स्टक ब्रोकर एशोसिएसन अफ नेपालको पहलमा २०७८ श्रावण १ बाट दश भन्दा बढि राष्ट्रहरुमा प्रयोग भईरहेको कारोबार प्रणाली (टिएमएस) संचालनमा आउने भएको छ । एशोसिएसनले उक्त प्रणाली लोकलाइजेशन तथा कस्टमाइजेशनको गर्ने काम तिर्ब गतिमा अगाडी बढेको जानकारी दिएको छ ।
चुस्त दुरुस्त सेवा प्रबाह गर्न, कारोबारमा निहित जोखिम व्यवस्थापन गर्न र लगानीकर्ताले कारोबार गर्दा व्याहोर्नु पर्ने दुःख अत्य गर्न व्यवसायीहरुको सयुक्त पहलमा उक्त प्रणाली ल्याउन लागिएको हो। सम्बन्धित पक्षहरुको उचित सहयोग प्राप्त भएमा २०७८ श्रावण १ बाट उक्त प्रणाली लगानीकर्ताले प्रयोग गर्न पाउने एशोसिएसनको भनाई छ।
मल्टी एशेट, मल्टी एक्सचेञ्ज ट्रेड्रिङ प्लेटफर्म रहेको उक्त प्रणालीमा शेयर, डिबेन्चर, बण्ड, डेरिभेटिभ्स, करेन्सी लगायत बिभिन्न उपकरणहरुको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने छ ।
साथै मोबाइल एप्लिकेशन सहितको यो प्रणालीले लगानीकर्ताहरुलाई कारोबार गर्न सहजता प्रदान गर्ने जनाइएको छ । अर्थतन्त्र, बजार तथा सुचिकृत कम्पनिको आधारभूत तथा प्राबिधिक बिश्लेशण गर्न सकिने गरि यस प्रणालिमा तथ्याङ्कहरु राखिने छन् । लगानीकर्ताहरुले आफ्नो कारोबारको सम्पूर्ण हरहिसाव तथा आफ्नो पोर्टफोलियो तथा नाफा घाटाको अवस्था पनि यसै प्रणाली मार्फत हेर्न पाउने व्यवस्था रहने एशेसिएनले भनाई छ ।
यसले स्टप लश, टेक प्रोफिट, आफ्ट मार्केट अर्डर वा हाई फ्रिक्वेन्सी ट्रेडिङ जस्ता आदेश व्यवस्थापन बिशेषताले गर्दा कारोबार गर्न निकैनै सहज हुने संघको दाबी छ ।
साथै ब्रोकर एशोसिएसनले नियामक निकायले तोकेका सम्पूर्ण प्रावधानहरु पुरा गर्न, अन्तराट्रिय जगतमा ब्रोकरले अगालेका पद्धति र प्रणाली प्रयोग गर्न र आवश्यकता अनुसार पूर्बधार बृद्धि गर्न सदैब तयार रहेको प्रतिवद्धता समेत जनाएको छ । आधिकारिक प्रतिनिधी तथा सब–ब्रोकरको माध्यमबाट देशका हरेक क्षेत्रमा दोस्रो बजार बिस्तार गर्न र मार्जिन टे«डिङ्ग, लगानी परामर्श, लगानी व्यवस्थापन र ईन्ट्रा डे कारोबार जस्ता थप सेवाहरु प्रवाह गरी बजरालाई थप गति प्रदानगर्ने तिब्र इच्छा रहेको यसका लागी सक्षम पनी भएको दाबी गरेको छ ।
कोभिड १९ का कारण केहि समय संचालनमा आउन नसकेको दोस्रो बजार २०७७ अषाढ १५ बाट संचालनमा आएपछी यस प्रतिको लागनीकर्ताको आर्कषणमा अत्याधिक बृद्धि भएको छ धितोपत्र दलाल व्यवसायीहले रातारात गरेको क्षमता विस्तार तथा कर्मचारी अहोरात्र खटिएका कारणनै करिव सात लाख सकृय लगानीकर्ता र करिव पौने ६ लाख अनलाईन प्रयोगकर्ताले आज ढुक्कसंग कारोबार गर्न पाईराख्न पाएको संघको भनाई छ । यसमा सेबोन, नेप्से, अनलाईन कारोबार प्रर्णाली, सिडिएस एण्ड क्ल्यिरिङ्ग लि. तथा निक्षेप सदस्यहरुको भुमिका निकैनै सहरानिय रहेको एशोसिएसनले बताएकोछ ।
व्यवसायीहरुकोे स्वामित्व तथा नियन्त्रणमा नरहेको प्रणालिहरुकोे प्रयोग मार्फत भुक्तानी गर्नपर्ने, त्यस्ता प्रणालीहरुमा बारम्बार समस्या आईरहने, प्रणाली प्रयोग गर्ने समयमा रहेका पावन्दि र सामान्य समस्या समधान गर्न पनी अन्य निकायमा लामो समय सम्म भर पर्नु पर्ने हुँदा यस्ता भुक्तानीहरु कहिलेकाही व्यवसायीहरुले चाहदाचाहदै पनि समयमै गर्न नसकिने अवस्था बिध्यमान रहेको संघको भनाई छ ।
आजका दिनमा पनि व्यावसायीहरुले प्रयोग गर्ने चार प्रणालीहरु एपिआईको अभावमा अन्तर आबद्ध हुननसक्दा चुस्त रुपमा काम गर्न चाहदाचाहदै पनि निकै कठिनायी व्यहोरेर काम गरिरहनु उल्लेख गर्दै धितोपत्र भुक्तानी सम्बन्धि समस्या समधान गर्न व्यावसायी र सिडिएस् एण्ड क्ल्यिरिङ्ग लि.को सयुक्त पहलमा प्रणालिको बिकास गरी परिक्षणको क्रममा रहेको जनाएको छ ।
निकट भविश्यमा यो संचालनमा आउने र धितोपत्रको भुक्तानीसग सम्बन्धित लगानिकर्ताका गुनासाहरु पूर्ण रुपमा समधान गर्न सकिने संघको बिश्वास छ ।
त्यसैगरी रकम भुक्तानी संग सम्बन्धित समस्याहरु समधानगर्न सम्बन्धित सम्पूर्ण पक्षहरुसंग हामी निरन्तर छलफलमा रहेको बताएको छ । टि प्लस टु पश्चात लगानीकर्ताको विवरण अध्याबधिक नभएका वा प्रणालीसंग सम्बन्धित अन्य कुनै कारणले गर्दा समयमानै लगानीकर्ताले रकमको भुक्तानी प्रणालि मार्फत प्राप्त गर्न नसकेको अवस्था रहेमा सम्बन्धित ब्रोकर कार्यालयमा गई चेकको माध्यम बाट भुक्तानि लिन पनि एशोसिएनले सम्पूर्ण लगानीकर्ताहरुलाई आग्रह गरेको छ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया