आजको प्रविधिमैत्री बैंकिङ भोलिको डिजिटल मुद्रा: गभर्नर

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले डिजिटल बैकिङमा जोड दिनु भनेको भोलिको डिजिटल मुद्राका लागि काम गरेको बताएका छन । गभर्नर अधिकारीले अहिले सुरु भएको डिजिटल बैंकिङ भोलिको डिजिटल मुद्रामा परिणत गर्ने योजना रहेको बताएका हुन् ।

नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएसंगै अधिकांस वित्तीय कारोबार नगदमा हुने भन्दै लेस क्यास सोसाइटीको परिकल्पना गरेका थिए । कार्यभार सम्हालेसंगै गभर्नर अधिकारीले क्यूआर कोड क्रान्ती सुरु गरे । पछिल्लो समयमा तरकारी बजार देखि सार्वजनिक यातायात, मन्दिरको भेटीमा समेत क्यूआर कोडको सुरुवात गरेका छन् ।

पछिल्लो समयमा वित्तीय कारोबारलाई डिजिटलाइज्ड गराउने र नगदको कारोबारलाई निरुत्साहित गराउन गभर्नर अधिकारी लागि परेको स्पष्ट हुन्छ । गभर्नरको योजनालाई कोरोना भाइरसको महामारीले पनि केही साथ दिएको छ । त्यसले पनि पछिल्लो समयमा डिजिटल बैंकिङको प्रयोग पनि बढ्दो छ ।

पछिल्लो समयमा विटक्वाई जस्तो भर्चुअल मुद्रा मार्फत वित्तीय कारोबार सुरु भएको अवस्था छ । केही दिन अघि मात्र टेस्ला गाँडीको खरिद बिटक्वाइन मार्फत गर्न सकिने भएको छ । अहिले एक विटक्वाइको मूल्य ६० हजार अमेरिकी डलर भन्दा माथि रहेको छ । पछिल्लो समयमा डिजिटल करेन्सीको विषयमा विश्वका अधिकासं शक्तीसाली राष्ट्रहरुले मिहेनेत पनि गरिहेका छन् ।

यसै सन्दर्भमा गभर्नर अधिकारीले अहिलेको डिजिटल बैकिङ भनेको भविष्यको डिजिटल मुद्राको योजना अनुसार काम गरेको बताउनुले राष्ट्र बैंकले पनि डिजिटल मुद्राको क्षेत्रमा काम गर्न खोजेको स्पष्ट हुन्छ । डिजिटल बैंकिङ भोलिको डिजिटल करेन्सी प्रयोग गर्ने मध्याम पनि भएकाले त्यसलाइ विकास गर्नु जरुरी छ ।

प्रदेश २ मा बिहीबार भएको आर्थिक तथा बैंकिङ क्षेत्रसंग सम्बन्धित आन्तरक्रिया कायक्रममा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकले जनताको पूँजीको जिम्मेवारी लिएको हुनाले यसलाई जनताकै हितमा अधिकतम उपयोग गर्ने बताए । आर्थिक रुपमा विपन्न तर काम गर्न सक्षम र उपयुक्त योजना/प्रस्ताव सहित ऋणको अपेक्षा गर्ने कोही पनि निरुत्साहित हुनु नपर्ने बातावरण बनिसकेको उनले बताए । उद्यमशीलतालाई प्रवद्र्धन गर्ने प्रतिबद्धता जाहेर गर्दै उनले बैकको वित्तीय स्रोतलाई राष्ट्रिय उत्पादनमा उपयोग गर्ने गरी परिचालन गरिने बताए ।

प्रदेश नं. २ का प्रदेश प्रमुख डा. राजेश अहिराज बैकमा खोलिने खाता, खाता नभई जनतासंगको नाता भएको बताए । उनले यो नातालाइ बलियो बनाउने गरी काम गर्नु पर्ने उनको भनाइ छ । आर्थिक रुपमा विपन्नलाई संस्थागत सामाजिक उत्तरदायित्व तथा अन्य बैंकिङ सेवाको माध्यमबाट नाता सुदृढ गर्ने बताउदै अहिराजले गाउँ टोलसम्म बैंकिङ्ग सेवा विस्तार गर्नु पर्न बताए । बैंकहरुले रोजगार जन्य पक्षमा जोड दिदै कृषि क्षेत्रमा स्रोतको अभावलाई पूर्ति गरी किसानलाई खेतीमा सहयोग गर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले बैंकिङ क्षेत्रले विगतका कमी कमजोरी हटाउदै अगाडी बढ्नु पर्ने बताएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।