आज भन्दा करिब २७ वर्ष अघि छोराछोरीको उपचारका लागि काठमाडौं छिरेका तोयानाथ खतिवडा दोलखाको बावरीमा जन्मेका हुन् । आफ्नै सन्तानको स्वास्थ्यमा समस्या आएपछि खतिवडाको जीवनले नयाँ मोड लियो ।
‘जे हुन्छ राम्रैका लागि हुन्छ’ भने झै बिरामी छोराछोरीको उपचारका लागि बाध्य भएर काठमाडौ छिरेका खतिवडाले २७ वर्षको अवधिमा मासिक ८ लाख रुपैयाँ आम्दानी गर्ने भएका छन् । काठमाडौं छिरेको केही समय जीवन चलाउन ज्यामी काम समेत गरेका खतिवडा अहिले चर्चित कलाकारहरुलाई आफ्ना दैनिक ग्राहक बनाउन सफल भएका छन् ।
२०२४ सालमा जन्मिएका तोयानाथ परिवारमा साँइला छोरा हुन् ।
चार छोराछोरी सहितको परिवार बोकेर २०६१ सालमा राजधानीमा पाइलो टेकेका खतिवडा अहिले काठमाडौंबासी बनेका छन् ।
दोलखामा हुँदा मुखियाको नाती भनेर चिनिने खतिवडा अहिले आफै साहुँ जी भएका छन् ।
सानै उमेरमा बुबा गुमाएका खतिवडाले ४ कक्षा सम्म पढेका छन् । आर्मी बन्ने र देशको सेवा गर्ने चाहाना अधुरौ रहेपनि परिस्थितीले पछुतो नभएको उनी बताउँछन् । आर्मी पछिको उनको इच्छा भनेको नै गाई भैंसिको सेवा गर्ने थियो । उनको जीवनको दोस्रो इच्छाले नै उनलाई सफल कृषक बनायो।
छोराछोरीको अप्रेशन गर्न बसाइ नै सरेर काठमाडौ आएका खतिवडाको वौद्ध स्थीत नयाँ वस्तीको एउटा कोठाबाट काडमाडौंको बसाइ सुरु गरेको हुन । आफु सहित ५ जनाको परिवार बिसाउने कोठा त काठमाडौमा भेटियो । तर, बिहान बेलुकी खाने मेसो कसरी गर्ने भन्ने चिन्ताले उनलाई सताउन थाल्यो ।
बाबु भएको जिम्मेबारी बहन गर्दै खतिवडा कामको खोजिमा हिड्न थाले । सुरुमा उनले एक सय रुपैयाँका लागि दिनभरी ढुङ्गा, गिटि, वालुवा, इटा सबै बोकेरै सन्तानको भोक मेटाउथे । त्यसरी गरेको आम्दानीले पनि परिवारको पेट पाल्न सहज भएन ।
ज्यामी काम गर्दा परिवार पाल्न नै समस्या हुन थालेपछि आफन्तहरुको सहयोगमा भक्तपुरबाट २ वटा गाई किने । त्यसपछि सुरु भयो उनको सफलताको यात्रा । गाई पाल्न थालेपछि खतिवडा मन बचन र कर्मले गाईको सेवामा लागे । सेवा गरेअनुसार नै गाईले पनि उनलाई राम्रै गर्दै गयो ।
दुईवटा गाईबाट व्यवसाय सुरु गरेका खतिवडाले विस्तारै गाईको संख्यामा पनि वृद्धि गरे । उनले बाच्छी हुर्काएर दुहुनो गाई मात्र बनाएनन् बाहिरबाट पनि गाई थप्दै गए । अहिले उनको गोठमा १८ वटा गाईहरु छन् । जसमध्य १४ वटाले दुध दिन्छन । हरेक गाईले प्रति दिन करिब २० लिटरका दरले दुध दिने गरेको खतिवडा सुनाँउछन् ।
बिहानको झिसमिसे संगै खतिवडाका आँखा खुल्छन् । उनको दैनिकी नै गाई गोठबाट सूरु हुन्छ । गाईगोठ सफा गरेर गाईवस्तुलाई कुडो तथा घाँस पराल दिन्छन् । त्यसपछि उनले सुरु गर्छन दुधको काम ।
खतिवडाले २०७० सालसम्म बाख्रा पनि पालेका थिए । ती बाख्रामा जिब्रो पाक्ने रोग देखियो । सोही रोगका कारण ४० बाख्रा मरेको उनी सुनाँउछन । बाख्र मरेर उनलाइ करिब ३ लाख सम्मको घाटा भएको रहेछ । त्यसपछि उनले बाख्रा पालन नै छोडेका थिए । तर, अहिले पुन बाख्रा पालन सुरु गरेको बताउँदै उनले भने,“ फेरी ५ वटा बाख्रा बाट यसमा पनि हात हालेको छु ।”
गाई गोठको काममा उनलाई छोरा, बुहारी सबैले सघाउने गरेका छन् । “मान्छे विदेश विदेश भनेर लम्किन्छन्, आफ्नो देशमा केही गर्न खोज्दैनन्,” उनले भने,“नेपालमै केही गर्न खोजेको खण्डमा पनि असम्भव छैन् ।” उनको गोठको दुध बिहानै वौद्ध, नयाँ वस्तिका घरघरमा पुग्छन् । खतिवडाले अहिले दैनिक २८० लिटर दुध बेच्ने खतिवडाले चर्चित कलाकार देखि समाजसेवीहरुको दैलोमै दुध पुर्याउदै आएका छन । उनले पछिल्लो एक दशक देखि निरन्तर चर्चित नायिका रेखा थापाको घरमा पनि दुध पु्रयाउदै आएका छन् । “त्यो क्षेत्रमा बस्ने अन्य कलाकारहरुले पनि लिन्छन् तर मलाई नाम थाहा छैन” खतिवडाले भने ।
दुध बेचेर मात्र महिनाको ८ लाखको हाराहारीमा आम्दानी गर्ने खतिवडाले मुलपानी कागेश्वरी मनोहरा ७ मा ४ आनाजग्गा र २ तलाको पक्कि घर पनि बनाइ सकेका छन् । खतिवडाका अनुसार गाइ र बाख्राका लागि महिनाको करिब २ लाख रुपैयाँ खर्च हुने गरेको छ ।
उनका ४ दाजुभाई मध्य कान्छो भाइले पनी आर्मीको सेवाबाट रिटायर भएपछि काठमाण्डौमै गाई फारम नै खोलेका छन । अहिले खतिवडाको कागेश्वरी मनोहरा न.पा. ६ स्थीत खोलाकै छेउमा एउटा गाई फारम छ । जहाँ १८ वटा गाईहरु छन् । खतिवडाले गाइगोठका लागि बार्षिक ४० हजार रुपैयाँ भाडा तिरेर २ रोपनी जग्गा लिएका छन । “काठमाण्डौ भन्दा त हावा पानी गाउँकै राम्रो हो तर गाउँमा अस्पताल छैन, यहाँ भए त जति वेला उपचार पाइने भयो,”उनले भने,“त्यसले गर्दा पनि काठमाडौको बसाइ ठिकै छ ।”
जिवनको करिव ४ दशक बढी यात्रागरिसकेका खतिवडा सकुन्जेल अर्थात हात गोडा चल्दासम्म गाईफारम नछोड्ने बताउँछन् । एकैचोटी दर्जनौ बाख्रा खाल्टोमा पुरेको डरले होला अहिले गाई बाख्राको बीमा पनि गराउन थालेका छन । अहिले उनले प्रति गाइको १ लाखका दरले बीमा गरेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया