कार्य क्षेत्र विस्तार गरिदिन अर्थमन्त्रीसँग स्टक ब्रोकर एसोसिएसनको आग्रह, यस्तो छ १७ बुँदे सुझाव


धितोपत्र कारोबार मात्र गर्दा शेयर दलाल व्यवसायीहरुको स्तरोन्नती सहज नभएको भन्दै दलाल व्यवसायीले कार्यक्षेत्र विस्तार गरिदिन अर्थमन्त्री जनार्दन शर्मासँग आग्रह गरेका छन् ।

मन्त्री नियुक्त भएपछि पहिलो पटक भेट गर्दै दलाल व्यवसायीहरुको प्रतिनिधिमुलक संस्था नेपाल स्टक ब्रोकर एसोसिएसनले मन्त्री शर्मासँग यस्तो आग्रह गरेको हो ।

एसोसिएसनबाट गएको टोलीले लगानिकर्ताहरुलाई आवश्य्क पर्ने वभिन्न किसिमका सेवाहरु एकद्वार प्रणलीबाट प्रवाह गर्ने वाताबरण बनाई ब्रोकर सेवा अन्तर्राष्ट्रिय स्तरको बनाउन, धितोपत्रको दोस्रो बजारमा लगानिकर्ताहरुको प्रवेश सहज गराउन तथा बजारप्रति लगानिकर्ताहरुको विश्वसनियता अझ अभिवृद्दि गर्ने वातावरण बनाउन आग्रह गरेको हो ।

धितोपत्र दलाल ब्यवसायीहरुको कार्यक्षेत्र विस्तार गरि लगानी ब्यवस्थापन, लगानी परामर्श सेवा, स्टक डिलर, धितोपत्रको कारोबार सम्बन्धमा आवश्यक तालिम दिन सक्ने व्यवस्था गरिदिन पनि उनीहरुले आग्रह गरेका हुन् । हाल ब्यवस्था भएको मार्जिन ट्रेडिङलाई कार्यान्वयन योग्य बनाउनका लागि पनि उनीहरुले मन्त्री शर्मासँग आग्रह गरेका छन् ।

धितोपत्रको दोस्रो बजार बिकासका लागी संघले महसुस गरेका सुझावहरुमा ब्रोकरको आधिकारिक प्रतिनिधि तथा सव ब्रोकरको अवधारण जरुरी रहेको औंल्याएको संघले यसबाट धितोपत्रको दोस्रो बजारमा सर्बसाधारणको पहुँच सहज बनाउन तथा बजारलाई भौगोलिक रुपमा अझ बिस्तार गर्न सकिने बताएका थिए । अन्तराष्ट्रिय अभ्यासमा रहेको तर नेपालमा कानूनमा ब्यवस्था भएर पनि कार्यान्वयनमा नल्याईएको यो व्यवस्था कार्यान्वयनमा आए सहज रुममा दुरदराजका सर्वसाधरण जनताले सहजै धितोपत्र बजारमा पहुँच प्राप्त गर्ने र हजारौको संख्यामा नयाँ ब्यवसाय वा रोजगारीको अवसर श्रृजना हुने संघले सुझाव दिएको हो ।

प्रत्यक्ष भौतिक उपस्थिति बिना नै विद्धुतीय माध्यमबाटै नयाँ लगानिकर्ताहरुको पहिचान स्थापित गरि डिम्याट र कारोबार खाता खोल्न, मेराे शेयर र अनलाइन कारोबारको सम्झौता गरि उक्त सेवाहरु उपलब्ध गराउनसक्ने कानूनी व्यवस्था गर्न पनि संघले सुझाव दिएको छ ।

दोस्रो बजारलाई अझ गतिशील तथा चलायमान बनाउन बिदेशी संस्थागत लगानिकर्ताहरुलाई दोस्रो बजार कारोबारमा सहभागी गराउने; इन्ट्रा डे ट्रेडिङ, सेक्युरिटीज लेन्डिङ एन्ड बरोइङ, सर्ट सेलिङको सुरुवात गर्ने; इक्विटिमा आधारित फ्युचर्स र अप्सन जस्ता डेरिभेटिभ्सको कारोबार गराउने; राइट्सको कारोबार गराउने व्यवस्थाका लागि संघले आग्रह गरेको हो ।

ऋणपत्रको दोस्रो बजार कारोबारलाई अझै गति प्रदान गर्न दैनिक रुपमा आवश्यक पर्ने ऋणपत्रसग सम्बन्धित सूचनाहरु सार्वजनिक रुपमा प्रेसित गर्ने ब्यवस्था मिलाउने, ऋणपत्र जारी गरेका सूचिकृत संस्थाहरुले प्रकाशन गर्ने त्रैमासिक बित्तीय विवरणमा ऋणपत्रसग सम्बन्धित सूचना तथा तथ्यांकहरु बिस्तृत रुपमा समावेश गर्नुपर्ने ब्यवस्था गर्ने सम्बन्धमा पनि संघले अर्थमन्त्री शर्माको ध्यानाकर्षण गराएको छ ।

दोस्रो बजारमा हुने कारोबारको सम्पन्नता सुनिस्चित गर्न लगानिकर्ताहरुले धितोपत्र दलाल ब्यवसायिहरुलाई पावर अफ अटोर्नि दिन सक्ने कानूनि व्यवस्था गर्ने तथा अक्सन मार्केटको यथासिघ्र शुरुवात गर्ने, लगानि सम्बन्धी निर्णय गर्न आवश्यक पर्ने तथा धितोपत्रको मुल्यमा प्रभाव पार्न सक्ने सम्भाब्य सम्पूर्ण सूचना तथा तथ्यांकहरु समावेश हुने गरि त्रैमासिक बित्तीय विवरणको ढाचालाई अझ बिस्तृत बनाउने तथा यस्ता विवरणहरु तोकिएको समय भित्रै सार्वजनिक हुने सुनिस्चितता गर्ने सम्बन्धमा पनि काम जरुरी रहेको संघले औंल्याएको छ ।

बजारमा भैरहेका अवाञ्छित गतिबिधिहरुलाई नियन्त्रण तथा निरुत्साहित गर्न नेपाल धितोपत्र बोर्ड वा नेप्सेबाट प्रमाण पत्र प्राप्त बिश्लेषकहरुले मात्र सार्वजनिक रुपमा धितोपत्र तथा समग्र बजारको मुल्य प्रक्षेपण प्रेषित गर्न पाउने ब्यवस्था गर्ने, धितोपत्र सम्बन्धि कसुरहरुको ब्याख्या तथा त्यस्ता कसुरहरु गर्दा हुने दन्ड सजायलाई अझ बिस्तृत बनाइ कसुर गर्ने जो कोहिलाई कानूनि दायरा भित्र ल्याउन र कार्वाही गर्न सक्ने गरि छुट्टै नियमावली तर्जुमा गर्न पनि संघले आग्रह गरेको छ ।

खरिद गरेको रकम तथा बिक्री गरेको धितोपत्र जानाजान हस्तान्तरण नगर्ने लगानिकर्ताहरुलाई कानूनी कारबाहि हुने व्यवस्था मिलाउँदै यस्ता क्रियाकलापहरुलाई धितोपत्र सम्बन्धि कसुर गरेको मानिने र छुट्टै नियमावली तर्जुमा गरि कानूनि कारबाही हुने व्यवस्था गर्न पनि संघले मन्त्री शर्मासँग आग्रह गरेको छ ।

भित्री कारोबार, सर्कुलर कारोबार, पम्प एन्ड डम्प जस्ता अवाञ्छित गतिविधिहरुको निगरानी गर्न सुचिकृत संस्थाका शेयरधनी, संचालक, कर्मचारी, तिनका एकाघर परिवार सदस्य, नातागोता, सबैको बैंक विवरण लगायत अन्य विवरणको डेटाबेस स्थापना गर्ने तथा यस्ता गतिविधिको शंका तथा प्रमाणित गर्न सक्ने सूचना प्रविधिमा आधारीत ससक्त अनुगमन प्रणालिको स्थापना गर्दै बजारलाई चुस्त बनाउन पनि संघले सुझाव दिएको छ ।
सूचिकृत संस्था तथा धितोपत्र दलाल ब्यवसायिहरुबाट कुनै नियम वा प्रक्रियाको परिपालना नभएको अवस्थामा सुचिकृत संस्थाको कारोबार वा ब्यासायिको कारोबारलाई निलम्बन गर्दा लगानिकर्ताहरु बिना कारण मारमा पर्ने हुँदा बैकल्पिक कारबाहीको व्यवस्था गरी लगानीकर्ताको लगानी सुरक्षाका लागि पनि संघले सुझाव दिएको छ ।

संघले अर्थमन्त्री शर्मालाई बुझाएको १७ बुँदे सुझावपत्रको पूर्णपाठ यस्तो छ: