उद्योग वाणिज्य महासंघको स्वास्थ्य सहायता अभियानबाट धेरैलाई राहत


नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालन गरेको स्वास्थ्य सहायता कार्यक्रमबाट धेरैलाई राहत पुगेको महासंघले जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै महासंघले कोभिड संक्रमित विरामीहरूको सहयोगका लागि संचालन गरेका “हेल्लो डाक्टर” कार्यक्रम स्वास्थ्य परामर्शका लागि प्रभावकारी भएको र सहायता केन्द्रबाट धेरैले सहयोग पाएको जनाएको हो ।

उल्लेखित कार्यक्रमहरुबाट हालसम्म धेरै संख्यामा विरामीहरूले स्वास्थ्य परामर्श र आवश्यक स्वास्थ्य सहायता लिएको विज्ञप्तिमा उल्लेख छ । “महासंघले संचालन गरेको स्वास्थ्य अभियानबाट संक्रमित विरामी, तिनका परिवार र आफन्तहरू सहित धेरैलाई राहत पुग्न गएको छ” विज्ञप्तिमा भनिएको छ ।

जेष्ठ ६ गतेसम्मको तथ्यांक अनुसार हेल्लो डाक्टर स्वास्थ्य परामर्श कार्यक्रमबाट सा“ढे ५ सय भन्दा बढी कोभिड संक्रमित विरामीहरूले डाक्टरहरूबाट स्वास्थ्य परामर्श र सहायता केन्द्रबाट करिव २ सय ५० जनाले आवश्यक स्वास्थ्य सहायता लिएका छन् । वैशाख २६ बाट शुरू भएको हेल्लो डाक्टर मार्फत भाइवरको सहकार्यमा डाक्टर अन कलका चिकित्सकहरूले विरामीहरूलाई स्वास्थ्य परामर्श दिइरहेका छन् ।

कोभिड सहायता केन्द्रबाट गम्भीर प्रकृतिका विरामीहरूदेखि भर्खर कोभिड संक्रमण भएकासम्मले सहयोगका लागि आग्रह गर्ने गरेका छन् । केन्द्रकातर्फबाट हालसम्म डेढ वर्षदेखि ८९ वर्षसम्मका जेष्ठ नागरिकलाई सेवा दिइएको छ ।

सहायता केन्द्रले वैशाख २४ गतेबाट काम थालेको थियो । केन्द्रमा दैनिक सरदर १६/१७ जनाले सहयोगका लागि आग्रह गर्ने गरेका छन् । केन्द्रमा मुलुकका सबै भागबाट सहयोगका लागि आग्रह आउने गरेको महासंघले जनाएको छ ।

मुलुकमा बढदो कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षामा सहयोग पु¥याउने उद्देश्यले हेल्लो डाक्टर र कोभिड सहायता केन्द्र स्थापना गरिएको हो । सहायता केन्द्रबाट अस्पताल/आइशोलेशन केन्द्र सहजीकरण, अक्सिजन सिलण्डिर, अस्पताल, एम्बुलेन्स, हवाई तथा यातायात व्यवस्थापन लगायतमा सहयोग तथा समन्वय भैरहेको छ ।

कोभिड संक्रमण जटिल हुंदै गई अस्पताल जान समस्या परेकालाई नजिकको अस्पतालसम्म पुरयाउन, अस्पतालमा अक्सिजन सहितको आइसियू, भेन्टिलेटर बेड पाउन समस्या परेका, अक्सिन सिलिण्डर भर्न समस्या परेका, अक्सिजन सहितको सिलिण्डर, आइशोलेशन केन्द्र, रेमडेसिभर लगायतका अत्यावश्यक औषधि नपाएका र डाक्टरको परामर्श खोजिरहेकाहरूलाई केन्द्रबाट सहयोगको पहल भएको छ ।

आइशोलेशन नपाएकाहरूलाई महासंघले आफैले क्षेत्रपाटी र कमलपोखरीमा संचालन गरेको आइशोलेशन केन्द्रमा राख्ने प्रवन्ध मिलाई रहेको छ । महासंघले संचालन गरेको आइशोलेशनका लागि महासंघका वर्तमान तथा पूर्व पदाधिकारीहरू, कार्यकारिणी समिति सदस्यहरू, उद्यमी व्यवसायीहरूले औषधि, स्वास्थ्य उपकरण/सामग्रीहरू सहयोग गरेका छन् ।

कोभिडको दोस्रो लहरको संक्रमण अत्याधिक बढ्न जांदा मुलुकको स्वास्थ्य प्रणालीले नै थेग्न नसक्ने भएपछि आम सर्वसाधारणको स्वास्थ्य सुरक्षामा केही सहयोग गर्न सकियोस भनेर महासंघले कोभिड सहायता केन्द्र स्थापना गरेको हो ।

महासंघका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा सहायता केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गरिरहेका छन् । कोभिड १९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन जिम्मेवारी पनि बा“डफा“ड गरिएको छ ।

जस अनुसार अक्सिजन सिलिण्डर व्यवस्थापनतर्फ महासंघका उपाध्यक्ष रामचन्द्र संघई र कार्यकारिणी समिति सदस्य शौरभ ज्योति, अस्पताल आइशोलेशन केन्द्र सहजीकरणतर्फ कार्यकारिणी समिति सदस्य हेमराज ढकाल, पूर्व कार्यसमिति सदस्य रविन श्रेष्ठ, अस्पताल व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्य ई. देश बन्धु वस्नेत (अजित), बाबुकाजी कार्की, डा. केयुर गौतम र एम्बुलेन्स व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्य रंजितराज आचार्यले समन्वय गरिरहेको महासंघले जनाएको छ ।

त्यसैगरी औषधि मेडिकल उपकरणतर्फ कार्यकारिणी समिति सदस्यहरू प्रवलजंग पाण्डे र भक्त बहादुर हमाल, होटल, हवाई तथा यातायात व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्य ज्योत्सना श्रेष्ठ, होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, पर्यटन समितिका सदस्य विनोद सापकोटाले समन्वय गरिरहेका छन् । सचिवालयकातर्फबाट अधिकृतद्धय हरि पौड्याल र रिंकु घिमिरेले सहयोग गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

महासंघले संचालन गरेको स्वास्थ्य अभियानप्रति व्यक्त भएका केही धारणाहरूः

संदेश श्रेष्ठ, व्यवसायी – “सामाजिक रूपमा पनि सकारात्मक संदेश जानुकोसाथै सामाजिक उत्तरदायित्व पनि निभाउन सकेकोमा जिल्ला उद्योग वाणिज्य संघहरू र उद्यमी व्यवसायीहरूले गर्वको महशुस गरेका छौं ।”

अखिल चापागाई, पूर्व कार्यकारिणी समिति सदस्य, नेउवामहासंघ – “महासंघको यस अभियानको ह्रृदयदेखिनै प्रशंसा गर्दछु । वास्तवमै यो अभियानबाट समस्यामा परेकाहरूले निकै ठूलो राहतको महशुस गरेका छन् ।”

अशोककुमार टेमानी, पूर्व कार्यकारिणी समिति सदस्य,नेउवामहासंघ – “उत्कृष्ट सहकार्य । यो वस्तवमै उद्धार हो । महान कार्यका लागि आभार । महासंघ टीमलाई बधाई । ”

राजन श्रेष्ठ, कार्यकरिणी समिति सदस्य – “अतिनै सराहनीय कार्य, निजी क्षेत्र सधै नाफामुखीमात्र हुंदैन । हरेक सामाजिक अभियानमा पनि सदैव अग्रसर रहने गरेको छ भन्ने दह्रिलो उदाहरण हो यो ।”

उमेशलाल श्रेष्ठ, निवर्तमान उपाध्यक्ष, नेउवामहासंघ – “यो महानकार्यमा लागिरहेको सिंगो टिमनै बधाईका पात्र हुनुहुन्छ । सामूहिक प्रयासबाट गरिएको काम सधै सफल हुन्छ । तपाईहरूको सुरक्षालाई ध्यानमा राखेर सहयोगका हात अगाडि बढाउनुहोस ।”

भवानी राणा, निवर्तमान अध्यक्ष,नेउवामहासंघ – “महासंघले थालेको अभियानको जहांतही हरेकले उच्च प्रशंसा गरेका छन् । यसमा लग्नुहुने महासंघको नेतृत्व र यसमा सहभागी सवै बधाईका पात्र हुनुहुन्छ ।”

शेखर गोल्छा, अध्यक्ष, नेउवामहासंघ – “वरिष्ठ उपाध्यक्षको नेतृत्वमा रहेको यो टिमको कार्य देखेर मलाई गर्व महशुस हुन्छ । तपाईहरूको प्रयास यसरीनै अन्तिमसम्म पनि जारी रहोस मेरो तर्फबाट पूर्ण सहयोग र साथ रहने छ ।”

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।