शेयर खरीद गर्दा अझै लाभांश पाइने कम्पनी बारे जान्नुहोस्

0
Shares

शेयर बजारमा सूचीकृत भएर दोस्रो बजारमा कारोबार भैरहेका कम्पनीमध्ये सामुहिक लगानी कोषका इकाईहरु बाहेक हालसम्म कुल १०७ कम्पनीले लाभांश घोषणा गरेका छन् । ४७ कम्पनीले लाभांश वितरण नगर्ने घोषणा गरेका छन् । नियमित कारोबार भैरहेका ४८ कम्पनीहरुले लाभांश घोषणा गर्न बाँकी रहेको छ ।

जीवन बीमा कम्पनीहरुको अघिल्लो आव २०७५/७६ को लाभांश भर्खर आउन थालेको छ भने बाँकी कम्पनीहरुले गत आव २०७६/७७ बाट लाभांश प्रस्ताव गरेका हुन् । लाभांश घोषणा गरेका आधा बढी कम्पनीहरुले साधारण सभा सम्पन्न गरी कतिपयलेत लाभांश (बोनस र नगद ) समेत वितरण गरिसकेका छन् भने केहीको लाभांश प्रस्ताव गरेपनि बुकक्लोज र साधारण सभा सम्पन्न हुन बाँकी छ ।

शेयर बजारमा लगानी गर्ने लगानीकर्ताले कुनै पनि कम्पनीको शेयरमा त्यस कम्पनीबाट प्राप्त हुने प्रतिफल अर्थात लाभांश र कम्पनीले गर्ने प्रगतिबाट शेयरमूल्य बढ्न गई प्राप्त हुने पूँजीगत लाभका लागि धितोपत्रको दोस्रो बजारमा लगानी गर्ने गर्दछन् ।

त्यसैले राम्रो लाभांश वितरण गर्ने कम्पनीको शेयरमूल्य बढ्ने गर्दछ भने लगानीकर्ताको अपेक्षाभन्दा कम लाभांश वितरण गर्ने कम्पनीको शेयरमूल्य घट्ने गर्दछ । कुनैपनि कम्पनीले लगानीकर्ता अर्थात शेयरधनीलाई वितरण गर्ने लाभांशले सो कम्पनीको शेयरमूल्य कति पुग्छ भन्ने निर्धारण हुने भएकाले कम्पनीले वितरण गर्ने प्रतिफलले विशेष महत्व राख्दछ ।

  • लाभांश घोषणा गरेर बुकक्लोज हुन बाँकी कम्पनी, जसको शेयर किन्दा लाभांश पाइन्छ

शेयर बजारमा सूचीकृतमध्ये १३ लघुवित्त कम्पनी, ७ निर्जीवन बीमा कम्पनी, दुई विकास बैंक गरी कुल २२ कम्पनीको शेयर खरीद गर्ने लगानीकर्ताले सम्बन्धीत कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

यी कम्पनीहरुले लाभांश घोषणा गरेपनि साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरिनसकेकाले ती कम्पनीको शेयर किन्ने लेअझै लाभांश पाउँछन् ।

S.N. Company Stock Symbol Bonus Cash Total Bookclose AGM
1 Janautthan Samudayic Laghubitta JSLBB 49.40 2.60 52.00    
2 National Microfinance  NMFBS 21.00 6.00 27.00 Falgun 14, Friday Chaitra 5, Thusday
3 Mahuli Samudayik Laghubitta  MSLB 20.00 1.05 21.05    
4 Swabalamban Laghubitta SWBBL 19.00 1.00 20.00    
5 Deprosc Laghubitta DDBL 15.00 5.00 20.00    
6 Ganapati Microfinance GMFBS 15.00 0.79 15.79 Falgun 14, Friday Falgun 28, Friday
7 Swarojgar Laghubitta SLBBL 13.27 0.70 13.97 Falgun 15, Saturday Falgun 29,Saturday
8 Mirmire Laghubitta MMFDB 12.00 0.63 12.63    
9 Sabaiko Laghubitta SABSL 10.50 0.55 11.05    
10 Mahila Sahayatra Microfinance MSMBS 10.00 0.53 10.53    
11 Sarathi Nepal Laghubitta  SNLB 9.11 0.48 9.59    
12 Arambha Chautari Laghubitta ACLBSL 8.85 0.00 8.85    
13 Civil Laghubitta  CLBSL 3.50 0.18 3.68 Falgun 20, Thusday Chitra 5,Thusday
14 Shikhar Insurance SICL 27.77 1.46 29.23    
15 Premier Insurance PIC 0.00 11.05 11.05    
16 Prabhu Insurance PRIN 10.00 0.53 10.53    
17 Nepal Insurance  NICL 8.00 2.00 10.00    
18 Prudential Insurance PICL 8.00 0.42 8.42    
19 IME General Insurance IGI 7.00 0.37 7.37    
20 Himalayan General Insurance HGI 3.00 3.75 6.75    
21 Mahalaxmi Bikas Bank Ltd. MLBL 9.00 0.26 9.26    
22 Green Development Bank Ltd. GRDBL 3.80 0.20 4.00    

यसरी लाभांश प्रस्ताव गरेका कम्पनीमध्ये तीन लघुवित्त कम्पनीहरु स्वरोजगार, गणपति र र नेशनल माइक्रोफाइनान्सको लाभांश पाउन भने फागुन १३ गते बिहीबार (आज) नै शेयर खरीद गर्नुपर्ने हुन्छ । ती कम्पनीले शुक्रबार र शनिबार बुकक्लोज मिति तोकेकाले बिहीबारसम्म शेयर खरीद गर्ने लगानीकर्ताले मात्र लाभांश पाउँछन् । ती बाहेक बुकक्लोज मिति तोक्न बाँकी कम्पनीको शेयर बुकक्लोजको अघिल्लो दिनसम्म खरीद गर्दा लाभांश पाइन्छ ।

लाभांश घोषणा गर्न बाँकी ४८ कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेको खण्डमा ती कम्पनीको शेयर खरीद गर्ने लगानीकर्ताले पनि लाभांश पाउनेछन् । तर लाभांश घोषणा गर्न बाँकी सबै कम्पनीले लाभांश दिन्छन् नै भन्ने हुँदैन । त्यसकारण लाभांश वितरण गर्ने वा यसअअघि गर्दै आएका कम्पनीको शेयर खरीद गर्दा मात्र लाभांश पाउन सकिन्छ ।

लाभांश घोषणा गर्न बाँकी सबै कम्पनीको शेयर खरीद गर्दा ती कम्पनीहरुले लाभांश घोषणा गरेमा लगानीकर्ताले घोषित लाभांश पाउन सक्छन् । तर सूचीकृत कम्पनीहरुले लाभांश वितरण गर्नेपर्ने बाध्यात्मक व्यवस्था भने हुँदैन । कम्पनीको वित्तीय अवस्था हेरेर सञ्चालक समितिले लाभांश वितरण गर्ने वा नगर्ने घोषणा गर्न सक्छन् । सञ्चालक समितिले लाभांश वितरण नगरी आर्जित नाफा रकम जगेडा कोषमा समेत सञ्चित राख्नसक्ने भएकाले लाभांश वितरण गर्ने घोषणा भएको खण्डमा मात्र लगानीकर्ताले पाउँछन् ।

सञ्चालक समितिबाट प्रस्तावित लाभांश नियामक निकायले कम्पनीको अवस्था हेरेर स्वीकृति दिने कि नदिने भन्ने निर्णय गर्नसक्छन् । त्यसकारण कुनैपनि कम्पनीले घोषणा गरेको लाभांश पाइने सुनिश्चितता त्यतिबेला मात्र हुन्छ जब कम्पनी सञ्चालक समितिको लाभांश प्रस्तावलाई नियामक निकायबाट वितरण गर्न अनुमति प्राप्त हुन्छ ।

हालसम्म लाभांश घोषणा गरेर बुकक्लोज हुन बाँकी कम्पनीहरुमा १३ लघुवित्त कम्पनीहरु स्वरोजगार लघुवित्त, गणपति लघुवित्त, नेशनल माइक्रोफाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, महुली सामुदायिक लघुवित्त, स्वावलम्बन लघुवित्त, डिप्रोक्स लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स, सबैको लघुवित्त, महिला सहयात्रा, सारथी नेपाल लघुवित्त, आरम्भ चौतारी लघुवित्त र सिभिल लघुवित्त रहेका छन् ।

यसैगरी ७ निर्जीवन बीमा कम्पनीहरु शिखर इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स रहेका छन् । यस्तै महालक्ष्मी विकास बैंक र ग्रीन डेभलपमेन्ट बैंकले पनि लाभांश प्रस्ताव गरी बुकक्लोज गर्न बाँकी रहेकाले यी कम्पनीको शेयर खरीद गर्दा पनि लाभांश पाउन सकिन्छ ।

  • कुन-कुन कम्पनीको लाभांश घोषणा हुन बाँकी छ ?

नेप्सेमा सूचीकृत भएर नियमित कारोबारमा आइरहेका कम्पनीमध्ये ४८ कम्पनीको लाभांश घोषणा भएको छैन । यस्ता कम्पनीहरुमा १७ हाइड्रोपावर, १२ लघुवित्त, ११ निर्जीबन बीमा कम्पनी, ४ विकास बैंक, ४ जीवन बीमा कम्पनी गरी कुल ४८ कम्पनी रहेका छन् ।

हालसम्म सबै वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् ।

जलविद्युत कम्पनीतर्फ लाभांश घोषणा गर्ने/नगर्ने निधो हुन बाँकी १७ जलविद्युत कम्पनी रहेका छन् । जसमा धेरैजसो नयाँ कम्पनी रहेका छन् । नेपाल हाइड्रो डेभलोपर कम्पनी, हिमालयन उर्जा विकास कम्पनी, पाँचथर पावर, नेशनल हाइड्रोपावर, पन्चकन्या माई हाइड्रोपावर, अपर तामाकोशी हाइड्रोपावर, लिवर्टी इनर्जी हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, दिब्यश्वरी, खानीखोला हाइड्रोपावर, युनियन हाइड्रोपावर, युनिभर्सल हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावरको लाभांश घोषणा हुन बाँकी छ ।

लाभांश घोषणा हुन बाँकी १२ लघुवित्त कम्पनी छन् । लाभांश प्रस्ताव नगरेका कम्पनीहरुमा उन्नति माइक्रोफाइनान्स, सूर्योदय लघुवित्त, मिथिला लघुवित्त, ग्रामीण विकास लघुवित्त, नाडेप लघुवित्त, किसान माइक्रोफाइनान्स, समीट लघुवित्त, कालिका लघुवित्त, नेपाल एग्रो लघुवित्त, सपोर्ट लघुवित्त, नेपाल सेवा लघुवित्त र आँधीखोला लघुवित्त रहेका छन् ।

निर्जीबन बीमा कम्पनीतर्फ ११ कम्पनीको लाभांश प्रस्ताव हुन बाँकी छ । यी कम्पनीहरुमा सगरमाथा इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, युनाइटेड इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स कम्पनी रहेका छन् । अजोड जनरल र सानिमा जनरल नयाँ कम्पनीले भएकाले यी कम्पनीहरुले लाभांश वितरण गर्ने सम्भावना न्यून छ ।

फाइनान्सतर्फ हालसम्म ६ कम्पनीको लाभांश घोषणा भएको छैन । जानकी फाइनान्स, गोर्खाज फाइनान्स, मल्टिपपर्स फाइनान्स, रिलायन्स फाइनान्स, बेष्ट फाइनान्स र नेपाल फाइनान्सको लाभांश घोषणा हुने नहुने निर्धारण हुन बाँकी छ ।

लाभांश घोषणा हुन बाँकी विकास बैंकहरुमा एक्सेल डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सहारा विकास बैंक गरी ४ वटा छन् । जीवन बीमातर्फ गुराँस लाइफ, एशियन लाइफ रिलायन्स लाइफ र प्रभु लाइफ रहेका छन् । रिलायन्स र प्रभु नयाँ कम्पनी भएकाले यी कम्पनीको लाभांश पाउने सम्भावना कम छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १३ फागुन २०७७, बिहीबार  १३ : ०६ बजे