शेयर बजारमा १६८ कम्पनीको मूल्य घट्दा नेप्सेमा ४५ अंकको गिरावट, हाइड्रोका लगानीकर्ताले गुमाए

0
Shares

शेयर बजारमा सोमबार ४५.०७ अंकको गिरावट आएको छ । लगातार बढ्दै आएको नेप्सेमा यसअघि गत साताको अन्तिम दुई दिन सामान्य गिरावट आएर आइतबार पुन: दोहोरो अंकले बढेको बजारमा सोमबार भने उच्च गिरावट देखिएको छ ।

कारोबारमा आएका १३ समुहका सूचकमध्ये म्युचुअल फण्ड बाहेक सबै घट्दा बजार राताम्मे भएको हो । कारोबारमा आएका ४६ कम्पनीको मात्र शेयरमूय बढेको छ भने ४ कम्पनीको स्थीर रहेको छ । यसदिन १६८ वटा कम्पनीको शेयरमूल्य घट्दा हाइड्रोका शेयर लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

नेप्से १.५९ प्रतिशत अर्थात ४५.०७ अंकले घटेर २७८२ दशमलव ८६ अंकमा झरेको छ भने कारोबार रकम पनि आइतबारको तुलनामा ३ अर्ब १२ करोडले घटेर १३ अर्ब ९० करोड ९१ लाख १३ हजार २९२ रुपैयाँको शेयर खरिद बिक्री भएको छ । यसदिन २१८ कम्पनीका ३ कराड ८ लाख ८८ हजार ६९५ कित्ता शेयर १ लाख ४८ हजार ७१५ वटा संख्यामा खरीद बिक्री भएका छन् ।

आजको कारोबारमा हाइड्रोको सूचक सर्वाधिक ४.३१ प्रतिशतले घट्दा होटल तथा टुरिजम्को इन्डेक्स पनि ३.७९ प्रतिशतले ऋणात्मक बनेको छ । निर्जीवन बीमा २.५७ प्रतिशत, अन्य २.४५, जीवन बीमा १.९३, उत्पादनमुलक १.७७, विकास बैंक १.५४, र बैंकिङ्ग इन्डेक्स १.०१ प्रतिशतले घटेको छ । म्युचुअल फण्डको सूचक ०.२४ प्रतिशतले सकारात्मक रह्यो ।

हकप्रद प्रस्तावले बढायो राधी विद्युतको कारोबार

राधी विद्युतको कारोबार हकप्रद प्रस्तावले बढाएको छ । गत आवको नाफाबाट साढे ३६ प्रतिशत बोनस शेयर वितरण गरेको यस कम्पनीले १४७.५२ प्रतिशत हकप्रद बिक्री गर्ने योजना अगाडि सारेसँगै हकप्रदको आडमा कम्पनीको शेयरमूल्य बढाएर उच्च कारोबार गराइएको छ ।

सोमबार मात्रै कम्पनीको शेयरमूल्यमा सर्किट लागेर ९१ करोड ८ लाख रुपैयाँको शेयर कारोबारमा आएको छ । यसैगरी लुम्बिनी विकास बैंकको ४० करोड २१ लाख, एचआईडिसीएलको ३२ करोड ७५ लाख, पुनर्बीमा कम्पनीको ३२ करोड ७२ लाख, ज्योति विकास बैंकको ३० करोड ६६ लाख, नेशनल हाइड्रोपावर २७ करोड ५ लाख, अरुण काबेली हाइड्रोपावर २६ करोड ६७ लाख, अपि पावर २४ करोड ७९ लाख, युनाइटेड मोदी हाइड्रोपावर २४ करोड ४२ लाख र अरुण भ्याली हाइड्रोपावरको २३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबारमा आएको छ ।

दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

सोमबारको ऋणात्मक बजारबाट पनि राधी विद्युत कम्पनीका शेयरधनीले ९.८९ प्रतिशत र सेन्ट्रल फाइनान्सको लगानीकर्ताले ९.९१ प्रतिशतका दरले नाफा आर्जन गरेका छन् ।

यसैगरी नारायणी डेभमलपमेन्ट बैंकको ७.४३ प्रतिशत, लुम्बिनी विकास बैंक ६.३८, नबिल डिबेन्चर ४.७०, गोर्खाज फाइनान्स ४.६४, सोल्टी होटल ३, ज्योति विकास बैंक २.३८ र ग्लोबल समुन्नत स्कीम १.९५ र आइसीएफसी डिबेञ्चर ८३ को मूल्य १.९३ प्रतिशतले बढेको छ ।

बरुण हाइड्रोको मूल्य ९.५७ प्रतिशतले घट्यो

यसदिनको बजारबाट बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ९.५७ प्रतिशतले घटेको छ ।

यसैगरी नेपाल हाइड्रो डेभलपर्सको ८.७२ प्रतिशत, छ्याङदी हाइड्रोपावरको ८.६८, माउन्टेन हाइड्रो नेपाल ८.१६, रिडी हाइड्रोपावर कम्पनी ८, दिव्यश्वरी हाइड्रोपावर ७.५०, कालीका पावर कम्पनी ७.२४, हिमाल दोलखा हाइड्रोपावर ७.०४, बुटवल पावर कम्पनी ६.९९, आँखुखोला जलविधुत कम्पनीको मूल्य ६.९७ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।