सिटिजन्स बैंकको व्यवसाय विस्तार ५० प्रतिशतभन्दा धेरै, नाफा डेढ अर्ब माथि

0
Shares

सिटिजन्स बैंक इन्टरनेशनल (CZBIL) ले गत आर्थिक वर्ष २०७७/७८ मा ५० प्रतिशतभन्दा धेरै व्यवसाय विस्तार गरेको छ ।

तिनाउ मिसन डेभलपमेन्ट बैंक र सिर्जना फाइनान्सलाई प्राप्ती गरी एकीकृत कारोबार थालेको बैंकको साना व्यवसयाबाट हुने आम्दानी मजबुत बन्दा खुद नाफा डेढ अर्बभन्दा धेरै पुगेको छ ।

गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.४० प्रतिशत बढेर १ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

यस्तै मर्जर प्राप्ती तथा अघिल्लो आवको बोनसपछि बैंकको चुक्ता पूँजी ३८ प्रतिशतले बढेर १२ अर्ब ५७ करोड ६९ लाख रुपैयाँ पुगेको छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी १५.३८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४८.४९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५.०९ गुणा रहेको छ ।

समीक्षा अवधिसम्ममा बैंकको लगानीकर्तालाई वितरण गर्न मिल्ने नाफा ९१.५७ प्रतिशतले बढेर १ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ पुगेको छ । गत आवको वितरणयोग्य नाफाबाट बैंकले आफ्ना शेयरधनीलाई अधिकता १२.५५ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता कायम गरेको छ ।

लगानीकर्तालाई सञ्चित जगेडा कोषको उपयोगबाट बैंकले थप लाभांश वितरण गर्नसक्ने अवस्था भने रहेको छ । बैंकको हालसम्म शेयरधनी कोषमा १ अर्ब ६८ करोड १० लाख रुपैयाँ सञ्चित रहेको छ ।

गत आवमा बैंकले ३ अर्ब ६० करोड रुपैयाँ खुद ब्याज आम्दानी र २ अर्ब १५ करोड रुपैयाँ सञ्चालन नाफा कमाएको छ । बैंकको फि कमिशन आय ४३ प्रतिशतले बढेर ७५ करोड २० लाख पुगेको छ भने खराब कर्जा वापतको व्यवस्था ८ करोड बढेर ७२ करोड ३१ लख रुपैयाँ प्रोभिजन गरेको छ ।

गत आवमा बैंकको निक्षेप ५८.९२, कर्जा लगानी ५०.१३, जगेडा कोष ४०.९२ प्रतिशत, खुद ब्याज आम्दानी २५.०९, र सञ्चालन नाफा ४३.६६ प्रतिशतले बढेको हो ।

यस्तै बैंकको कोषको लागत घटेर ५.८५ प्रतिशत, आधार ब्याजदर ७.५५ प्रतिशत, खराब कर्जा बढेर २.७७ प्रतिशत, पूँजीकोष अनुपात १३.८९ प्रतिशत, र स्प्रेडदर ३.५९ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।