राष्ट्र बैंकले भन्यो-मौद्रिक नीतिका लागि सुझाव बुझाउनु


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३-८४ को मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को व्यवस्था बमोजिम आम सर्वसाधारण तथा संघसंस्थाले असार ५ गतेभित्र सुझाव बुझाउन आग्रह गरेको हो ।

इच्छुक आम सर्वसाधारण तथा संघसंस्थाले असार ५ गतेभित्र इमेलमार्फत सुझाव दिन सक्नेछन् । इमेल ठेगाना [email protected] बाट मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ । साउन १५ गतेभित्र राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३-८४ को मौद्रिक नीति सार्वजनिक गर्नेछ ।

यसअघि चालु आर्थिक वर्षको मौद्रिक नीति भने गत असार २७ गते नै सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार  १४ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।