Thumnail Image name(Article Folder) : Infrastructure Purbadhar
Copy all thext and image and paste it to new article
विकसित मुलुकहरुले अवलम्बन गरेको पहिलो चरणको पुर्वाधार विकासको योजना प्रभावकारी रुपमा कार्यान्वायन हुँदा आज ती मुलुकहरु धेरै अघि बढेका छन् । सन् १९६० को दशकमा गृहयुद्धबाट थलिएको दक्षिण कोरियाले पाँच बर्षे गुरुयोजना मार्फत पूर्वाधार विकासमा ठुलो लगानी गर्यो । यसमा पनि क्युन्ग्बू एक्सप्रेस वेको भूमिकाले नै समग्र कोरियालाई प्रगतीको दिशातपÞर्m उर्जा दिएको इतिहास हामीसामू जगजाहेर छ । यहि पूर्वाधार विकास दक्षिण कोरियाको औद्योगीक क्रान्ति र आर्थिक प्रगतिको जरो बन्न पुग्यो ।
नेपालको सन्दर्भमा २०७२ सालको महाभूकम्पले जनजीवनका साथै अर्थतन्त्र नै अस्तव्यस्त हुन पुग्यो । त्यो दुखद दिनले धेरैको घर उजाडियो र धेरैले आफन्त गुमाए । गहिरो चोटसँगै जीवनयापनमा नै कठिनाई भएका बेला भौगोलिक अवस्था अनि पुर्वाधारको अभावले राहत तथा उद्दारमा कठिनाई भोग्नु पर्यो । यसबाट सिङ्गो राष्ट्रले नै आपतको घडीमा पूर्वाधारको महत्व महसूस गर्यो । गुणस्तरीय पूर्वाधार विकास गरि सम्भावित संकटको घडीमा राहत तथा उद्दारलाई झन् प्रभावकारी बनाउन सकिन्छ र राष्ट्र निर्माणमा अग्रसर हुन सकिन्छ भन्ने सोच त्यसबेला नागरिकस्तरमा समेत विकास भयो ।
नेपालको अर्थतन्त्र अहिले पनि परम्परागत आर्थिक संरचनाहरुमै रुमल्लिरहेकाले यहाँ आर्थिक विकासका लागि प्रशस्त ठाउँ छ । विकसित देशहरुको जस्तो ‘स्याचुरेशन पोइन्ट’मा नेपाली अर्थतन्त्र पुगेको छैन । बाघको अगाडी शिकार उपलब्ध भए झैं आर्थिक विकासका प्रशस्त सम्भावना हामीसामु छन् । प्राकृतिक साधन स्रोतको उपलब्धता पनि उत्तिकै छ । युवा जनशक्ति पनि प्रशस्त मात्रामा उपलब्ध छ । तर, आर्थिक विकासले गति लिएको छैन, किन ? यसका लागि आवश्यक भौतिक पूर्वाधारको चरम अभाव नै विकासको गति लिन नसक्नुको मुख्य कारक हो ।
प्रगतिको अवसर पूर्वाधारको विकास पछि मात्र सिर्जना हुन्छ । गाउँगाउँमा सडक, स्वस्थ्य पुर्वाधारका साथै अपरिहार्य संरचना निर्माण गरेर नै पर्यटनको विकास, गाउँका कृषि उत्पादनहरु सहरमा बेच्ने अवसर, साना तथा मझौला उद्योगहरुलाई बजारसँग जोड्ने कडी, सिँचाइको विकास गर्दै कृषि उत्पादन वृद्धि, मलखाँदको सहज आपुर्ती हुने हो । जलविद्युत जस्ता पूर्वाधारको निर्माण गरेर औद्योगिक उत्पादनको लागत घटाउन सके प्रतिस्पर्धी ढंगले औद्योगिक उत्पादनहरु गर्न सकिने आधार प्रशस्त छन् । नेपालले आर्थिक खम्बाको रुपमा कृषि, जलविद्युत, पर्यटनजस्ता क्षेत्रहरुलाई मानेकै छ । दिगो तथा गुणस्तरीय पूर्वाधार विकासले नै नेपाली अर्थतन्त्रलाई चौतर्फी प्रगतिको अवसर प्रदान गर्नसक्छ । नेपाली कृषि उब्जनीलाई बजारको पहुँचका साथै उचित सिंचाईबाट किसानहरुको जीवनस्तरमा आमूल परिवर्तन ल्याउन सकिन्छ । जसले राष्ट्रको अरबौं रुपियाँ निकासा राक्दै ग्रामिण अर्थतन्त्र चलायमान बनाउन सजिलो हुन्छ ।
विकेन्द्रिकृत पूर्वाधार विकास नै योजनाबद्ध सहरीकरण तथा औद्योगिकरणको जग हो । नेपाल यस्तो देश हो जहाँ राजमार्ग भन्दा पहिले श्रमिकहरुको काँध चढेर मोटरगाडी भित्रियो । साथै समयमै पूर्वाधार विकास हुन नसकेर अव्यवस्थित सहरीकरणले हाम्रा सहरहरु कुरुप बन्न पुगेका छन् । यसको समाधान र योजनाबद्ध सहरीकरण, औद्योगिकरण तथा व्यवस्थित आर्थिक कोरिडोरको सारथी भनेको पूर्वाधार विकास नै हो । राष्ट्रिय राजमार्ग, जलविद्युत परियोजना, संचार क्षेत्रमा लगानी र भौतिक संरचना निर्माणले नेपालको साना र मध्यमस्तरीय उद्योग विकासमा मद्धत गर्दछ ।
पूर्वाधार परियोजनालाई दिगो बनाउन र समग्र सामाजिक परिवर्तन वहन गर्न समुदायस्तरबाटै सहभागिता आवश्यक पर्दछ । विकास क्षेत्रमा लगानी बढ्दा स्वतः रुपमा स्थानिय जनसहभागिता पनि बढ्न जान्छ र समुदायस्तरमा नै सकारात्मक सोचको संचार हुन्छ । यसरी स्थानीय तहमा पूर्वाधार परियोजना प्रति अपनत्व वृद्धि भएर विकास निर्माणका कार्यहरु दीगो हुन जान्छ । नेपालमा नै सामुदायिक वनको अवधारणाले जनसहभागिताद्वारा वन संरक्षण कार्यक्रम सफल भएको उदाहरण विश्व समक्ष छ ।
नेपालले आर्थिक विकासको मेरुदण्डको रुपमा लिएका क्षेत्रको केन्द्रमा भौतिक पूर्वाधारको विकास नै रहेको छ । पर्यटन, जलविद्युत र साना तथा मझौला व्यवसायहरु नेपाली अर्थतन्त्रका मेरुदण्ड हुन् । यी सबै क्षेत्रको प्रभावकारी विकासको केन्द्रमा भौतिक पूर्वाधारको विकास नै रहेको छ । बाटो, रेल पूर्वाधार, सुखा बन्दरगाह, एयरपोर्ट, जलविद्युत, सिचाँइ आदि क्षेत्रमा समयानुकुल पूर्वाधारको विकास गर्न सके आर्थिक वृद्धिको गति तिव्र हुनेमा विश्वस्त हुन सकिन्छ । यसबाट गरिबीको रेखामुनि रहेको जनसंख्यालाई मध्यम वर्गमा उकाल्न सकिने विषय अब दोहोर्याइरहनु पर्ने विषय होइन ।
पर्यटन प्रवद्र्धनमा पूर्वाधारको भूमिका हेर्न मुस्ताङ जिल्लाले हजारौं स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरेको उदाहरणलाई लिन सकिन्छ ।
कुनै देशको राष्ट्रिय उत्पादकत्वमा त्यहाँका जनशक्तिको शीप र क्षमताको ठुलो भूमिका हुन्छ । जनशक्तिको शीप र क्षमता बढाउन राज्यले नै प्रभावकारी कदम चाल्ने हो भने त्यसको प्रभावकारिता छोटो समयमा नै देखिने अवस्था छ । सुरुका केहि ठुला स्तरका पूर्वाधार विकासमा खटिने वैदेशिक दक्ष जनशक्ति र प्रविधिबाट नेपाली जनशक्तिको क्षमतामा वृद्धि हुनुका साथै भविष्यमा राष्ट्रिय गौरवका आयोजना निर्माणमा शीप र प्रविधिमा नेपाल बिस्तारै आत्मनिर्भर भई सुनौलो भविष्यको जग राख्न सक्दछ ।
गत तीन दशकमा पूर्वाधार क्षेत्रमा क्रान्ति ल्याउन सफल मुलुक दक्षिण कोरियाले पनि यहि यही शुक्र अपनाएर आज विकसित मुलुकको दर्जा लिएको हो । साथै ठुला पूर्वाधार विकासबाट ठुलो संख्यामा स्वदेशमा नै रोजगारी सृजना हुँदा जनशक्ति पलायन हुने क्रम पनि रोकिनेछ । नेपालबाट रोजगारी तथा शिक्षाको अवसर खोज्दै दैनिक २० हजारभन्दा बढी युवाजनशक्ति विदेशीने क्रम जारी छ । मुलुकमा नै उच्चस्तरिय शिक्षा, रोजगारी र जीवनस्तरको अवसर हुने हो भने यो क्रम रोकिनेमा दुईमत रहँदैन । पूर्वाधारको विकासद्वारा नै युवाहरुमा सकारात्मक ऊर्जाको संचार हुनुका साथै आर्थिक क्रियाकलापलाई चलायमान बनाउन सकिन्छ । र अन्ततः युवाहरुमा रहेको उच्चस्तरीय जीवन बाच्ने आकांक्षा पनि स्वदेशमा नै पुरा हुने वाताबरण बन्न सक्छ ।
पूर्वाधार विकासले समग्र अर्थतन्त्र चलायमान बनाउनुका साथै राष्ट्रिय उत्पादन निर्यात गर्न ठुलो भूमिका खेल्छ । अन्तरदेशीय व्यापारको सक्षमता भनेको बन्दरगाह, राजमार्गको बिस्तार, भन्सार व्यवस्थापन, विद्युत तथा संचार सेवा, र वित्तीय पूर्वाधारहरु हुन् । छिमेकि भारतको गुजरात राज्यले निर्यात मैत्री पूर्वाधारहरु विकासमा जोड दिएर भारतकै निर्यातको केन्द्र बन्न पुगेको छ । ठुला बन्दरगाह, चौडा राजमार्ग, व्यवस्थित औधोगिक पूर्वाधारले नै गुजरातलाई निर्यात मुखी अर्थतन्त्रमा उभ्याएको छ । नेपालले पनि गुजरातको सकारात्मक सिको गर्दै पूर्वाधारमा जोड दिने हो भने अर्थतन्त्रमा निर्यातको हिस्सामा छलाङ मार्न सकिन्छ ।
अहिलसम्म भएका पूर्वाधार विकासको केन्द्रमा गुणस्तरको महत्व आउन सकेको छैन । निर्माण सामग्रीको वा निर्माण उपकरणको गुणस्तरमा ध्यान दिने हो भने निर्माण सम्पन्न नहुँदै भत्किने पुल र सडकका समाचार विरलै सुन्न पाइन्छ । यस्तो अभ्यासले राज्यको श्रोतसाधनबाट अधिकतम लाभ उठ्न सक्छ । निर्माण सामान र उपकरणको खरिदमा निश्चित मापदण्ड स्थापित गरि र त्यसको नियमित अनुगमनले गुणस्तरीय पूर्वाधारको निर्माणमा सघाउनेछ भने त्यसले दिगो विकासलाई सुनिश्चित गर्दछ ।
भौतिक पूर्वाधारको विकासका कारण समग्र देशकै आर्थिक विकासले गति लिएको उदाहरण हाम्रो सामु प्रशस्तै छन् । सडक, पुलका साथै अन्य अत्यावश्यकीय पुर्वाधारको निर्माणले नै दोस्रो विश्व युद्धताका गरिब देशको सूचिमा रहेको जापानले गरेको आर्थिक प्रगति हाम्रै सामु छ । अहिले विश्वको आर्थिक महाशक्ति बन्ने बाटोमा लागेको चीन पनि भौतिक पूर्वाधारको निर्माणमा तिव्र गतिमा लागिरहेको छ । यस सन्दर्भमा नेपालको प्रगतिको अवसर पूर्वाधार विकास नै हुनेमा दुईमत रकन सक्दैन ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया