तेस्रो त्रैमास पनि अनुत्पादक क्षेत्रमा लगानी बढ्ने तथा ब्याजर अझै अस्थिर हुने र पूँजी पलायन हुन सक्ने सम्मका जोखिम बढेको स्पष्ट छ ।

गर्भनर अधिकारीले भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पनि अहिलेका नीतिगत दरहरुमा कुनै परिवर्तन नहुने स्पष्ट बताएका छन् । बैंकहरुले राष्ट्र बैंकका नीतिमा काउन्टर दिएको अवस्थामा समेत आफ्नो नीतिले काम गरिरहेको दाबी गभर्नर अधिकारीले गरको छन् ।

“अहिले कायम गरिएका नीतिगत दर तथा नेपाल राष्ट्र बैंकले लिएका नीतिहरु आवश्यक ठानिएको अवस्थामा चौथो त्रैमासमा परिवर्तन गरिनेछ,” गभर्नर अधिकारीले भने,“अहिले बैंक, उद्यमी तथा ऋणीलाई सहज होस भनेर नै नीतिगत दरहरुलाई निरन्तरता दिइएको हो ।”

बैंक वित्तीय संस्थालाई शेयरमा लगानी गरेको सन्दर्भमा पनि गभर्नर अधिकारीले कानुनले दिएको अधिकार प्रयोग गरेर कमाएको अवस्थामा डाहा गर्न नहुने बताए । त्यसैगरी उनले कानुन विपरित लगानी गरेर आम्दानी गरेको हो भने कारबाही समेत गरिने बताए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।