भारतीय बैंकिङ क्षेत्रको खराब कर्जामा शैक्षिक कर्जाको हिस्सा तेस्रो

0
Shares

भारतको बैंकिङ क्षेत्रको खराब कर्जा अहिले पनि करिब १० प्रतिशतको हाराहारीमा रहेको छ । यो खराब कर्जामा शैक्षिक कर्जाको योगदान तेस्रो स्थानमा रहेको छ ।

भारतीय बैंकिङ क्षेत्रको खराब कर्जा उच्च हुनुमा सबैभन्दा ठुलो भुमिका उद्योग क्षेत्रको रहेको छ । त्यसपछि कृषि र तेस्रोमा शैक्षिक कर्जामा हुने डिफल्ट दर रहेको छ । भारतमा शैक्षिक कर्जालाई प्राथमिकता प्राप्त क्षेत्रको कर्जा वर्गिकरण गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले भारतीय रिजर्भ बैंकको निर्देशन पालना गर्नका लागि भएपनि शैक्षिक कर्जा दिनैपर्ने भएपछि बैंकहरुलाई समस्या थपिएको हो । भारतीय बैंकहरुरुले डाक्टर, इञ्जिनियर, नर्सिङ तथा अन्य विषयको शैक्षिक अध्ययनका लागि कर्जा दिने गर्छन । तर, यसमा पनि डाक्टर, इञ्जिरियर र नर्सिङका लागि दिइएका शैक्षिक कर्जा डिफल्ट हुनेदर बढेपछि खराब कर्जामा शैक्षिक कर्जाको हिस्सा बढेको हो।

शैक्षिक कर्जा मध्ये पनि सबैभन्दा धेरै डिफल्ट हुने नर्सिङ र इञ्जिनियरिङ अध्ययनका लागि दिने कर्जा रहेको छ । सन २०२० को अन्त्यसम्मको कुल शैक्षिक कर्जामा ९.७ प्रतिशत नर्सिङ र इञ्जिनियरिङ अध्ययनका लागि प्रबाह भएका कर्जा खराब कर्जामा परिणत भएका छन् ।

स्टेट तहको बैंकहरुको समितिले संकलन गरेको तथ्याङक अनुसार सन २०२० को डिसेम्बरसम्ममा करिब ३ लाख ५० हजार ऋणीको ८ हजार २ सय ६३ करोड भारु बराबरको शैक्षिक कर्जा खराब कर्जामा परिणत भएको छ । यो अवधिमा बैंक वित्तीय संस्थाले करिब २३ लाख ३० हजार ऋणीलाई ८४ हजार ९ सय ६५ करोड भारतीय रुपैयाँ शैक्षिक कर्जा प्रबाह गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाले प्रबाह गरेको कुल शैक्षिक कर्जा मध्ये मेडिकल अध्ययनका लागि १० हजार १ सय ४७ करोड, इञ्जिनियरिङका लागि ३३ हजार ३ सय १६ करोड, नर्सिङका लागि ३ हजार ६ सय ७५ करोड, एमबिएका लाग ९ हजार ५ सय ४१ करोड र अन्यका लागि २८ हजार २ सय ८६ करोड भारु प्रबाह गरेका छन् ।

विभिन्न शिर्षकका शैक्षिक कर्जा मध्ये १४ प्रतिशत नर्सिङ अध्ययनका लागि लिएका कर्जा डिफल्ट भएका छन् । त्यसैगरी दोस्रोमा इञ्जिनिरिङका लागि प्रबाह भएका कर्जा मध्ये १२.१ प्रतिशत खराब कर्जामा परिणत भएका छन् । एमबीए पढ्न भनेर बैंक वित्तीय संस्थावाट कर्जा लगेका मध्ये ७.१ प्रतिशत र मेडिकल अध्ययनका लागि लगेका कर्जा मध्ये ६.१ प्रतिशत ऋणीले कर्जा नतिर्ने गरेको देखिन्छ भने अन्य शैक्षिक प्रयोजनका लागि लगिएका कर्जा नतिर्नेको ८.४ प्रतिशत रहेका छन् । ऋणीलाइ दिने भनिएको सहुलियत समयमा नदिने भएकाले पनि कर्जा तिर्नमा ढिला हुने वा समस्या हुने गरेको जानकारहरु बताउछन् ।

इञ्जिनियर पढेकाले रोजगार पाउदैनन भने नर्सिङ पढेका विदेशीने समस्याले गर्दा पनि कर्जा डिफल्ट हुने गरेको उनीहरुको भनाई छ । त्यतीमात्र नभै इञ्जिनिरिङ अध्ययन गरेका करिब ३० प्रतिशत विद्यार्थीले अध्ययन नै पुरा नगरी बिचैमा छोड्ने गरेकाले पनि यो क्षेत्रको खराब कर्जा बढ्न गरेको उनीहरुको तर्क रहेको छ ।

भारतीय बैंकिङ क्षेत्रले प्रबाह गरेको कुल शैक्षिक कर्जा मध्ये ९.७ प्रतिशत खराब कर्जा रहेको छ । त्यसमा देशको पुर्वि क्षेत्रमा १४.२ र दक्षिणी क्षेत्रमा ११.९ प्रतिशत खराब कर्जा रहेको छ । त्यसैगरी उत्तरी क्षेत्र ३.३ प्रतिशत र पश्चिमी क्षेत्रमा ३.९ प्रतिशत मात्र रहेको छ । तर, मध्ये तथा पुर्वउत्तर क्षेत्रमा शैक्षिक कर्जाको डिफल्ट दर क्रमश ६.१ र ६.८ प्रतिशत रहेको छ ।

पछिल्लो समयमा नेपाल सरकरले पनि सहुलियतपुर्ण कर्जा प्रबाह सुरु गरेका छन् । त्यसमा शैक्षिक तथा स्वरोजगार शिर्षकका कर्जा धेरै रहेको छ । सहुलियत पुर्ण कर्जा प्रबाह मात्र जोड दिनु भन्दा पनि त्यसलाई उठाउन सक्ने नसक्ने अवस्थालाई मनन नगरेको खण्डमा नेपालमा पनि खराब कर्जामा ठुलो हिस्सा शैक्षिक तथा सहुलियतपुर्ण कर्जाको हुने जोखिम देखिन्छ । यस्ता खालका कर्जालाई प्राथमिकता प्राप्त कर्जा राखि बाध्यात्मक कर्जा प्रबाह गरेको खण्डमा डिफल्ट रेट बढ्नेमा दुईमत छैन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।