छठका अवसरमा सोमबार सार्वजनिक बिदा


काठमाडौँ । सरकारले छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै सो जानकारी दिएको हो ।

यसअघि छठका दिन कात्तिक २९ गते आइतबार सार्वजनिक घोषणा भइसकेको थियो । छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य  दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य यदिई ब्रत समापन गर्ने परम्परा रही आएकाले छठको भोलिपल्ट सोमबारका दिन पनि सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति: २७ कार्तिक २०८३, शुक्रबार  १५ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।