नेपाल धागो उत्पादक संघ र यूकेएड सीपको साझेदारी मार्फत भएको समावेशी रोजगारी सिर्जना तथा उद्योगको रुपान्तरणमा

0
Shares


नेपालका लागि बेलायती राजदूत निकोला पोलिट् तथा नेपाल धागो उत्पादक संघ (NYMA) का अध्यक्ष पवन गोल्यान, यूके एडको सहयोगमा सञ्चालित रोजगारीका लागि सीप कार्यक्रम (सीप) ले आयोजना गरेको एक कार्यक्रममा उपस्थित भई सीप र (NYMA) को साझेदारीले हासिल गरेको प्रभावको बारेमा जानकारी लिएका छन् । उनीहरुले धागो उद्योगको रूपान्तरण तथा दिगो रोजगारी सिर्जनाको लागि लिनुपर्ने बाटोको बारेमा पनि विचार विमर्श गरेका छन् ।

नोभेम्बर २०१९ देखि सुरु भएको (NYMA) र सीपको बहु कारखाना साझेदारीले ४ हजार व्यक्तिहरुलाई रोजगारसँग सम्बन्धित गुणस्तरीय सीप विकास तथा रोजगारीको अवसर प्रदान गरेको छ । साथै उक्त साझेदारीले त्रिवेणी स्पिनिङ मिल, जगदम्बा स्पिनिङ मिल, रिलाएन्स स्पिनिङ मिल, ट्राईकोट इन्डष्ट्री तथा जय स्पिनिङ मिलका कारखानाको क्षमतामा सुधार ल्याएको छ ।

नेपालका लागि बेलायती राजदूत पोलिट्ले भने “उद्योगहरूमा रहेको श्रमशक्ति तथा उत्पादकत्वमा रहेका खाडलहरुलाई रणनीतिक रूपमा पूर्ति गर्न हाम्रा संयुक्त पहलहरू सफल भएकोमा हामी गौरवान्वित छौँ ।”

कार्यक्रममा रामचन्द्र संघाई, विष्णु न्यौपाने, अभीक ज्योति, अक्षय गोल्यान तथा शक्ति गोल्यान जस्ता धागो उद्योगका प्रमुख उद्योगीहरु पनि सहभागी थिए । यही कार्यक्रममा नै धागो उद्योगको नेतृत्वमा पाँचओटा पदहरुको लागि तयार भएको पाठ्यकम्रको यस कार्यक्रममा सुरुवात गरियो । सुधार गरिएको र मानक बमोजिम बनाइएको पाठ्यक्रम कारखानाहरूको सुझाव र प्रतिक्रियामा सह विकास तथा परिष्कृत गरिएको थियो । यस पाठ्यक्रमका अलावा प्रशिक्षकको क्षमता र पूर्वाधारमा भएको सुधार तथा कारखानामा हुने प्रक्रियालाई छरितो बनाउँदा उद्योगमा उत्पादकत्व तथा रोजगारी सिर्जना गर्नको लागि वातावरण बनाउने तथा त्यसलाई दिगो राख्ने काम सुनिश्चित गर्न सक्छ ।

(NYMA) अध्यक्ष पवन गोल्यानले भने “सीप विकासका पहलहरूलाई कारखानाको वृद्धि हासिल गर्न सक्ने गतिविधिहरुसँगको सम्मिश्रण धागो उद्योगलाई रूपान्तरण गर्ने हाम्रो संयुक्त प्रयासको एक अभिन्न अंग हो । उक्त रूपान्तरण हासिल गर्नको लागि आधुनिकीकरण तथा विस्तार, सुधारिएको गुणस्तर तथा प्रतिस्पर्धी मूल्य मार्फत नयाँ भौगोलिक क्षेत्रहरुमा निर्यातलाई विविधीकरण, संस्थागत क्षमतामा सुधार गरी गरिनेछ । ”

यूकेएडको सीप कार्यक्रमका टीम लिडर बलजित भोराले भने “उद्योगका उदीयमान कामहरूमा उक्त कामको लागि तयार भएको श्रमशक्तिको विकास गर्नको लागि प्रशिक्षार्थीमा आधारित सीप तथा रोजगार उपलब्ध गराउने उद्योगको पहलको प्रतिबिम्ब (NYMA)  र सीपबिचको साझेदारी हो । सीप विकास गर्ने पहल गर्ने अन्य उद्योगहरूले पनि यस साझेदारीबाट सकिन् सक्छन् ।” यस साझेदारी मार्फत जगदम्बा जस्ता साझेदार कारखानामा महिला कामदारहरूको नियुक्तिमा उल्लेख्य वृद्धि गरेको छ जहाँ तालिम प्रदान गरिएका तथा नियुक्त गरिएका व्यक्तिहरूमा ३५ प्रतिशत महिला रहेका छन् ।

धागो उत्पादक उद्योगका कम्पनीहरूको साझा दर्तावाल संस्था यसमा आवद्ब भएका उत्पादकहरुले २१.७ अरबभन्दा बढी बिक्री गर्न सफल भएका छन् । जसले धागोलाई नेपालको सबभन्दा ठूलो निर्यात वस्तु बनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।