गत आवमा साढे १४ खर्बको शेयर कारोबार, लगानीकर्ता ८ लाख नाघे

0
Shares

कोभिड महामारीको विषम परिस्थितिमा पनि गत आर्थिक वर्षमा धितोपत्रको दोस्रो बजारमा उत्साहजनक कारोबार भएको छ । गत आगिर्थक २०७७÷०७८ मा कारोबार रकम, बजार परिसूचक, लगानीकर्ताको सहभागितमा समेत सुधार भएको देखिएको छ ।

नेपाल स्कट एक्सचेन्चका अनुसार गत आर्थिक वर्षमा १४ खर्ब बढीको शेयर कारोबार भएको छ । गत आव २०७७/०७८ मा कारोबार कुल १४ खर्ब ६० अर्ब रुपैयाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । अघिल्लो आवमा भने १ खर्ब ५५ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको थियो ।

गत आवमा शेयर लगानीकर्ता तथा अनलाईन प्रयोगकर्ताको संख्या समेत बढेको छ ।शेयर बजार परिसूचक नेप्से पनि गत आवमा दुई हजार ८८३ दशमलव ३८ विन्दुमा पुगेको छ । अघिल्लो आवमा नेप्से परिसूचक १ हजार २६२ दशमलव ३५ विन्दुमा पुगेको थियो ।

गत आवमा कारोबार शेयर संख्या ३८ करोड ७५ लाख ६ हजार रहेको छ । नेप्सेका अनुसार सूचीकृत शेयर संख्या ५ अर्ब ८२ करोड ६० लाख ४८ हजार रहेको छ ।

बजार पूँजीकरण ४० खर्ब १० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । सूचीकृत कम्पनीको संख्या २२० रहेको छ । जुन संख्या अघिल्लो आवमा २१२ रहेको थियो । गत आवमा लगानीकर्ताको संख्या ८ लाख ७७ हजार २०३ रहेको छ । नेप्सेका अनुसार अनलाईन प्रयोगकर्ताको संख्या ७ लाख ९१ हजार ९९३ रहेको छ ।

नेप्सेले गरेका प्रमुख कामहरु

आर्थिक वर्ष २०७७/०७८ को बजेटमा उल्लेखित नेप्सेको संरचना सुधार गर्ने कार्यक्रम बमोजिम पुनसंरचनाका विभिन्न विकल्प सहितको प्रतिवेदन अर्थ मन्त्रालयमा पेश गरेको छ ।

सूचीकरण, सुपरिवेक्षण कारोबार लगायत बजार संचालनका विविध पक्ष, लेखा, कानून, प्रशासन, जोखिम, सूचना प्रविधिको ज्ञान अद्यावधिक गराउन विभिन्न किसिमका तालिम, छलफल कार्यक्रममा कर्मचारीलाई सहभागी गराएको नप्सेले जनाएको छ ।

सूचना प्रविधि नीति तर्जुमा गरी लागू गरेको जनाएको छ । यस्तै, नेप्सेले तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि तर्जुमा गरी स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पेश गरेको छ ।

लगानीकर्ताले अनलाइन कारोबारका क्रममा सामना गर्ने आकस्मिक समस्या तत्काल समाधान गर्ने गरी अनुबन्धनमा छुट्टै समूहको व्यवस्था गरेको नेप्सले जानकारी गराएको छ ।

पूँजी बजार साक्षरता सम्बन्धी सचेतनाका लागि जानकारीमूलक श्रव्य, दृश्य तथा पाठ्य सामग्रीहरु उत्पादन गरी प्रकाशन÷प्रसारण गरेको छ ।
सुदुर पश्चिम, लुम्बिनी, गण्डकी, वागमती, कर्णाली प्रदेश र प्रदेश २ मा स्थलगत इनटरनेटका माध्यमबाट गैरस्थलगत रुपमा सचेतना कार्यक्रम समेत सञ्चालन गरेको छ ।

नेप्सेले सिन्धुपाल्चोकस्थित मदर सिस्टर नेपाल नामक अनाथलयलाई दुई लाख रुपैयाँ र शुक्लाफाँटा नगरपालिकालाई ५० हजार रुपैयाँ बराबरको औषधी तथा स्वास्थ्य औषधी तथा स्वास्थ्य सामग्राी उपलब्ध गराएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।