काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले बिहीबार राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
निगमका अनुसार पेट्रोलमा २ रुपैयाँले मूल्य घटाइएको हो । त्यस्तै डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ ।
निगमले हवाइ इन्धनको मूल्य भने बढाएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपैयाँले बढाइएको हो । अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ डलर बढाइएको निमगले जनाएको छ ।
यो सँगै काठमाडौं, दिपायल र पोखरामा पेट्रोलको मूल्य २१७ रुपैयाँ पुगेको छ । यसअघि उक्त स्थानहरुमामा पेट्रोलको मूल्य २१९ रुपैयाँ थियो । सुर्खेत र दाङमा २१६ रुपैयाँ कायम भएको छ । यसअघि उक्त स्थानमा पेट्रोलको मूल्य २१८ रुपैयाँ रहेको थियो ।












प्रतिक्रिया