कोरोनाले काठमाडौंबासीको तरकारी तथा फलफुलको खपत समेत घटायो

0
Shares

कोरोना माहामारीका कारण काठमाडौंमा खपत हुने तरकारीमा समेत कमी आएको छ । कोरोनाका कारण होटल तथा पार्टी प्यालेसहरु बन्द भएपछि तरकारी तथा फलफूलको खपतमा कमी आएको हो ।

कोरोनाका कारण मानिसहरुको भीडभाड हुने स्थान तथा व्यापार व्यवसाय पूर्ण रुपमा बन्द रह्यो । कोरोना नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन तथा निषेधाज्ञा अझै पनि पूर्ण रुपमा खुलेको छैन ।

त्यसको असर अर्थतन्त्रका हरे क्षेत्रमा देखिएको छ । कोरोनाका कारण सबैभन्दा धेरै यातायात, होटल, रेष्टुरेन्ट तथा पार्टी प्यालेस प्रभावित भए । त्यसका साथै लकडाउनका कारण सहज यातायातको व्यवस्था नभएकाले पनि यसको असर दैनिक उपभोग्य वस्तुहरुको खपतमा समेत देखिएको छ ।

गत आर्थिक वर्षमा उपत्यकाको सबैभन्दा ठूलो कालिमाटी तरकारी बजारमा स्वेदशी तथा विदेबाट गरी कूल २२ करोड ७० लाख ८ हजार ६१७ केजी तरकारी आयात भएको छ । यो आयत अघिल्लो आर्थिक वर्षको तुलनामा १ करोड ९१ लाख ३० हजार ६०७ केजीले थोरै हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधीमा बजारमा २४ करोड ६१ लाख ३९ हजार २२४ केजी तरकारी को कालिमाटी भित्रिएको थियो । कालिमाटी तरकारी बजारमा स्वदेश तथा विदेशबाट तरकारी आयात हुने बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

“उपत्यकाको भित्र हुने तरकारीको कुल मागको ७० प्रतिशत आपुर्ति कालिमाटी बजारले गर्ने गरेको छ,” उनले भने, “बाँकी ३० प्रतिशत उपभोक्ताका लागि बल्खु, कोटेश्वर, टुकुचा, चाबहिल, धुम्बाराही, कलंकी लगायत बजारले पूर्ति गर्छन् ।

”कालिमाटी तरकारी बजारका उपभोक्ता ७७ वटै जिल्लाका भएपनि त्यहा उपलब्ध हुने तरकारी तथा फलफुल सिमित जिल्ला तथा देशमा उत्पादन भएका हुन्छन ।कलिमाटीमा बजारमा मुख्य काभ्रे, धादिङ, नुवाकोट, चितवन, मकवानपुर, सर्लाही, बारा, भक्तपुर, धनकुटा,दाङ, गोर्खा, इलाम, झापा, कैलाली, कपिलवस्तु, कास्की, ललीतपुर, महोत्तरी, मकवानपुर, नवलपरासी, नुवाकोट, पर्वत, पर्शा, रामेछाप रौतहट, रोल्पा, सल्यान, सप्तरी, सिन्धुपाल्चोक लगायतका जिल्लाहरुबाट तरकारी आउछ । त्यसैगरी अन्तराष्ट्रिय रुपमा भारत, चीन, भुटान र बंगलादेशबाट पनि तरकारी तथा फलफुल भित्रिने गरेको उनी बताउँछन् ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा अन्तर जिल्ला मार्फत हुने आयतलाइ हेर्दा विस्तारै आत्मानिर्भर बन्दै गएको देखिने उनको भनाई छ ।

गत आवमा आवको असार मसान्त सम्ममा कालिमाटी भित्रिएको कुल तरकारी तथा फलफूल मध्ये १३ करोड ३० लाख ७३ हजार ९९४ केजी स्वदेशी (विभिन्न जिल्लाहरुमा) उत्पादन हो । त्यस्तै बाँकी ९ करोड ३९ लाख ३४ हजार ६२३ किलो तरकारी तथा फलफूल भने भारत, चीन, भुटान र बंगलादेशबाट अन्तर्राष्ट्रिय रुपमा गरिएको आयात हो ।

समितिका अनुसार गत आवमा भारतबाट ९ करोड २० लाख २० हजार २६५ केजी तरकारी आयात भएको छ । त्यसैगरी चीनबाट १५ लाख केजी, भुटानबाट ३२ हजार किलोग्राम र बंगलादेशबाट ३ लाख २९ हजार ३७९ केजी तरकारी आयात भएको छ ।

काठमाडौमा भित्रिने धेरै तरकारी काभ्रेको

कालिमाटी फलफुल तथा तरकारी बजारमा काभ्रे जिल्लावाट सबैभन्दा धेरै तरकारी तथा फलफुल आउने गरेको छ । गत आर्थिक वर्षमा मात्रै काग्रेबाट २ करोड ३२ लाख २८ हजार ३०० केजी भित्रिएको छ । त्यसैगरी मकवानपुरबाट १ करोड ५७लाख ६५ हजार ३३२ केजी र सर्लाहीबाट १ करोड ४७ हजार ९२४ केजी तरकारीको कालिमाटीमा भित्रिएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।