एक सातामा २७ अर्ब कर्जा प्रवाह, तरलता संकुचन तर्फ

0
Shares

कोरोना कारण प्रभावित भएको आर्थिक क्षेत्रले गति लिएसंगै बैंकहरुमा कर्जाको माग उच्च हुन थालेको छ । पछिल्लो समय बैंक वित्तीय संस्थामा बढेसँगै लगानीयोग्य रकमको अभाव हुने सक्ने जोखिम बढ्न थालेको छ ।

पछिल्लो समयमा सस्तो ब्याजदरका कारण पनि कर्जाको माग उच्च देखिन्छ । ब्याजदर सस्तो भएका कारण दिर्घकालिन योजनाका सञ्चालकहरु पनि यहि समयमा कर्जा माग गर्दै बैंक पुग्न थालेका छन् । पछिल्लो केही समयमा मात्र करिब ५० अर्ब रुपैयाँ बराबरको जलविद्युत परियोजनाका लागि गरिएको ऋण सम्झौताले पनि यसलाइ स्पष्ट पार्छ ।

आर्थिक गतिविधिमा सुधार आएसँगै आयातको वृद्धिले आन्तरिक आर्थिक क्रियाकलाप बढेको छ । कोरोनाका कारण आयात घट्ने र निर्यात बढ्ने अवस्थामा थियो । अति आवश्यक बस्तु भन्दा अन्य बस्तु आयत गर्ने अवस्था थिएन । त्यसले गर्दा पनि बैंकहरुमा कर्जाको माग व्यक्तिगत प्रकृतिमा सीमित थियो ।

कोरोनका कारण बैंकिङ प्रणालीमा निक्षेप थपिने, कर्जा रोकिने हुँदा अधिक तरलताको समस्या देखियो। अधिक तरलताका कारण बैंकहरुले निक्षेपमा दिन ब्याजदर घटाएपछि बैंकहरुबाट निक्षेपमा राखिएको पैसा समेत बाहिरिन थालेको थियो ।

बैंकहरुमा निक्षेपमा राख्दा न्यून प्रतिफल आउने भएपछि निक्षेपकर्ताले अधिक प्रतिफलका लागि शेयर बजार र घरजग्गा तर्फ पैसा सिफ्ट गरेको अनुमन गर्न थालिएको छ ।

चालु आर्थिक वर्षको फागुन महिनाको दोस्रो सातामा बैंकहरुले १० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । फागुन महिनाको २ सातामा मात्र बैंकहरुले कुल २३ अर्ब निक्षेप संकलन गरी ४५ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् ।

फागुनको पहिलो सातामा बैंकहरुले १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । फागुन १४ गतेसम्ममा वाणिज्य बैंकहरुले ३८ खर्ब ०९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छन् । यो अवधिमा बैंकहरुले ३३ अर्ब ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।