क्यूआर कोड भुक्तानीको पूर्वाधारदेखि प्राविधिक विकासमा ‘फोन पे’ अग्रस्थानमा

0
Shares

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षदेखि संचालनमा ल्याएको क्यूआर कोड अभियानले विद्युतीय भुक्तानीमा क्रान्ती नै ल्याएको छ । राष्ट्र बैंकको यो अभियानलाई सफल बनाउन सबैभन्दा अगाडि फोन पे देखापरेको छ ।

राष्ट्र बैंकले नै विद्युती भुक्तानीलाई प्रवद्र्धन गर्न क्यूआर कोड अभियान संचालन गरेपछि आम नागरिकमा यसको प्रयोग र लोकप्रियता बढ्दो छ । क्यूआर अभियानका कारण क्यूआर मर्चेन्टहरु समेत फैलीदो क्रममा छन् । पछिल्लो चरणमा क्यूआर कोड भुक्तानीको पूर्वाधारदेखि प्राविधिक विकासमा फोन पे अग्रस्थानमा रहेको छ ।

तरकारी बजार, डिपार्टमेन्टल स्टोर, रेष्टुरेन्टदेखि मन्दिरको भेटीसम्म तथा अन्य नगद कारोबार हुने क्षेत्रहरुमा क्यूआरकोडको प्रयोग दिनप्रतिदिन बढ्दो छ ।
अहिले फोनपेको क्यूआर कोड प्रयोग गरी दैनिक ४० हजार कारोबारबाट २० करोड रुपैयाँ बढीको कारोबार हुन थालेको छ । चार लाख ६० हजार भन्दा बढी मर्चेन्ट रहेको फोनपेले अघिल्लो वर्षको तुलनामा २५४ प्रतिशतले मर्चेन्ट बेस बढाएको जनाएको छ । फोनपे नेटवर्कमा दर्ता हुने प्रयोगकर्ताको संख्या एक करोड ३० लाख नाघिसकेको छ।

कम्पनीका अनुसार कुल कारोबार रकमको ८० प्रतिशत मोबाइल बैंकिङ एपबाट र बाँकी २० प्रतिशत कारोबार भोल्युम इसेवा, आइएमइ पे र सेलपेबाट हुने गरेको जनाएको छ।

मोबाइल एपबाटै विद्युत, केबुल, इन्टरनेट, स्कुल–कलेजका शुल्कसँगै किनमेल पनि गर्न मिल्ने सुविधा हुँदा फोनपेले भुक्तानीको तरिका सहज बनाएको छ । बैंकहरूको मोबाइल एप्लीकेशनमा यस्तो सुविधा थपिएपछि डिजिटल भुक्तानीको दायरा झनै फराकिलो बनेको हो । अधिकांश बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकले फोनपे कै प्रणाली उपयोग गरेका छन् । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।

फोन पे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालकहो । फोनपे नेटवर्कमा ६० वटा बैक तथावित्तीय संस्था आवद्ध छन् भने ४ लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो ।

कोभिडपछि बढ्यो फोनपे मार्फत तिर्नेको संख्या

कोरोना महामारी अघि र पछिको फोनपे मार्फत हुने कारोबार संख्या र कारोबार रकममा धेरै नै परिवतैन आएको छ । पहिले दैनिक ६/७ हजार वटा कारोबार हुने गरेकोमा अहिले दिनमा ४० हजार हाराहारिको संख्यामा कारोबार हुन्छ ।

फोनपेले कसरी काम गर्छ ?

फोनपे मार्फत कारोबार हुनका लागि मूख्यतया तीनवटा पार्टीजहरुको संलग्नता हुन्छ । एउटा तिर्ने मान्छे, एउटा लिने मान्छे र एउटा बीचमा नेटवर्कको का मगर्ने ‘फोनपे’ ।कसैले पनि यसबाट पेमेन्ट गर्न चाह्यो भने उसले कुनै न कुनै बैंकको मोबाइल बैंकिङ्गमा सब्स्क्रिप्सन गर्नुपर्छ । या सो व्यक्ति वालेट (इसेवा, सेलपे आदि) को ग्राहक हुनुपर्छ ।

त्यसपछि मात्र पेमेन्ट गर्ने अप्सन पाइन्छ । त्यस्तै, जुन मर्चेन्ट (वस्तु तथा सेवा बिक्री गर्ने सेवा प्रदायक) छ, ऊ पनि कुनै न कुनै बैंक तथा वित्तीय संस्था या वालेटसँग आवद्ध हुनुपर्छ । यससँगै यसबाट कारोबार गर्नको लागि सर्वप्रथम सेवा लिने र दिने दुबै निकाय कुनै न कुनै बैंकसित या कुनै वालेटसँग आवद्ध हुनुपर्छ । होइन भने कारोबार गर्न सकिँदैन । मर्चेन्ट जब सब्स्क्राइब हुन्छ, त्यसपछि उसलाई फोनपेले क्युआर दिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।